के तपाई तनावमा हुनुहुन्छ ? तनाव विसर्जनका लागि भारतीय प्रधानमन्त्री मोदीका सुत्र यस्ता छन….

ध्यान दिनुस्,यसो गरे तनाव मुक्त भइन्छ

हरपल नेपाल । संयुक्त राष्ट संघको एक तथ्याङ्क अनुसार विश्वमा अधिकाशं मानिसहरु तनावका कारण समस्यामा रहेका छन । के तपाईहरु पनि कुनै प्रकारको तनाव र गहिरो समस्यामा पर्नु भएको छ ? त्यसको हो भने भारनीय प्रधानमन्त्री मोदीको यो फर्मुला तपाईको लागि महत्वपूर्ण हुन सक्छ ।

भारतीय प्रधानमन्त्री नरेद्र मोदीले मानिसको तनाव समाधान गर्नका लागि महत्वपूर्ण टिप्सहरु दिएका छन । प्रधानन्त्री मोदीले मनभित्र गुम्सीएका समस्याहरु समाजकै कारण उत्पन्न भएको तर्क गर्दै भनेका छन,तनावसँग लड्नका लागि समाजको प्रवृति बदल्न जरुरी छ । उनले तनावबाट पीडीत मानिसलाई विभिन्न टिप्सहरुमार्फत सजिलै उन्मुक्ति दिन सकिने बताएका छन ।

उनले भनेका छन–‘हामीले हाम्रो समस्याको बारेमा थाहा पाएका छौँ । तर आफ्नो समस्या समाधानको लागि अरुसँग बाड्न नसक्नु यसको कारक तत्व हुन गएको छ । अहिले यस समस्याबाट पीडीत मानिस आफ्नो अनुभव दोस्रो व्यक्तिलाई बाँड्न सक्दैनन्,किनकि उनलाई यसो गर्न लाज लाग्ने गर्छ, समाजको डर लाग्ने गर्दछ । हामीले समाजको यस्तो सोच र अवस्थालाई बदलेर सबैलाई सहज हुने खालको सामाजिक वातावरण निर्माण गर्नु आवश्यक छ । समस्यामा परेकाहरुलाई खुलेर आफ्ना कुराहरु बाँड्न प्रोत्साहित गर्नु पर्छ ।’

पीएम मोदीले भनेका छन, टेन्सन वा लाज मान्नु आफैमा कुनै रोग होईन । रोग त त्यो हो, जुन हाम्रो मानसिकतामा बसेको नकारात्मक सोच छ । उनले मानिसलाई धेरै कामको लोड एकै पटक पर्न गएमा पनि तनावको स्थिति हुने बताउदै भनेका छन, सही मनोवैज्ञानिक तरिकाले पीडीतलाई परामर्श दिन सकेको खण्डमा यस्ता समस्याबाट समाधान पाउन सकिन्छ ।

उनले तनावको लुकाउनु गलत कुरा भएको बताउँदै भनेका छन–‘यस समस्यालाई अरु व्यक्तिसँग अभिव्यक्त गर्न आवयश्यक हुन्छ । खुलेर बोल्ने बानिको विकास गर्नु पर्दछ ।’ प्रधानमन्त्री मोदीले भारतिय रेडियोको एक कार्यक्रममा बोल्दै तनाव सम्बन्धीत आफ्नो महत्वपूर्ण विचारहरु सार्वजीक गरेकाे khabar.ndtv.com  ले जनाएको छ  ।

मोदीले दिएका टिप्सहरु यस प्रकार रहेका छनः यी कुरामा ध्यान राख्नुहोस, तनावबाट मुक्त भइन्छः

१) जीवनमा टेन्सन हुनु सामान्य कुरा हो । यस समस्याको समाधान गर्न केहि समय ध्यान गर्नु पर्दछ । दिनहुँ योग,साधना,शारीरिक ब्याम र मोर्निङवाक अथवा गर्नुहोस् । केही दिनमै तपाईमा सकारात्मक लक्ष्यणहरु देखिने छन ।

२) अत्यत्त बेस्त समयमा वा महत्वपूर्ण कामको बेलामा पनि करिब एक घण्टामा ५ मिनेटको ब्रेक गर्नु पर्छ । यसले मांसपेशिको तनावलाई हल्का गर्छ र शरिरमा आलस्यताको पनि कमि महशुस गराउँछ, साथै अरु कान्स्ट्रेशन पावर पनि बढ्छ ।

३) हाम्रो सोच र विचारले नै हामीलाई अनावश्यक तनाव गरिराखेको हुन्छ । तसर्थ कामका साथै मनोरंजनको लागि समेत केही समय छुट्टाउनु पर्दछ । जस्ले मन र दिमागलाई पुर्नताजकि बनाउन सघाउँछ । यदि आफ्नो सोच सकारात्मक भए तनावबाट सजिलै टाढा हुन सकिन्छ ।

४)  आफ्नो विचारलाई पनि सकारात्मक रुपमा विकास गर्नु पर्दछ । कुनैपनि समस्याको समाधान सम्भव हुने भएकाले त्यो विषयमा धेरै सोच्नु भन्दा समाधानको लागि पहल गर्नु राम्रो हुन्छ । समस्यालाई धप समस्यामा डुबाउनु हुदैन । यस्तो बेलामा पनि सकारात्कम सोचको विकास जरुरी हुन्छ ।

५) टेन्सनदेखि फ्री रहन केहि समय परिवार र साथिसँग बिताउनु पर्छ । दिनभरीको कामको थकान अनि विभिन्न खाले समस्याको तनावले मानिसको मन र मगज भारी भएको हुन्छ । तसर्थ समय मिलाएर साथीभाई वा परिवारजनसँग घुम्ने,बाहिर खाना खाना जाने वा त्यस्तै रमाइलो खालको कार्यकक्रम बताउनु पर्दछ । जस्ले मनमा नयाँ खालको उर्जाको विकास गर्छ । तनाव हराएर जान्छ ।

६ ) परिक्षाको समयमा वा कुनै महत्वपूर्ण कामको समयमा एकत्रिकत भएकाले फरक खालको तनाव हुन सक्छ । यस्तोबेलामा पनि टेन्सनबाट फ्री रहन म्युजिक धेरै सहयोगी हुन्छ । संगीत मन र दिमागको शान्त गर्ने महत्वपूर्ण औषधि नै हो । त्यसैले जहिले टेन्सन हुन्छ,कुनै हल्का म्युजिक गीत पनि सुन्ने गर्नुहोस । तपाईमा तनाव भन्ने कुनै समस्या रहने छैन ।