राष्ट्रिय नाचघरमा “सामान” को बिशेष प्रदर्शनी

बन्द बाकसको अध्ययन कथामा आधारित

काठमाडौं । राष्ट्रिय नाचघर जमलमा हिजो शनिबार लघु चलचित्र ‘सामान’को बिशेष प्रदर्शनी गरिएको छ । बिगत ३० बर्ष देखि रंग(मन्चमा सक्रिय रहेको नाट्य संस्था रंग सारथी द्वारा प्रस्तुत गरिएको चलचित्र सामानको निर्देशन,कथा तथा पटकथा विजय बिष्फोटले गरेका हुन् भने कार्यकारी निर्माता कुमारराज शर्मा र शंकर मैनाली रहेका छन् ।

एक बर्षको खोज अनुसन्धान पश्चात निर्माण सम्पन्न भएको चलचित्र “सामान”कमर्सियल मुभी नभई आर्ट मुभी हो। चलचित “सामान” आम नेपालीको आबाज हो,साझा समस्या हो।

एउटा नेपालीले भोलिको सुन्दर भविष्यको कल्पना गर्दै सयकडा तिनमा(चारमा ब्याज गाढि भनौ आफ्नो भविष्य दाउमा राखी बिदेश जान्छ तर उस्का सपना क्षण भरमै एउटा बन्द बाकसभित्र सिमित भएर नेपाल आउँदा त्यो परिवारको कस्तो अवस्था होला।

आफ्नो सपना सजाउन बिदेश गएको ब्यक्ति लास बनेर बस्तुको रुपमा जोखेर (तौलेर पठाईन्छ तर पनि हामी त्यो बाध्यता स्वीकार गर्न बाध्य छौ। खाडिमुलुक लगायतका अन्य देशहरुबाट कार्गोगरि नेपाल ल्याइने श्रमिकहरुका बन्दबाकस (कोफिन) को अध्ययन मुलक कथामा आधारित लघु चलचित्र हो ।

निर्देशकको भनाइ अनुसार चलचित्र ‘सामान’मानव अधिकारको विषयलार्इ लिएर निर्माण गरिएको चलचित्र हो । यो केवल नेपालको मात्र समस्या नभयर पुरा विश्व भरिको समस्या हो । ३२ मिनेट लामो यस लघु चलचित्रमा दर्शकले थाहा पाइरहेको कुरा फरक तरिकाले  देखाएछ ।

प्रत्येक दिन त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल हुँदै काठका बाकस भित्र पार्सल गरेर आउने ति मान्छे हुन् या कुनै सामान विदेश जादा प्लेनमा सम्मानका साथ् मानिस सरह लगिन्छ तर तेही मान्छे मर्दा एउटा सामान सरह अरु समान संगै कार्गोमा जोखेर ल्याइन्छ ,किन ह्युमन राइट्सले मरेको लासलाई सम्मान गर्नु पर्दैन ।

आफ्नो मान्छेको सास त पाइएन तर लास भएपनि ल्याउने प्रक्रिया के हो । ल्याउदा कति समय र खर्च लाग्छ । लास पाउन पनि पिडित परिवारको सदस्यले कत्तिको सास्ती बेहोर्नु पर्ने हुन्छ । आज यो बिश्वभरी दबिएको आवाज हो । जसलाई संयुक्त राष्ट्र संघ जस्ता मानव अधिकारवादी संगठनहरुले तुरुन्त सम्बोधन गर्नुपर्ने देखिन्छ।

लघु चलचित्र ‘सामान ’ मा अभिनय गर्ने कलाकारहरूमा सरिता शाह, सरस्वती अधिकारि, यस।बि। शाही, ज्योति राई, शंकर मैनाली, रोहानी लामा, दिलिप खडका, राज भट्टराई, कृष्ण शर्मा र नरेश भुर्तेल आदि रहेका छन् । अभिनय गर्ने सबै कलाकार थियटर पृष्ठभूमिबाट आएका हुन् ।