अमेरिकी नागरिक भैसकेका प्रहरी उपरीक्षक खरेललाई नेपाली पेन्सन

काठमाडौं,पुस १६ । अमेरिकी डीभी भरेर नेपाल प्रहरीमा जागिर खाइरहेका नेपाल प्रहरीका उपरीक्षक प्रमोद खरेलले राजीनामा दिएका छन ।

आगामी फागुन ११ गते सपरिवारर अमेरिका जाने तयारीमा रहेका खरेलले सरकारले एक वर्षअघिदेखी नै विदेशी नागरिकता वा पीआर लिएका कर्मचारीलाई जागिर छाड्न वा नागरिकता त्याग्न निर्देशन दिएकाले राजीनामा दिएका हुन ।

चुपचाप नेपाल सरकारको सेवा सुविधा खादै बसेका प्रहरी उपरीक्षक खरेल आगामी फागुन ११ गते सपरिवारर अमेरिका जाने तयारीमा रहेको बताइएको छ ।

सरकारी निर्देशन अवज्ञा गरेको अभियोगमा उनीमाथि कारबाही गर्नुपर्नेमा प्रहरी प्रधान कार्यालयले भने उनको राजीनामा स्वीकृतिका लागि गृहमन्त्रालय पठाएको थियो ।

श्रोतका अनुसार गृह मन्त्रालयले पनि कुनै प्रष्टिकरण विना नै राजीनामा स्वीकृत गरेको छ । मन्त्रालयले पेन्सन सुविधा सहित उनको राजीनामा स्वीकृत गरेको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिएका छन ।
यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशीत छ ।