देउवा नेतृत्वको सरकारको प्रमुख कार्यभारः ‘संविधानको कार्यान्वयन र स्वीकार्यता बढाउनु’

‘असन्तुष्ट पक्षहरुलाई राष्ट्रिय सहमतीको बाटोमा ल्याउनुपर्छ’

इश्वरी न्यौपाने

हाम्रो पार्टीका सभापति शेरशहादुर देउवा प्रधानमन्त्रीमा विजय हुनु भएको छ, अब सरकार गठन भैसकेपछि पहिलो सरकारले आफ्नो कामलाई निरन्तरता दिनेछ । हाम्रो पार्टी सभापतिको नेतृत्वमा बन्ने सरकारको प्रमुख कार्यभार भनेको संबिधान कार्यन्वयन नै हो । संबिधान कार्यन्वयन भन्नुको अर्थ जबसम्म तीनवटा तहको निर्वाचन हुदैन तबसम्म संबिधान पूर्णरुपले कार्यन्वयन भएको ठहरिदैन । त्यसकारणले पहिलो फेजको निर्वाचन सम्पन्न भैसकेको छ र अब दाश्रो फेजको निर्वाचन अन्य दुईवटा निर्वाचन सम्पन्न गर्नुमा सरकारले विशेष रुपमा लाग्नु पर्दछ।

‘संबिधानलाई सर्बस्वीकार्य गराउँनु सरकारको दोश्रो महत्वपूर्ण कार्यभार हो । देश अहिले संघीयतामा गएको छ, स्थानीय तहको सरकार गठन हुदैछ, प्रदेश अनि केन्द्रको निर्वाचन बाँकी नै छ । यसलाई ब्यवस्थित रुपले कसरी अगाडि लैजान सकिन्छ, त्यसमा सबै राजनीतिक दलहरुको सहभागिता बढाउदै, अघि बढ्नुपर्ने अवस्था देखिन्छ ।’

अहिले एकथरि साथिहरु संबिधानमा सिग्नेचर नगरेर बाहिर बसेको छ, संबिधानलाई सर्बस्वीकार्य गराउँनु सरकारको दोश्रो महत्वपूर्ण कार्यभार हो । देश अहिले संघीयतामा गएको छ, स्थानीय तहको सरकार गठन हुदैछ, प्रदेश अनि केन्द्रको निर्वाचन बाँकी नै छ । यसलाई ब्यवस्थित रुपले कसरी अगाडि लैजान सकिन्छ, त्यसमा सबै राजनीतिक दलहरुको सहभागिता बढाउदै, अघि बढ्नुपर्ने अवस्था देखिन्छ, सरकारले त्यता ध्यान दिनुपर्छ । बिकासका एजेण्डाहरु पहिलादेखि जसरी आईरहेका छन, ति सबै एजेण्डाहरु महत्वपूर्ण छन । शेरबहादुर देउवा प्रधानमन्त्री बनिसकेपछि बिभिन्न देशसँग, हाम्रा छिमेकी राष्ट्रस्तरको सम्बन्ध अझ राम्रो र प्रगाढ बनाउनु पर्नेछ, सरकारले दुबै छिमेकी राष्ट्रहरुसँग समदुरीको सम्बन्धमा विशेष ध्यान दिनुपर्दछ । त्यसका लागि गर्नुपर्ने पहल पनि सरकारले गर्नुपर्ने अर्को महत्वपूर्ण काम हो ।

प्रतिपक्ष दल नेकपा एमालेले गर्दै आएको अवरोध आज खोलेको छ । विरोधका लागि विरोध होइन, सरकारलाई सफल बनाउनका लागि विकल्प दिन सक्ने र रचनात्मक सशक्त प्रतिपक्ष हुनुपर्छ भन्ने काँग्रेसको मान्यता हो । यो प्रजातन्त्रको एउटा सुन्दर रुप पनि हो । लोकतन्त्रमा सबैलाई चित्त बुझाउनुनै पर्छ भन्ने हुदैन, आफुलाई मन नपरेका कुराहरुको विषयमा आफ्ना कुराहरु राख्न पाउनुपर्छ, त्यो अत्यन्त राम्रो मान्यता हो । त्यसैले काँग्रेसले जहिले पनि सशक्त प्रतिपक्षको माग गर्दै आएको छ र त्यो सिद्धान्तमा बिश्वास गर्छ ।

‘सत्तामा गैसकेपछि पनि कतिपय कुराहरु गर्न गार्हो नै हुन्छ, तर सरकारले आफ्नो काम, सेवा बढाउन तर्फ सोच्नु पर्दछ । मान्छे भगवान हुदैन, सरकारमा जादैमा सबै पनि हुदैन, काँग्रेसले पनि त्यस्तो कुनै अहमता वा गलत मान्यता राख्नु हुदैन, र राख्दैन पनि । हाम्रो पार्टी सभापतिको नेतृत्वको सरकारले सबैलाई मिलाउने कुरामा विशेष ध्यान दिनेछ ।’

अवरोध नगर्नुपर्ने विषयमा प्रतिपक्षले अवरोध गरिहाल्नु हुदैँन, किन भने निर्वाचन आयोगको काम,कर्तब्य,अधिकार ऐनले नै निर्धारण गरेको छ, ऐनले नै निर्वाचनमा धाधँली भएमा या निर्वाचन यस्तो भएमा के के गर्ने भन्ने कुरा ऐनमै प्रष्ट छ, ऐनभन्दा बाहिर कोही जान सक्दैन । उहाँहरुलाई के लागेको छ भने, हामीले भनेपछि सबै हुन्छ । तर त्यसो हुदैन, लागेको कुरा उहाँहरुले हाउसमा राख्न सक्नु हुन्थ्यो । त्यस्तै सशक्त रुपमा छानबिनको माग पनि गर्न सक्नु हुन्थ्यो तर त्यही विषयलाई लिएर हाउस अवरुद्ध गर्नुभयो, हाउस अवरुद्ध गरिसकेपछि हामीले हाउसबाट जे डिसिजन गर्दाखेरी पनि हामीले अल्प संबैधानिक अंगलाई प्रभावित पारेको ठहर थियो । त्यसकारण त्यो बुझेर होला मंगलबारको लागि तय गरिएको संसद बैठकमा उसले आफ्नो सोच पनि बदलेको । फेरी उहाँहरुले सौहार्दपूर्ण वातावरणमा हाउस खोलेर प्रधानमन्त्रीको निर्वाचनको प्रकृयामा भाग लिदै हुनुहुन्छ । भोलीका दिनहरुमा के हुनुपर्छ, सत्तामा गैसकेपछि पनि कतिपय कुराहरु गर्न गार्हो नै हुन्छ, तर सरकारले आफ्नो काम, सेवा बढाउन तर्फ सोच्नु पर्दछ । मान्छे भगवान हुदैन, सरकारमा जादैमा सबै पनि हुदैन, काँग्रेसले पनि त्यस्तो कुनै अहमता वा गलत मान्यता राख्नु हुदैन, र राख्दैन पनि । हाम्रो पार्टी सभापतिको नेतृत्वको सरकारले सबैलाई मिलाउने कुरामा विशेष ध्यान दिनेछ । हामिले गरेका राम्रा कामहरुको पक्कै पनि प्रतिपक्षले हामीलाई सम्मान गर्छ, भन्नेमा हामी बिश्वास गर्छौ ।

सशत्त प्रतिपक्ष, जिम्मेवार प्रतिपक्षको कर्तब्य पनि त्यहि हो र हामीले गरेका यदाकदा गल्तिहरु भेट्नु हुन्छ भनेदेखि उहाँहरुले सशक्त रुपमा संसदबाटै हो आवज उठाउने त्यो फेरी बाहिर सडकबाट आवाज उठाउने होईन । त्यसलाई हामीले सकारात्क रुपले लिएका छौँ र अब आउने प्रधानमन्त्रीले यि सबै कुराहरुलाई बुझेर र देशका राजनीतिक दलहरु अहिले हामि एउटा करिब करिब संक्रमण पिरेडबाट अलि अलि बाहिर निस्किने परिस्थितिमा छौँ । सबैले सबैलाई सघाएर र यो देशको परिस्थितिलाई मध्यनजर गरेर सबै मिलेर जानुहुनेछ भन्ने कुरामा म बिश्वस्त छु ।

‘देउवा नेतृत्वको सरकारले जनतामा आशा जगाउने र उपलब्धीमूलक परिणाम दिएर काम गर्नु पर्दछ भन्ने मेरो भनाइ रहेको छ । उहाँ चौथो पटक र गणतन्त्रपछिको दश औं प्रधानमन्त्री बन्नुभएको छ । उहाँको नेतृत्वको सरकारले अहिलेका लोकप्रिय कार्यक्रमहरुलाई पनि निरन्तरता दिुन पर्छ ।’

प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका सभापति देउवाको पार्टीको म सचेतका हुँ । मेरो दलको नेता नै प्रधानमन्त्री भएकाल् पनि मेरो उहाँको नेतृत्वको सरकार जुन अब निर्माण हुने प्रकृयामा रहेको छ, त्यसले जनतामा आशा जगाउने र उपलब्धीमूलक परिणाम दिएर काम गर्नु पर्दछ भन्ने मेरो भनाइ रहेको छ । उहाँ चौथो पटक र गणतन्त्रपछिको दश औं प्रधानमन्त्री बन्नुभएको छ । उहाँको नेतृत्वको सरकारले अहिलेका लोकप्रिय कार्यक्रमहरुलाई पनि निरन्तरता दिुन पर्छ र मुलत संविधानको सर्वस्वीकार्यता र कार्यान्वयनको बाटोमा लाग्नु पर्छ भन्ने मलाई लाग्छ । सरकारले यति गरेपछि धेरै हदसम्म सरकार सफल हुनेमा म आशावादी रहेकी छु ।

(लेखक न्यौपाने, संसद तथा नेपाली कांग्रेसको सचेतक समेत हुन ।)