निर्वाचन विशेष: अछाममबाट कांग्रेस, एमालेका सयौं नेता कार्यकर्ता माओवादीमा प्रवेश

बद्धदेखि युवासम्म जुटें प्रचारमाः नयाँ पार्टीहरू तिब्र चर्चामा

अछाम । सुदुर पश्चिमको पहाडि जिल्ला अछाममा दोश्रो चरणको स्थानीय निर्वाचनको प्रचार प्रसारमा स्थानीय बृद्धदेखि युवा, बुद्धिजिवि र विद्यार्थीसम्म जुटेका छन ।

विकास र अवसरबाट बञ्चित भएको अछाम अहिले जताकतै चुनावी प्रचार प्रसारका सामग्रीले सजि सजाउँ पारिएको स्थानीयवासीहरु बताउँछन ।

अछामका चार वटा नगरपालिका र ६ वटा गाउँपालिकामा यतिबेला निर्वाचनको चुनावी होडबाजी चलिरहेको छ । तर यो निर्वाचनमा भने स्थानीयवासीले विवेक प्रयोग गर्ने र पार्टीको नारालाई भन्दा उम्मेदवार र उसको क्षमतालाई जाँचेर मतदान गर्ने मनस्थीति बनाएको त्यहाँबाट स्थानीयहरुले हरपल नेपाल डटकमसँगको कुराकानीमा बताएका छन ।

काँग्रेस, एमालेका सयौं नेता,कार्यकर्ताहरु माओवादीमा प्रवेश

युवाहरु स्थानीय निर्वाचनको प्रचारमा जुटेैसँगै विभिन्न पार्टीहरुका नेता, कार्यकर्ताले पुरानो छाड्ने र नयाँमा प्रवेश गर्ने लहर समेत चलेको देखिन्छ । अछाममा पछिल्लो अवस्थामा काँग्रेस , एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको संख्या बृद्धि भएको माओवादीले दाबी गरेको छ ।

अछामका युवा नेता तथा अखिल क्रान्तिकारी सचिवालय सदस्य डिबि साउदले विभिन्न पार्टी पार्टी परित्याग गरी गएको हप्ता दिनमा मात्रै अछाममा सयौंको संख्यामा प्रवेश गरेको दाबी गरेका छन ।

नेता साउदका अनुसार रामारोशन गाउपालिमा एमाले जिल्ला समिति सदस्य मानसिंह रोकाया, नेपाली काँग्रेस भटाकाटिया गाउँ कमिटीका सभापति शेर बहादुर साउद, नेपाली काँग्रेसको रामारोशन गाउँ कमिटी सचीव तारा बुढा, एमालेबाट भटाकाटिया गाउँ पालिका सचीव बम बहादुर साउद, एमाले बाटुलासैन गाउँ सदस्य सचेत बटाला लगायतका नेताहरुको नेतृत्वमा सयौं काग्रेस, एमालेका कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रबेश गरेका हुन ।

रामारोशन गाउँपालिका माओवादीमयः जित निश्चित भएको दाबी

अछामको रामारोशन गाउँपालिकामा अन्य पार्टीको तुलनामा माओवादी केन्द्रको प्रभाव राम्रो रहेका भन्दै त्यहाँ आफ्नो जित सुनिश्चितताको माओवादी केन्द्रले दाबी गरेको छ ।

माओवादी केन्द्रका स्थानीय नेता डिबी साउदले हरपल नेपालसँगको कुराकानीका क्रममा त्यस्तो दाबी गरेका हुन । उनले अछामका धेरै स्थनहरुमा माओवादीको प्रभाव राम्रो रहेको तर्क गरेका छन ।

रामारोशन गाउँपालिकामा माओवादीको तर्फबाट अध्यक्ष पदमा झन्कर साउद रहेका छन भने उपाध्यक्षमा सरस्वती रावल रहेकी छन । उनीहरुले स्थानीय विकास र सबृद्धि गर्ने मुल एजेन्डा बनाएका छन ।

अछामका सबै स्थानीय तहमाः युवाहरु जुटें चुनावको प्रचारमा

अध्ययनका लागि राजधानी काठमाडौं र अन्य क्षेत्रमा गएकाहरु पनि यतिबेला स्थानीय निकायको निर्वाचनमा सहभागि हुन अछाम पुगिसकेका छन । केही दिनअघि मात्र अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य समेत रहेका अछामका युवा नेता डिबि साउदको नेतृत्वमा काठमाडौंबाट सयौंको सख्यामा रहेका विद्यार्थीहरु अछाम गए ।

त्यसैगरी नेविसंघ, अखिल र अन्य पार्टी निकटका विद्यार्थी, युवा र श्रमको लागि बाहिरीएकाहरु पनि यतिबेला आ आफ्नो गाउँमा पुगिरहेका छन । केहि जाने तरखरमा रहेका देखिन्छन ।

अछामका रामारोसन, मंगलसेन, साँफेबगर, विमकोट, बान्नीगढी, दर्ना, विनायक, शान्तडा, गैरीटाँड, मुजाबगर, ढुंगाचाल्ना, तुर्माखाँद, बुढाबगर, चौरपाटी, ठांटी, चौखुट्टे, बासकाडा, विनायक, कमलबजार, वयलपाटा, जयगढ लगाएतका स्थानहरुमा चुनावी चहल पहल बढेको त्यहाँबाट स्थानीयहरुले हरपल नेपाल डटकमसँगको कुराकानीमा बताएका छन ।

अछामका नगरपालिका चार वटै नगरपालिकाहरुमा यतिबेला चनावी प्रचार प्रसारमा युवादेखि बृद्धसम्म जुटेका छन । अछाम सदरमुकाम समेत रहेको मंगलसेन नगरपालिकामा अन्य क्षेत्रको तुलनामा निर्वाचन केन्द्रीत गतिविधि बढि देखिन्छन।

त्यसैगरी साँफेबगर नगरपालिका, कमलबजार नगरपालिका र पञ्चदेवल विनायक नगरपालिकामा पनि निर्वाचनको माहोल तात्दै गएको स्थानीय राजनीतिक दलका नेता, कार्यकर्ताहरु बताउँछन ।

अछाममा निर्वाचनको परिणाम कस्तो आउला ?

सम्भावनाले भरिपूर्ण क्षेत्र भएपनि राज्यको पहुच र अवसरबाट पछि परेको अछामका स्थानीयवासीहरु पछिल्लो अवस्थामा निकै जागरुक र सचेत देखिएका छन । गएका धेरै निर्वाचनहरुमा पुराना र ठूला भनिएका काँग्रेस, एमाले, राप्रपा लगाएतका दलहरु र तिनका उम्मेदवारलाई विभिन्न समयमा आफ्नो अभिमतद्धारा विजय गराएपनि उनिहरुबाट आफुहरुले गरेको अपेक्षा कहिल्यै पुरा हुन नसकेको स्थानीयवासीको गुनासो रहेको छ ।

पहिलो र दोश्रो संसदको निर्वाचनमा पनि सक्रिय सहभागि रहेका अछामका अधिकाशं क्षेत्रका स्थानीयवासीहरुले अहिले स्थानीय निर्वाचनमा भने पुराना पार्टी, बुढा उम्मेदवार र निर्वाचनको बेलामा गुलिया नारा बाड्नेहरुलाई भन्दा युवा र विकासको मिसन, मिसन बोकेका उम्मेदवारलाई जिताउने पक्षमा देखिएका छन ।

अछामको बान्नेगढी गाउँपालिकाका स्थानीयवासी रोसन कुमार भुलले अछामको स्थानीय निर्वाचनमा मतदाताहरुले नयाँ पार्टीलाई रोजेको बताएका छन ।

पछिल्लो समयमा अछाममा माओवादी केन्द्र, नयाँ शक्ति पार्टी, क्रान्तिकारी माओवादी र राप्रपाको समेत प्रभाव राम्रो देखिएको स्थानीयहरु बताउँछन । पहिलो काँग्रेस, एमालेको गढका रुपमा चिनिएका क्षेत्रमा पनि अहिले उनीहरुलाई स्थानीयवासीले समर्थन नगरेको देखिएको उनीहरु बताउँछन ।

अछामका चारवटा नगरपालिका मध्ये पञ्चदेवल विनायक नगरपालिकामा माओवादी केन्द्रको प्रभाव राम्रो रहेको छ, त्यहाँ माओवादी केन्द्रबाट मेयरमा अकंल रावलको चर्चा रहेको छ भने साँफेबगर नगरपालिकामा काँग्रेस र एमालेको कडा प्रतिस्पर्धाको अवस्था देखिएको छ । त्यसैगरी मंगलसेन र कमलबजार नगरपालिका भने स्पष्ट प्रभाव कसैको पनि देखिएको छैन । त्यहाँ माओवादी, काँग्रेस र एमालका उम्मेदवारको बीचमा कडा प्रतिस्प्रर्धाको अवस्था देखिएको छ ।

त्यसैगरी अछामका ६ वटा गाउँपालिकाहरु मध्ये माओवादीले चार वटामा आफ्नो राम्रो पकड रहेको दाबी गरेको छ भने अन्य दुईमा प्रतिस्पर्धाको अवस्था रहने तर्क गरेको छ ।

यसरी अछामलाई हेर्दा स्थानीय निकायको निर्वाचनको मत परिणाम पहिलेका अन्य निर्वाचनहरुको भन्दा फरक आउने अनुमान गरिएको छ । स्थानीय निर्वाचनको परिणामले पुराना पार्टीले सोचेको भन्दा फरक परिणाम आउने अनुमान गरिएको छ । त्यसैगरी धेरै स्थानमा नयाँ पार्टीहरुको सम्भावना रहेको पनि अनुमान गरिएको छ ।