संसदले गर्नुपर्ने काम नगरेको भन्दै डा. भट्टराई प्रश्न गर्छनः अब संसदकै चुनाव गर्नुपर्ने हो कि ?

प्रधान न्यायाधिश विरुदको महाअभियोग प्रति बाबुरामको असहमति

डा. बाबुुराम भट्टराई

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुुराम भट्टराईले घुमाउरो शैलिमा आज सत्तारुढ दलका संसदहरुले सर्वोच्च अदालतको न्यायाधिश शुसिला कार्की विरुद्ध संसदमा दर्ता गरेको महाअभियोगको प्रस्ताव प्रति आफ्नो असन्तुष्टि जनाएका छन ।

डा. भट्टराईले केहिबेर अघि ट्वीट मार्फत संसदहरुले अघि बढाएको महाअभियोग प्रस्ताव प्रति आफु असहमति रहेको बताएका छन र संसदको काम,कार्यको विषयमा प्रश्न उठाउदै असन्तुष्टि पोखेका छन ।

उनले ट्वीटमा भनेका छन–‘सार्वभौम भनिने संसदले गर्नुपर्ने काम चाहि नगर्ने तर गर्न नहुने काम चाहि गरिरहने हो भने अब नयाँ संसदकै चुनाव गर्नुपर्ने हो कि ?’