कथित चुनावी नतिजा र माकेको अवस्थाः कुवाको भ्यागुतो उफ्र्याईको चरितार्थ

‘आजको आवश्यकताः सँगै जुटेर मात्र जनताको ब्यवस्था स्थापनाका लागि संर्घर्ष’

हरिश भट्ट नेपाली

जेठ १ अलि शारिरीक एंव मानसिक रुपमा खुला भएको महशुस गरिरहेका छौं। भलै प्रहरीले जतिबेला पनि राज्यसत्ता माथिको खतरा आंकलन गरेर गिरफ्तार गर्ने निर्देशन पालना गर्न सक्छ। संसदवादी दलालहरुका लागि हाम्रो बिचार बारुद भन्दा कम लागेको छैन। जनता जगाउने हाम्रा अभियानहरु बन्दुकका गोली भन्दा कम लाकेका छैनन । र त आफ्नो ब्रह्मलुटको स्वर्ग जोगाउन हाम्रो पार्टी पंक्तिमाथि मानसिक रुपमा ुकिलोसेरा टु रोमियो भन्दा बढि फासिस्ट अभियान चलाएको छ। तथापि, हामी निरन्तर क्रान्तिको सुनौलो यात्रामा छौ, जनता जगाउने महान जागरण अभियानमा लागेका छौ, भ्रस्ट दलालहरुको पर्दाफास गर्ने भण्डाफोर अभियानमा छौ, देशलाई गुलाम बनाउने एजेन्टहरु बिरुद्ध छौ, जनताका सपनाहरुमाथि कुठाराघात गर्ने लम्पसारहरुका बिरुद्धमा छौ। पानी बाहिर फुत्केको माछाले अन्तिम प्याकप्याकिमा छटपटाहट गरिरहे झै कथित स्थानीय निर्वाचनको नतिजा जानकारी लिइरहेका मेरा पुर्व कमाण्डर, सहयोदद्धाहरुको रोदनलाई सुन्दा, मन नहुँदा नहुँदै तिनका चिच्याहटले बाध्यतामा पार्यो लेख्न। भलै यो जनता ठगिखाने कथित निर्वाचनसँग हाम्रो दुरदुरसम्म कुनै लेनादेना छैन।

स्वर्णिम एतिहासको बिरासतसँग हाम्रो गहिरो नाता छ, भावना छ र हजारौं पुरा गर्न बाँकी अधुरा सपना छन। त्यसैले हामी लम्पसार परेर राजनैतिक कमारा बन्न सकेका छैनौ । त्यो त हाम्रो खरानीमा मात्र सम्भव छ ।

यदि तिम्रो बिचार ठिक छ भने, तिमीसँग नभएका बस्तु प्राप्त हुनेछन, होइन भने भएका चिजहरु पनि गुमाउदै जाने छन। कमरेड माओको यो महान भनार्इले दिमागमा हजार फन्को मारिसकेको छ। प्रचण्ड र बाबुरामको चरम बैचारिक एंव मानसिक स्खलनताले माओवादी आन्दोलनका उपलब्धीहरु गुम्न र बदनामित हुन केहि पनि बाँकी छैनन र पनि, हामी क्रान्तिको नयाँ उठानको आधारशीला, एकिकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध छौ। स्वर्णिम एतिहासको बिरासतसँग हाम्रो गहिरो नाता छ, भावना छ र हजारौं पुरा गर्न बाँकी अधुरा सपना छन। त्यसैले हामी लम्पसार परेर राजनैतिक कमारा बन्न सकेका छैनौ । त्यो त हाम्रो खरानीमा मात्र सम्भव छ । उठान गर्न खोजेको मुल बिषय यहिनेर छ। प्रिय पुर्व कमरेडहरु

जसरी एमाले कंग्रेसले भन्दा एक कदम पर उछिट्टिएर हामीलाई सराप्दै हुनुहुन्छ, नतिजा किन तपाईंहरुबाट टाढियो टर्रो पानि नपिएको बेला आफ्नै आत्मालाई सोध्नुस। जब हामीलाई राम्रा देख्नु हुनेछ। र संसदवादमा निर्लज्ज लम्पसार परेका आफ्नै नेताहरुको अकुत सम्पती, बङ्गला, प्लट जग्गा, गाडि बैङ्क ब्यालेन्स देख्नु हुनेछ। अनि छलाङ्गे क्रान्तिकारीताको खोलाबाट बाहिर आएर हामी बिरुद्द सामाजिक संजालमा कुर्लन छोड्ने छौ। हामी जो अँधुरो क्रान्ति पूरा गर्छौ, हजारौं शहिद बेपत्ता एंव लाखौँ जनताका सपनाहरु पुरा गर्छौ भनि रातोदिन ज्यान फालेर लागेका छौ। नामेट पार्न खोजिएको इतिहास एंव बिरासत जोगाउन डटेका छौ। अनि हाम्रै बिरुद्द बिषवमन किन कमरेड ? कि निम्रा स्कुलिङ र चिन्तनलाई श्रदान्जलि भनौँ ?

कमरेड, हिजो जुन भ्रस्ट ब्यबस्था र त्यसका मतियारहरु बिरुद्द लाखौं जनता लडाईयो अहिले त्यही दलाल भ्रस्ट ब्यबस्था ठिक हुने ? अझ निर्वाचित गरेर तपाईंहरुलाई पनि त्यसै ब्यबस्थाको मालिक बनाइदिन पर्ने ? जनता एक कदम अगाडि छन, अग्रगामी छन, इतिहास पल्टाएर हेर्दा हुन्छ ।

कथित चुनावी फुटबलको पहिलो हाफमै ५० गोल खाने तपाईंहरु अनि हाम्रो खेदो किन खनेको ? पहिला आफु उभिएको धरातल हेर्नुहोस् । बिचार कस्तो रोपिएको थियो र अहिले कस्तो फलको आशा गरेको ? केही थान पैसाका बिटा र पदका लागि दशौँ हजार शहिदको रक्तरन्जित इतिहास साथ साथै लाखौं जनताको सपना साटेर निर्लज्ज कुठाराघात गरिए पछि, चुनावमा लडेर घुँडा फोड्नुु सिवाय बिकल्प केही थियो र ? कमरेड, हिजो जुन भ्रस्ट ब्यबस्था र त्यसका मतियारहरु बिरुद्द लाखौं जनता लडाईयो अहिले त्यही दलाल भ्रस्ट ब्यबस्था ठिक हुने ? अझ निर्वाचित गरेर तपाईंहरुलाई पनि त्यसै ब्यबस्थाको मालिक बनाइदिन पर्ने ? जनता एक कदम अगाडि छन, अग्रगामी छन, इतिहास पल्टाएर हेर्दा हुन्छ साहेब। टन्टलापुर घाममा लाईन लागेर अर्को दलाल थप्न जनताको मन्जुरी देखिएन। किनकि ति तिनै महान संघर्षको इतिहास भएका मानव हुन, जसले थोपा पानीको घुट्को पनि बाँडेर यो ब्यबस्था बिरुद्द लडेका थिए । र त कथित स्थानीय निर्वाचन खारेज गरे।

बास्तबिकता तपाईहरुले हुङकार गरेको जस्तो थिएन, छैन र हुन पनि सक्दैन। अग्रगामी जनताले तिमीहरुले टर्रो पानीको घमण्डपनको उन्माद राम्ररी नापी सकेका थिए। कट्टु खोलेर रुखमा झुण्ड्याउने अनि लाज ढाक्न छायाँको साहारा लिन खोज्ने तपाईहरुको अनैतिकताको हद कसैबाट छिपेको थिएन र छैन पनि। तिम्रो सत्ताँले हिजोका सहयोद्दा, सहयात्री कमरेडहरुलाई महिनौदेखि जेलमा कोच्न थालेका थियौ। कलम समेत साथमा नभएका कमरेडहरुलाई बन्दुक सहितको गिरफ्तारीको मुद्दा खेप्न बाध्य पार्दै थियौ । राणाकालीन र पञ्चकालिन शैलीमा प्रहरीले आतंक सृजना गरेर हाम्रा सहयोद्दा कमरेडहरुलाई भुमिगत हुन बाध्य पारिरहेको छ । तिमीहरुको राज्यशक्ति उदण्डताको मिटर जनताले प्रस्टै नापेर लेखाजोखा राखेका थिए, तर तिमिहरुले जनतालार्इ आफु जस्तै लम्पसार पार्ने दास ठानेका थियौ, त्यो सफल भएको छैन, हुदैन पनि ।

संसदीय ब्यबस्थामा तपाईंहरु पनि हुने उहि कुवाको भ्यागुतो हो। केहिले दुई चार जनाले फाइदा लेलान, तर तपाईंहरुको उफ्राईको मुल्यांकन हुने छैन। बरु जुटौं मिलेर यस सुन्दर भुमिमा भ्रस्टाचार, दलाली, राजनैतिक अराजकता, अभाव, गरिबीले पिल्सिएका जनतालाई बैज्ञानिक समाजवादी ब्यवस्था मार्फत मुक्ति दिलाऔ।

अझै बुझ। समय घर्कि सकेको छैन। असफल संसदीय ब्यवस्थाको जालोबाट जनतालाई मुक्ति दिलाऔ। गर्ने हामि छौ ज्यान दिएर। तपाईंहरु नै नेतृत्व गर्नु होला वा साथ दिनुस । संसदीय ब्यबस्थामा तपाईंहरु पनि हुने उहि कुवाको भ्यागुतो हो। केहिले दुई चार जनाले फाइदा लेलान, तर तपाईंहरुको उफ्राईको मुल्यांकन हुने छैन। बरु जुटौं मिलेर यस सुन्दर भुमिमा भ्रस्टाचार, दलाली, राजनैतिक अराजकता, अभाव, गरिबीले पिल्सिएका जनतालाई बैज्ञानिक समाजवादी ब्यवस्था मार्फत मुक्ति दिलाऔ। अतितको जस्तै वर्गिय माया गासौं, तपाईंलाई दुख्दा म रुन सँकु, मलाई दुख्दा जनता रुन सकुन अनि जनताको हुङ्कारले भ्रष्ट राज्य सत्ताँका मतियारहरु रुनेछन र भाग्नेछन। हामी एकिकृत जनक्रान्ति मार्फत सहजै जनवादी क्रान्ति सम्पन्न गर्न सक्षम हुने छौ।

(पाठक/लेखक भट्ट नेपाल कम्युनिष्ट पार्टी निकटको अखिल क्रान्तिकारीका मेची ब्युरो संयोजक हुन । उनी राजनीतिक विषयमा कलम चलाउने गर्दछन ।)