लेखक तथा बाम बुद्धिजीवी पिटरले आफु अर्को बालकृष्ण ढुङगेल हुँ, भन्दै आफ्नो गिरफ्तारी मागेपछि….

भन्छन–‘कि त मलाई बन्दुक बोकेको देख, या त जेलमा कोच’

काठमाडौं । वरिष्ठ लेखक तथा बाम बुद्धिजीवी नरेन्द्रजंग पिटरले सर्वोच्च अदालतले राजनीतिक माग राखेर जनयुद्धकालमा भएका घटनाको आधारमा बालकृष्ण ढुङ्गेललाई अपराधि देखेको भन्दै आज त्यसको चर्को विरोध जनाएका छन ।

पिटरले आफ्नो फेसबुकमा त्यस विषयलाई संकेत गर्दै जनयुद्धमा भएका घटनाहरु र जनयुद्धका सारथी ढुङ्गेल अदालतको नजरमा अपराधी भएमा आफुले पनि जनयुद्धमा भाग लिएको हुनाले जेल हाल्न भन्दै त्यस्तो सांकेतिक विरोध जनाएका हुन ।

उनले आफ्नो फेसबुक स्ट्याटस मार्फत गणतन्त्र, संघियता, धर्म निरपेक्षेताको आफु पनि सिपाही भएकाले अदालतको नजरमा अपराधी देखिएको भन्दै अदालतको त्यस्तो निसाफले मुलुकमा फेरी द्धन्द निम्त्याउने तर्फ पनि संकेत गरेका छन ।

अदालतको त्यस्तो निसाफ अमान्य भएको भन्दै उनले आफुलाई कि बन्दुक बोकेर हिडेको राज्यले देख्नुपर्ने, कि जेलमा थुनेर कार्बाही गर्नुपर्ने बताएका छन ।
प्रस्तुत छ, लेखक पिटरले लेखेको फेसबुक स्टरयाटस…..

–‘सर्बोच्च अदालत… म पनि जनयुद्द्को माओवादी हु । म अर्को बालकृस्ण ढुङेल हु । त्यसैले म पनि तिम्रो नजरको १ अपराधि नै हु। हो गणतन्त्र,सङघियता,समावेसी,धर्मनिरपेछ्यताको सिपाही हु ।त्यसैले तिम्रो नजरमा अर्को अपराधी हु । तिमी शान्ती हैन, द्वन्द चाहन्छौ । या त मलाइ बन्दुक बोकेको देख्न चाहन्छौ, या त मलाइ जेलमा कोच्न । म तिम्रो हुकुम्लाइ इस भनिदिन्छु । किनकी म अर्को बालकृस्ण हु… मेरो गिरफ्तारको हुकुम देउ, किन्की म अर्को अपराधी हु ।’