नछुटाई हेर्नुहोस् राजेश हमाल उर्जामन्त्री बने(भिडियोसहित)

‘चलचित्र उज्यालो नेपाल नेपालीको आवाज’

काठमाडौंबर्षौदेखि लोडसेडिङ अर्थात विद्युतको मारमा परेका नेपाललीहरुले पछिल्लो समयमा अकल्पनिय अनुभुति गर्न पाएका छन ।

प्रचण्ड नेतृत्वको सरकारका उर्जामन्त्री जनार्दन शर्मा(प्रभाकर) र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको योजना अनुसार नेपाललाई लोडसेडिङ मुक्त बनाउने कार्यको सुरुवात भएको छ ।

लोडसेडिङको मारमा परेका नेपालीलाई उज्यालो नेपाल अभियान चलाएर चर्चाको शिखरमा पुगेका यी दुई व्यक्तित्व अनि विद्युत अभाव कसरी हुँदो रहेछ भन्ने कथा वस्तुमा नेपाली चलचित्र समेत बनेको छ ।

विद्युत चुहावट, विद्युत कर्मचारीको भ्रष्ट मानसिकता र व्यक्तिगत स्वार्थका कारण आम नेपालीले अध्याँरो जीवन बाँच्न परेको उक्त चलचित्रले कथा वस्तु समेटेको छ ।

उज्यालो नेपाल नामक चलचित्रमा उर्जामन्त्री प्रभाकरको भुमिकामा महानायक राजेश हमाल रहेका छन भने विद्युत प्राधिकरणको भुमिकामा विजय लामाले उत्कृष्ट अभिनय गरेका छन ।

निर्माता पक्षले आम नेपालीले एक पटक हेर्नै पर्ने फिल्म बनेको दावी गरेका छ ।  बाँकि चलचित्रमा हेर्नुहोस्……………

LOADING...