नयाँ शक्ति पार्टीका संयोजक डा. भट्टराईलाई स्थानीय निर्वाचनको मत परिणामले दिएको सन्देश

‘अब उपेन्द्रजीहरुसँग होइन रबिन्द्र मिश्र र उज्वल थापासँग एकता हुनुपर्छ’

बर्दियाको स्थानीय निकायको निर्वाचनमा जुन आठ वटा स्थानीय निकायका निर्वाचन केन्द्र मध्ये छ वटामा हामीले उम्मेदवार उठाएका छौँ । सबै ठाउँमा मेयर, उपमेयर र तीनवटा वडामा वडा अध्यक्ष सहित सदस्य उठाएका छौँ र समग्र अहिलेसम्मको नतिजा हेर्दा हामीले एउटा वडा पनि जित्ने सम्भावना नभए पनि बर्दियामा हामी चौँथो शक्तिको रुपमा उदाएका छौँ ।

अब बाबुराम भट्टराईलाई सुझाव दिनु पर्दा सबै भन्दा पहिला यो नयाँ बनाउँने हो भने केन्द्रिय कमिटिदेखि लिएर तलसम्मको मेजर अप्रेशन गर्नुपर्छ र विना शल्यक्रिया यो नयाँ बन्न सक्दैन । त्यसकारण बाबुरामले त्यो पुरानो जुन केन्द्रिय कमिटिको टिम छ , केन्द्रिय कार्यकारीको टिम छ त्यसमा केहि मान्छेहरु पुराना मान्छेहरु छन । तिनीहरुलाई आ–आफ्नो जिल्लामा पठाउनु पर्छ र उनीहरुले आफ्नो जिल्लाबाट निर्वाचित भएर आउने हिम्मत राख्नु पर्दछ । कतिपय नेतृत्वको कार्यकर्ताले के शंका मानेका छन भन्दा नयाँ शक्तिबाट यो नेपाल भरी नै अब अहिलेका एक सय साठी निर्वाचन क्षेत्रमै हेर्दाखेरी केहि मत ल्याउँछ । त्यसमा समानुपातिकबाट हामी बाबुरामको पछि लाग्यौँ भने बाबुरामका मान्छे नजिक भनेर त्यो कार्यकर्ताले शंकाले हेरिरहेको छ ।त्यो बाबुरामको सचिबालय र बाबुरामको नजिकको कार्यालयल टिमलाई कार्यकर्ताले नयाँ मान्न सकेको छैन ।

नयाँ शक्ति पार्टीलाई साँच्चै नयाँ बनाउने हो भने अब हामीले उपेन्द्र यादवसँग होइन साझा पार्टीसँग, विवेकशिल पार्टीसँग पार्टी एकता गर्ने पहल गर्नुपर्छ । बाबुराम एउटा ब्राण्ड हो बाबुरामको नाम बिज्ञापन गर्न सक्यौँ भने हामीले संगठन बनाउन सक्छौँ । त्यसैले यो कुरा सबैभन्दा पहिला बाबुरामले बुझ्नु पर्दछ । त्यसैले बाबुरामको वरिपरि बसेको जुन कार्यालय टिम छ त्यो कार्यालय टिममा हिजो माओवादी हुँदैखेरी जब पालुङटार पछिको एउटा विचार समुहको पैदा भयो । त्यो विचार समुहको नेतृत्व मात्रै गर्न सकेको भए आज बाबुरामको यो अवस्था हुने थिएन । त्यो एउटा विचार समुहको नेतृत्व गर्न नसक्ने व्यक्तिले या शक्तिले समग्र नयाँ शक्तिको प्रतिनिधित्व गर्न सक्दैन भन्ने आम कार्यकर्ताको धारणा छ ।

अब हामी निर्वाचन सम्पन्न भैसकेपछि यो पाँच नम्बर प्रदेशका जिल्ला संयोजकहरु बसेर, एउटा छलफल गरेर अनि निचोडसहित बाबुरामलाई सुझाव दिने अवस्थामा हामी छौँ र मैले अहिले पनि पाल्पा, दाङ, रुपन्देही, अर्घाखाँची र गुल्मिका संयोजकहरुसँग समन्वय गरी राखेको छु । नयाँ शक्तिलाई साँच्चै नयाँ शक्तिमा रुपान्तरण गर्ने अभियानमा बर्दियाले पनि एउटा ईट्टा थप्छ ।

अधिकांश नेताहरुले के भन्छन तपाईहरुले यस्तो खालको बहसहरु चलाउँदा खेरी ?
नेताका आ–आफ्ना स्वार्थ होलान समग्र हाम्रो तलको कार्यकर्ताको पार्टी र नयाँ वैकल्पिक शक्तिको स्वार्थ हुन्छ । त्यो हिसाबमा यदि नयाँ शक्तिलाई साँच्चै नयाँ बनाउने हो भने नेता कार्यकर्ताहरुले आफु एउटा व्यक्ति स्थापित हुने, नेतृत्वमा कसरी पुग्न सकिन्छ जस्ता आफ्ना व्यक्तिगत स्वार्थहरु त्यागेर यो संगठनलाई एउटा ठूलो पार्टी बनाउन सके एउटा जिल्लाको नेतृत्वको सम्मान पनि हुन्छ । सानो त्यो टुक्रे पार्टी बनाएर हिजो त्यो जनमोर्चा या सिपि मैनालीको जस्तो पार्टीहरु या अरु सम्बन्धित पार्टी बनाएर माथि केन्द्रको भएर त्यसले खास्सै अर्थ राख्दैन । त्यसकारण सबै नेतृत्व टिमले यसलाई गम्भिरतापूर्वक सोच्नुपर्छ भन्ने कुरा हो ।

स्थानीय निर्वाचन भयो तपाईहरुले भाग लिनु भयो, यसको परिणाम पनि आएको छ यसले साँच्चिकै नयाँ शक्तिलाई नयाँ बनाउनुपर्छ भन्ने अभियानको तपाई अभियान्ता पनि हुनुहुन्छ यो दुई वटा कुराको कहाँ निर मिलन हुन्छ यसको म्यासेज के हुन्छ ?

अब पार्टी भित्र पहिला त विचारको बहस हुनु पर्यो, विचारमा एकरुपता हुनुपर्यो त्यसपछि नेतृत्वमा नयाँ हुनु पर्यो, कार्यशैलीमा नयाँ हुनु पर्यो, व्यवहारमा नयाँ हुनु पर्यो र क्रियाशिलतामा नयाँ हुनु पर्यो । यदि हाम्रा व्यवहारमै रुपान्तरण हुन सक्किएन, हाम्रा कार्यशैलीमा रुपान्तरण हुन सक्किएन, एकले अर्कालाई स्वीकार गर्न सक्किएन भने हामी नयाँ बन्न सक्दैनौ त्यो भएर हामी साँच्चै नयाँ बन्ने हो भने पहिला आफुबाटै नयाँ बन्नु पर्यो ।

त्यसैले पहिला बाबुरामले नयाँ बन्नु पर्यो त्यसपछि संगठन विभाग देवेन्द्र पौडेलले नयाँ बन्नु पर्यो त्यसपछिका अरु कार्यकर्ता तपशिल बमोजिमका कार्यकर्ताहरु नेतृत्वहरु नयाँ बने भने अनि बल्ल नयाँ बन्छ । त्यो भएर एउटा नेतृत्वले अब हाम्रो चुनावलाई उपयोग गर्ने हो भने प्रत्येक नेतृत्वले अहिलेका केन्द्रिय परिषदमा भएका केन्द्रिय परिषदका सदस्यले, केन्द्रिय कार्यकारी समितिका सदस्य लगाएत बाबुरामले पनि गोरखा गएर गोरखाबाट जितेर आउँछु भन्ने हिम्मत गर्नु पर्यो, देवेन्द्र पौडेलले बाग्लुङमा गएर जितेर आउँछु भन्ने हिम्मत गर्नु पर्यो र कुमार पौडेलले सर्लाहि गएर जितेर आउँछु भन्ने हिम्मत गर्नु पर्यो । काठमाडौमा बसेर अनि नयाँ शक्तिको ओकालत गरेर जनता सामु नगईकन नयाँ शक्ति बन्दैन फिल्डबाटै नयाँ शक्तिलाई नयाँ बनाउनु पर्छ ।
(लेखक पौडेल नयाँ शक्ति पार्टीका बर्दिया जिल्लाका संयोजक र केन्द्रीय परिषदको सदस्य हुन , उनले आफ्नो पार्टी भित्र पार्टीलाई साँच्चिकै नयाँ बनाउन विभिन्न एघार जिल्लाका अध्यक्षसँग नयाँ बहसको थालनी गरेको बताएका छन ।)