राप्रपाकी रेखा भन्छीनः चितवनमा रेणु दाहालले जित्नपर्छ

‘रेणुलाई सामाजिक सञ्जालमा लखेट्नु अन्यायपूर्ण’

काठमाडौं । पछिल्लो चरणमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय राजनीति गरिरहेकी चलचित्र निर्माता निर्देशक तथा कलाकार रेखा थापाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहालले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा जित्नुपर्ने बताएकी छन् ।

राप्रकाकी केन्द्रीय सदस्य समेत रहेकी लोकप्रिय कलाकार थापाले चितवनको मेयरमा प्रधानमन्त्री प्रचण्ड पुत्री दाहालले जित्नुपर्ने धारणा सामाजिक सञ्जाल फेसबुक मार्फत आज सार्वजनिक गरेकी हुन ।

रेखाले आफ्नो फेसबुमा काठमाडौंमा रञ्जु दर्शनाले कम मत पाउँदा पनि सञ्चारमाध्यमले जितेको देख्ने तर चितवनमा रेणु दाहालले जित्न खोज्दा पनि हारेको देख्ने दुनियाँ देखेर आफुलाई अचम्म लागेको लेखेकी छन । उनले रेणुको पक्षमा बाहिर देखिएको विषयहरुबाट आफुलाई अन्यायको अनुभूति भएको समेत बताएकी छन ।

उनले आफ्नो फेसबुक स्टरयाटसमा भनेकी छन–‘सामाजिक सञ्जालमा रेणु दाहललाई जुन रुपमा लखेट्न थालिएको छ । यो सच्चा नेपाली र योग्य मानिसले गर्ने काम हो जस्तो लाग्दैन।’

रेखाले रेणुलाई जिताउनुपर्ने भन्दै लेखेको फेसबुक स्ट्याटस जस्ताको तस्तै तल प्रस्तुत गरिएको छ ।–