छोटो समयमै आम उपभोक्ताको रोजाईमा ‘मेरो किचन’
शाखा विस्तारको तयारीः सेवा प्रवाह बढाउदै
प्रकासित मिति : २०७४ जेष्ठ २३, मंगलवार प्रकासित समय : ११:१३
काठमाडौं । काठमाडौको पेप्सीकोला स्थित छाप्रो नजिकै संचालनमा रहेको छ मेरो किचन, जहाँ हरेक परिवारको किचनका लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्रीहरु सस्तो र सहजै अनि एकै ठाउँमा पाउन सकिन्छ ।
सनिल शर्मा बिगत दुई बर्षदेखी संचालनमा रहेको मेरो किचनका संचालक हुन् । नवलपरासीका शर्मा इन्टेरियर डिजाईन सम्बन्धि विषयका विद्यार्थी समेत हुन । उनी अहिले मास्टर डिग्री पुरा गरेर आफ्नै व्यवसायमा व्यस्त छन् ।
दुई बर्षको अन्तरालमा हजारौ ग्राहकहरुको घरमा मेरो किचनले, किचनहरुको डिजाईन र निर्माण गरिसकेको छ । हजारौ किचनहरुको डिजाईन गरिसक्दा पनि कुनै पनि ग्राहकहरुको गुनासो आजसम्म जआएको संचालक शर्माले बताएका छन।
जान्न चाहनुहुन्छ, मेरो किचनमा के के पाइन्छ ?
विशेष त उच्च गुणस्तरको मोडुलर किचेन, दराज , बेड,पार्केटिङ्ग, चिम्नी,चुलो , स्टिल रेलिङ्ग,आल्मुनियमको पार्टेसन ,झ्याल(ढोकाहरु मेरो किचनमा उपलब्ध रहेका छन् । जर्मन र इण्डियाबाट सामानहरु ल्याएर मेरो किचनको आफ्नै कारखानामा इण्डियन कालिगढहरुद्वारा विभिन्न डिजाईनका सामानहरु यहाँ तयार गरिन्छ ।
कति लगानी चाहिन्छ, किचनको लागी ?
सुर्य प्लाई, शिखर प्लाई , सगुन प्लाईबाट ग्राहकहरुको छनौट अनुसार मेरो किचनले सामानहरु बनाउने गर्दछ । इन्डिया र जर्मनबाट सामानहरु ल्याएर ग्राहकको रोजाई , समय र स्थान अनुकुल सेवा प्रदान गरिने हुदा हरेक ग्राहकहरु सन्तुष्ट भएको शर्माको दाबी छ । किचनको डिजाईन र तयार गर्दा ग्रेनाइट टायल, सिंक, चिम्नी, चुला, स्टिलका सामानहरु प्रयोग गर्दा सरदर दुई लाख लगानी गर्नुपर्ने उनले बताएका छन।
बन्दैछ, उपभोक्ताको रोजाई मेरो किचन
काठमाडौ उपत्यका लगायत वुटवल , चितवन , हेटौडा , नवलपरासी , लगायतका जिल्लाहरुबाट अत्याधिक मागहरु आईरहेकोले मेरो किचानालाई पुर्ण विश्वास गर्न सकिने तर्क गर्छन संचालक शर्मा । उनले अहिले मेरो किचन आम नेपालीहरुको रोजाईमा परेको समेत दाबी गरे । खरिद गरिएको सामानहरु घरमा पुर्याएर जोडी दिने र सामानमा १५ बर्षसम्मको ग्यारेन्टी दिने गरेको उनले बताए ।
स्टिलका सामानहरु लाईफ ग्यारेन्टी र चुला चिम्नीमा १ बर्ष ग्यारेन्टी हुन्छ,धेरै काम गरेर सबैबाट थोरै थोरै नाफा खाने भएकोले ग्राहकहरु पनि मर्कामा पर्दैनन, संचालक शर्माले बताए ।
ईण्डियन कालिगढहरुद्वरा मेरो किचनका सामानहरु तयार गरिनेहुदा विभिन्न डिजाईनमा आकर्षक हुने गर्दछ । यसैले पनि हरेक ग्राहकको रोजाईमा मेरो किचन नै पर्ने गरेको छ । २०७४ साल भित्रै हेटौडामा शाखा विस्तारको योजना रहेको संचालक सनिल शर्मा र रश्मि कोईरालाले बताएका छन । उनीहरु हाल उपत्यकाकै सूर्यविनायकमा पनि शाखा खोल्ने तयारीमा जुटेका छन् ।