गीत सँगीतको प्रयोग गर्ने सबैलाई रोयल्टीको दायरामा ल्याउनु पर्छ

‘श्रष्टाहरुको अवस्थामा सुधार नभएसम्म विकास असम्भव’

गायक तुलसि पराजुली

नेपाली गीत संगीतको कुरा गर्ने हो भने, हामी अहिले एउटा प्राविधिक रुपले विकसित दुनियाँमा, सञ्चारको एउटा समयमा आएका छौँ । नेपाली गीत संगीत हिजोको दिनमा सोखले गाईन्थ्यो, त्यतिबेलाका गायक, गायीकाहरुले आजको जस्तो सहज वातावरणमा गीत निकाल्न पनि सक्ने अवस्था थिएन । उनीहरु यहाँबाट कैयौँ दिन लगाएर कलकत्ता गएर गीत रेकर्डिङ गरेर आउने गर्दथ्ये । मेलवादेवीहरुले गाएर आउनु भएको त्यो इतिहास विस्तारै विस्तारै रेडियोको उदयपछि विकसीत भएर आयो । पछि गीत गाउने परम्पराको सुरुवात र क्यासेट भन्दा पनि गाउने कलाको रुपमा रेडियोमा गीत बज्ने गर्दथ्यो । नारायण गोपाललाई पनि ब्यावसायिक यात्रा गर्न निकै मुश्किल परेकै हो, पछि विस्तारै नारायण गोपालका गाल्जीय गीतहरुको लागि एउटा व्यवस्थापन भएको अवस्था पनि आयो । त्यतिबेला नै राम्रो व्यवस्थापन भएको भए अरबौँ कमाउने स्थिति त्यतिखेर पनि हुन्थ्यो, तर त्यो युग, त्यतिबेला एउटा व्यावसायिक युगमा भर्खर प्रबेश गर्दै थियो ।

करिब ४० को दशकदेखि ६० को दशकसम्म क्यासेटका गीतहरु अत्यन्तै बढि मात्रामा बिक्री भए र ६४, ६५ पछाडि नेपाली गीत संगीतले व्यावसायिक धार प्रबेश गर्दै गयो र ६० को दशकपछि अलिकति डिजिटलाईजेशन भयो । बजारमा क्यासेटहरु बिक्न छोडे, सिडिहरु बिक्न छोडे, आज पनि हामी गीतका एल्बमहरुको विमोचनमा सहभागी हुने गर्दछौ, तर विडम्बना भन्नुपर्छ, बिमोचन भएर त्यसलाई सिडि बेच्ने ठाउँ हामीसँग छैन, किनकी मोबाईल मोबाईलमा गीत बज्दछन, भ्वाईहरुमा जान्छन तर त्यसलाई व्यवस्थापन गर्न नसकेका कारणले गर्दा गीत संगीतमा लाग्ने कलाकारहरुलाई समस्या परेको हो । डिजिटल प्रविधिमा गीतहरु बज्न थालेपछि त्यसको बेनिफिट्स लिन नसकिएको अवस्था अहिले को मुख्य चुनौती हाम्रा अगाडि रहेको छ । अहिले हामीहरु त्यसैलाई चिर्दै अघि बढिरहेको स्थिती छ । किनभने कि त गीत संगीतमा लागेर श्रष्टाले बाँच्न सक्ने अवस्था समेत बनाएको छैन, कि त संसारमा प्रविधिले श्रष्टालाई निकै धनि बनाइदिएको छ । संसारमा श्रष्टाका आफ्नै बंैँकहरु छन, नेपाली गीत संगीतका श्रोताहरु आज बढ्दै गएका छन, विश्वव्यापी रुपमा प्रतिस्प्रर्धामा रहेका छन ।

हामीले हाम्रा कलाकारहरु कहाँ जानु भो भनेर कहिले सोचेका छैनौ । तर गीत संगीतको बजारबाट कलाकारहरु बाँच्न सक्ने अवस्था नआईसकेकोले गर्दा एउटा एल्बम निकलेपछि अर्को एल्बम कसरी निकाल्ने भन्ने समस्या आज पनि छ र यसलाई हामीले अन्त्य गर्न अभियान नै थालेका छौ । हामीले राज्यलाई कन्मिन्स गर्न सफल भएका छौँ, राज्यले नीति, नियमावली छलफलमा प्रबेश गराएको छ, यसका स्टेक होल्डरहरुले बिभिन्न गीत संगीत सार्वजनिक प्रयोग गरे वापत त्यसको रोयल्टि तिर्नुपर्छ, हामी त्यो चेतनाबाट अलि पर रहेका छौँ । अहिले हामीले त्यो चेतनामा कन्मिन्स गर्दै अघि बढेको अवस्था रहेको छ । हामीले संस्थागत रुपमा नेतृत्व गरेर आईरहदाखेरी पनि हाम्रै कलाकारहरु संगीत वापतको आर्थिक अधिकारबाट विमुख हुने अवस्था आएको छ । हामीले उहाँहरुलाई गीत संगीत कसैलाई दिँदाखेरी त्यसको आर्थिक अधिकार सुरक्षित हुने गरी दिन सल्लाह दिएका छौ । गीत संगीतबाट बेनिफिट्स लिनुहोस भनेर बुझाउन पनि हामीलाई निकै समय लाग्यो, आज कलाकारहरु सचेत भैसकेका छन, राज्य सचेत भैसकेको छ, मलाई लाग्छ अबको दुई, तीन बर्षभित्रमा नेपाली गीत संगीतमा एउटा ब्यावसायिकताको वातावरण बन्छ, जुन वैज्ञानीक रोयल्टी प्रणलीको ब्यवस्थापन सहित अघि बढ्छ । त्यसले नेपाली सांगीतिक ब्यावसायिकतामा फड्को मार्ने निश्चित छ ।

व्यवसायिक साँगीतीक क्षेत्रको विकासमा ध्यान दिनुपर्ने विषय

रेडियो टेलिभिजहरुले गीत बजाउँछन, त्यो सार्वजनिक प्रयोग हो र उनीहरुले सम्बन्धीत सांगीतीक श्रष्टालाई केहि न केही सहयोग गर्नै पर्छ । धेरथोर भएपनि रोयल्टी दिनुपर्छ, किनकी त्यहाँबाट उहाँहरुले विज्ञापन लिनुहुन्छ, आफ्नो व्यवसायीकतामा विकास गर्नुहुन्छ, तसर्थ उहाँहरुले जतिसक्नुहुन्छ, त्यसको एउटा मापदण्ड तयार गरेर अनिवार्य रायल्टीको प्रणाली लागु गर्नै पर्छ । सञ्चार माध्यमहरुले सञ्चार मन्त्रालयमा संस्था नविकरण गर्न आउँदा गीत संगीत प्रयोग भए वापत रोयल्टी तिरेको निस्सा अनिवार्य चाहिने व्यवस्था मिलाउन सकेमा त्यसको कार्यान्वयन केही हदसम्म सफल हुन्छ, हामीले त्यो लगभग कन्फर्म गरिसकेका छौ । तपाई सार्बजनिक यातायातमा चढ्नु हुन्छ, त्यहाँ गीत बज्दछ । सबैका गीत बज्ने गर्दछन, पुराना पुस्तादेखि नयाँ पुस्तासम्मका गीतहरु सार्वजनिक यातायातहरुले प्रयोग गरेका हुन्छन । त्यो पनि त सार्बजनिक प्रयोगको दायरामा आउनुपर्यो । उहाँहरुले कर तिर्न जादाखेरी गीत संगीतको रोयल्टी तिरेको निस्सा अनिबार्य पेश गर्नुपर्ने, होटेल,रेष्टुरेण्टदेखि लिएर बिभिन्न मेला महोत्सवमा गीत संंगीत बजाए वापत रोयल्टी तिर्नुपर्ने, यो खालको नीतिगत सुधारको विषयमा जुन जुन निकायबाट त्यसको मनिटरिङ हुने गर्दछ, त्यो निकायहरुले त्यसलाई हेर्ने व्यवस्थापन गर्ने दिशातर्फ जुट्नु पर्दछ । हाम्रो माग पनि यही हो, यसैमा हामी पनि लागेका छौ, लगभग यस पटक अर्थमन्त्रीज्यूको वक्तब्यमा पनि रोयल्टीलाई व्यवस्थापन गर्ने भनेर आएको छ ।

कलाकारले रोयल्टी मात्र प्राप्त गर्दैन्न, राज्यले त्यसबाट ट्याक्स पनि प्राप्त गर्छ । गीत सँगीतका माध्यमबाट हामी सबै सबल हुन्छौँ । किनभने अहिले पनि बिभिन्न डाउनलोड सेन्टरहरुबाट हाम्रा अधिकाशं सँगीत क्षेत्रका उपभोक्ताहरुले पैसा तिरेर किन्नु भएको छ तर विडम्बना त्यसको रिटन्स श्रष्टासम्म पुगेको छैन । डाउनलोड सेन्टरले एउटा सिडि किनीदिए पनि कमसेकम एउटा सिडि बिक्यो भन्ने त हुन्थ्यो, उहाँहरुले कहाँबाट तान्नु हुन्छ कसैलाई थाहा हुदैँन । लगभग बर्षको १८, २० अर्बको गीत डाउनलोड हुन्छ अहिले पनि तर त्यसको रिटन्स श्रष्टासम्म अझै पुगेको छैन, किनभने त्यो श्रष्टा कहाँ पुग्दैन, त्यो त्यसको लगानीकर्ता कहाँ पुग्दैन, त्यसलाई नियमन गर्ने हामीले पनि त्यसको सुधारमा बोल्न सकेका छैनौ । एउटा व्यवस्थीत सिस्टमबाट गीतहरु डाउनलोड गरे वापत त्यसको रायल्टी फिर्ता पाउने खालको वातावरण बनाउने हाम्रो कोशिस जारी नै छ हामीलाई विश्वास छ, त्यो मेकानिजम चाडो भन्दा चाँडो लागु हुनेछ ।

गीत, संगीतको रोयल्टीका विषयमा भएका पहलहरु

म प्रस्तोता समाजको अध्यक्ष भए, रोयल्टी संकलन समाज र उत्पादक समाज हामी तीनवटा संस्थाहरुले रोयल्टीको विषयलाई गहन रुपमा उठान गरेका छौ । त्यसको कार्यान्वयनका लागि नियमहरु हुन्छन, गीत संगीततिर लागेका बिभिन्न संघ सस्थाहरु सबैसँग हाम्रो र्कोिर्डनेशन हुन्छ, किनभने यो काम एउटा ब्यक्ति र एउटा सस्थाले मात्र गर्नेकुरा होईन । तसर्थ हामी सबै एउटै ठाउँमा आएका छौँ, सरकारी प्रतिनिधिका हिसाबले नेपाल सरकार सँस्कृति पर्यटन तथा नागरीक उड्यान मन्त्रालयका सह–सचिव भरतमणिको अध्यक्षतामा रोयल्टी अनुगमन तथा निर्देशन समिति बनेको छ । उक्त विकास समिति अन्तर्गत प्रधानमन्त्रीकोे कार्यालयले रोयल्टीलाई ब्यवस्थि पार्नको लागि परिपत्र जारी गरिसकेको छ । त्यसलाई प्रवाह गर्ने एउटा बडि छ, जस्तो निर्देशन समिति भित्र म आफु पनि छु र त्यसको अनुगमन कहाँ, कहाँ के के हुदैछ र त्यसमा फेरी क कसलाई झक्झक्याउनुपर्छ, त्यो लाइनमा हामी कृयाशिल नै रहेका छौ । फेरि त्यो अुगमन समिति भित्र गृह मन्त्रालय, सञ्चार मन्त्रालय जुन जुन मन्त्रालय आवश्यक पर्ने हो त्यो मन्त्रालयका ब्यक्तिहरु पनि हुनुहुन्छ, तसर्थ चाहना गर्ने हो भने, कार्यान्वयनमा जटिलता हामीले देखेका छैनौ ।

सरकारले रोयल्टीको नितिलाई कार्यान्वयन गर्दैन, त्यो हामीले गर्ने कुरा हो । हामिले रोयल्टीको कार्यान्वयन गराउनुपर्छ, गर्नुपर्छ अहिले गराउन सकिएन भने कहिल्यै पनि गराउन सकिदैन, अहिले कमसेकम हामी एउटा बिन्दुमा छौं । सबैको चाहना श्रष्टाहरु धनी भएको हेर्न नै छ, सामान्य उपचार गर्ने हैसियत नभएकाले रोग पालेर बसेको कसैले पनि चाहेको छैन, वास्तविक सँगीत प्रेमिहरुले आज पनि पैसा तिरेर गीत किनिरहनु भएको छ । हाम्रो कुरा मात्र त्यो एउटा सिस्टममा जाओस भन्ने हो । मिडियाकर्मि साथिहरुसँग मेरो आग्रह छ, तपाईहरुले लेखिदिनु भएको एउटा लाईनले ठूलो भुमिका खेल्छ, तपाईहरुले बोल्ने हरेक एक शब्दले भुमिका खेल्छ र तपाईहरुलाई पनि यो श्रष्टाको रोयल्टी ब्यवस्थापन पक्षमा आएका भएका जे जति प्रगतिहरु उन्नतीहरु छन, त्यसलाई सकारात्मक ढङ्गले लेखिदिनुहोस, म यो आग्रह पनि गर्दछु ।

(लेखक पराजुली, प्रस्तोता समाजका अध्यक्ष हुन । लोक गायनको क्षेत्रमा उनी नाम कहलिएका कलाकारको लिस्टमा समेत उनी पर्दछन ।)