माओवादीले चुनाव हार्नुका पाँच कारण यस्ता छन

‘आफुले लगाएको कोट सहिदको रगतले भिजेको छ भन्ने कुरा बिर्सनु कमजोरी हो’

दिप किरण क्षेत्री

बन्दुकको बलमा जनता माथी दमन गर्ने राज्यसत्तालाई बन्दुकलेनै बदल्ने र नयाँ जनवाद ल्याउने उदेश्यका साथ २०५२ फागुन १ देखि दीर्घकालीन जनयुद्धको सुरुवात गर्यो र हजारौं जनताको कलिला छोराछोरीलाई त्यही सपनामा आफ्नो बलिदान गर्न लगायो हामी पनि त्यो जनयुद्ध बाट अछुतो रहेनौं ।

५२, देखि ६३ सम्म हजारौंको बलिदानी भयो व्यवस्था परिवर्तन गरेर जनताको अधिकार जनतामा फर्काउनको लागि तर त्यो बलिदानको कुनै अर्थ रहेन, शान्ति प्रक्रियाको नाममा जनयुद्ध र जनयुद्धको उपलब्धिलाई जब डलरमा बेचेर तत्कालीन जनयुद्धको नेतृत्वले जनयुद्ध र जनमुक्ति सेना प्रति अनि न्याय र मुक्तिको प्रखाईमा बसेको हजारौं सहिदको परिवार न्याय प्रेमी जनतालाई धोका दिएर आफ्नो जीवनलाई रुपान्तरण गर्यो सहर पसेर तब माओवादी पारको पतनको सुरुवात भयो।

चुनाव हार्नुको मुख्य कारणहरु
१. माओवादीले जनयुद्धको उपलब्धिलाई सुरक्षीत गर्न नसक्नु र नेता र मिडियम कार्यकर्ता सहर मुखी बन्नु गाउँको जनता र आधार इलाकालाई बिर्सेर शहरमा रमाउनु जनयुद्धको उदेश्य भुल्नु ।

२. बालुवाटार र सिंहदरबारमा बसेर जनताको लागि ठुलो ठूलो कुरा गर्ने तर जनताको लागि सिन्को पनि नभाँच्ने, माओवादी केन्द्र गुठ बन्दीमा फस्नु, आफूआफू बिचमा एकले अर्कोलाई बिश्वास गर्न नसक्नु आफुनै जनता भन्दा ठूलो सम्झनु जनताको सेवक बन्न पर्नेहरु जनताको सासक बनेकोले यो चुनावमा हारेको हो।

३. पार्टीको नेताहरु पैसाको पछि लाग्नु शहरमा बस्ने गाउँको जनता भुल्नु अनि शहरमा बसेर तस्करी भ्रष्टाचारिहरुको संगत गर्नु सहरमा घर घरेडी जोड्ने अनि जनयुद्धको फुर्ती लगाउने अनि जनताको काम नगर्ने गरेकोले चुनाव हारेको हो।

४. १० बर्षसम्म मृत्युलाई आत्मसात गरेर जनयुद्ध लड्ने जनमुक्ति सेनाहरुको भविष्य अन्धकार बनाएर दलालहरु तस्करीहरुसंग घाँटि जोड्दै आफन्त र परिवारवादमा नेताहरु फसेको कारण माकेले चुनाव हारेको हो ।

५. नेताहरुले जनताको भावनालाई बुझन नसक्नु आफ्नै व्यक्तिगत स्वार्थमा रमाउनु शहरमा जग्गा जमिन र घर घरेडी जोड्न तिर लाग्नु, गाउँ भुल्नु गाउँको संगठनमा जोड नदिनु संगठन भुल्नु र अर्को कारण संविधानसभाको निर्वाचनमा बेहोरेको हारको समिक्षा नगर्नु र पार्टी फुट्नुको कारणको समिक्षा नगर्नु जनयुद्धको घाइते, सहिद अपांग परिवार प्रती सहानुभूति समेत नराख्नु, नेताले आफ्नो जीवन सैलिमी परिवर्तन गर्नु सहिदको रगतको अपमान गर्नु जनयुद्ध किन र केका लागि गरेको थियो त्यसको अर्थ जनतालाई बुझाउन नसक्नु र जनयुद्धको उदेश्य नेताले भुल्नु, अरुलाई सुकिलामुकिलाको संग्या दिने तर आफुले लगाएको कोट सहिदको रगतले भिजेको छ भन्ने कुरा भुल्नु, कहिले कांग्रेसको त कहिले एमालेको पिछलग्गु बनेर पछौटे राजनीति गर्नु, यस्तै कारणले गर्दा माकेले अहिले कथित स्थानीय निर्वाचनमा नसोचेको हार बेहोर्नु परेको हो।

यदि माकेले जनताको बिचमा गरेको महा गल्तिलाई बेलैमा करेक्सन नगर्ने हो भने आगामी दिनमा माकेलाइ सिलो खोज्न पर्नेछ र जनता बिनाको नेता मात्रैको पार्टी बन्नेछ ।
(लेखक क्षेत्री,पूर्व जनमुक्ति सेनाका सिपाही हुन् । )