प्रचण्डलाई पूर्व जनसेनाको पत्रः भारततर्फको खुल्ला सीमानामा काँडेतारबार लगाउन आग्रह

‘सीमा विवाद सधैका निम्ति अन्त्य होस’

प्रिय सुप्रिम कमान्डर प्रचण्ड ज्यु- लाल सलाम

कम्रेड प्रचण्ड हामी तपाईंको नेतृत्वमा अथाह बिश्वास गर्ने जनसेना र आम नेपाली जनतालार्र्इ अवगतनै छ कि तपाईंकै नेतृत्वमा आजको परिवर्तन सम्भव भएको हो ।  जनसेना नेपालले जनयुद्धमा गरेको त्याग तपस्या र बलिदानलार्इ एउटा राहातको प्याकेजमा सिमित नबनाइयोस भन्ने हाम्रो चाहाना रहेको छ ।

प्रिय कम्रेड, तपाईं आम नेपाली जनताको आशाको केन्द्रबिन्दुमा हुनुहुन्छ । हामिले अझै तपाईंबाट धेरै आशा अपेक्षा राखेका छौ।  मुख्य गरि अहिलेको सन्ंदर्भमा तपाईसंग दुईवटा बिषयमा आसा र अपेक्षा राखेका छौँ यसलाई पुरा गर्न तपाई लाग्नुहुनेछ भन्ने विश्वास गरेका छौँ । नेपालाई आर्थिक समृद्धि तीर डोर्याउने र नेपाल भारतको सीमानामा काँडेतारबार लगाउने कामममा तपाईले नेतृत्व गर्नुहुनेछ भन्ने आम जनताले आशा गरेका छन ।

कम्रेड प्रचण्ड तपाईसँग अहिलेपनि आम नेपाली जनता र जनसेना साथमै छन । अगाडी बढ्नुस, रिक्स लिनुस, नेतृत्व गर्नुस,  र भारत तर्फको खुल्ला सीमानामा कांडेतारबार लगाउनुस् जाताले यहीँ चाहेका छन । कम्रेड प्रचण्ड मलार्इ बिश्वास छ तपाईकै नेतृत्वमा नेपाल भारत सीमा विवाद सधैका निम्ति अन्त्य हुनेछ यही विशवास र अपेक्षा सहित अहिलेलाई बिदा चाहाज्छु । लाल सलाम ।।

( दिवाकर शर्मा ‘जनसेना नेपाल’ –चितवन,हाल भारतमा कार्यरत रहेको बताउँछन )