माओवादी आन्दोलनप्रति जनताको आशा र चुनावी परिणाम (भिडियोसहित)

‘जनयुद्धका सपना पुरा गर्न एकताको अपरिहार्यता’

विशेष त माओवादीप्रति जनताको आकांक्षा ठूलो छ र त्यो आकांक्षा अहिले नै पुराहुने अवस्थामा पनि छैन । जनताले जे सोचेका थिए माओवादी आन्दोलन, जनयुद्धप्रति त्यो जनताको आकांक्षा माओवादीले पुरा गर्नसकेको छैन, तर त्यही दिशामा निरन्तर बढिराखेको छ । स्टोरिकल्ली हेर्दाखेरी माओवादी आन्दोलनबाट स्थापित भएका धेरै मुद्धाहरु हामीले पुरा गर्नसकेका छैनौ । त्यसका पछाडि राष्ट्रिय र अन्तर्राष्ट्रिय कारणहरु छन । हामीले जसरी जनयुद्ध सुरु गरेका थियौँ, त्यो नयाँ जनवाद र समाजवादको निम्ति थियो र वर्गिय रुपले एउटा सामन्त, शोसक वर्ग र साम्राज्यवादीको सत्ता भएको ठाउँमा एउटा सर्बहारा वर्गिय, श्रमजीवि वर्गको समाजवादी सत्ता लिनका लागि नै थियो । तर त्यो हामीले सकेनौँ, त्यो नसकेपछि, त्यो बेलाको पुँजीवादी पार्टीहरुसँग, संसदीय पार्टीहरुसँग माओवादीले १२ बुँदे सम्झौतामा कम्प्रोमाईज गर्यो र आजको मितिसम्म माओवादी पार्टी कम्प्रोमाईज अथवा सम्झौताको राजनीतिबाट आजको मितीसम्म माओवादी पार्टी अगाडि बडिरहेको छ । त्यही सम्झौताको राजनीतिले दुई पटकको संबिधान सभामा संविधान बन्यो । त्यसपछि अब पहिलो चरणको निर्वाचन सम्पन्न भयो । यो बिचमा माओवादी पार्टीले आफ्नो रणनीतिक उद्देश्य त पुरा गर्न सकेन तर कार्य नीतिको रुपले नेपालको सामाजिक बनोट, वर्गिय बनोट यहाँको चरित्र, यहाँको मनोविज्ञानलाई ख्याल गर्दै, थारै सुधार गर्दै परिवर्तनतीर जाने बाटो माओवादीले अपनाएको छ ।

माओवादी नेतृत्वको सरकारको पालामा केही राम्रा कामहरु पनि भए, जस्तो उज्याँलो नेपालको कुरा छ, फस्ट ट्र्याकको कुरा छ । अलिकति सुशासन भयो, सुशासन भएपछि अलिकति आर्थिक बृद्धि दर बढ्यो र मान्छेमा थोरै आशा पलायो । यि सबै कुरा माओवादीका पोजेटिभ पक्षका कुरा हुन तर माओवादीका मुख्य लक्ष्यहरु भने अपुरा नै छन । माओवादी अहिले पनि च्यालेन्ज लेस पार्टीको रुपमा छैन । माओवादीका धेरै ठूला चुनौतीहरु छन, किनकी माओवादीले हिजो जनतासँग धेरै ठूलो सपनाहरु बाडेका थियो । कि त हामीले ति सपना बाड्नु गल्ति थियो भन्नुपर्छ कि चाहि सपना सम्पूर्ण पुरा गर्न नसके पनि त्यो सपनाप्रति दृढताका साथ उभिनुपर्छ । बिस्तारै ति सपना पुरा गर्नको निम्ति जनतालाई फेरी आशावाद जगाउँदै माओवादी पार्टी रुपान्तरण भएर, माओवादी पार्टीहरुले जनअनुमोदित पार्टी भएर, जनदिशा समातेर माओवादी पार्टी अगाडि बढ्नुपर्छ ।

माओवादी पार्टीले अझै पुँजीवादलाई बुझिँसकेको छैन एक । दाश्रो यो प्रतिस्पर्धाको राजनीतिको पनि माओवादी राम्रो खेलाडि होईन । त्यसकारणले यो प्रतिस्पर्धा र पुँजीवादमा माओवादी नेताहरुले जनअपेक्षा अनुसार सफलता प्राप्ति गर्न सकेका छैनन । यो पुँजीवादलाई कसरी उपयोग गर्ने भन्ने बारेमा वामसंक्रिणतावादी दृष्टिकोण छ, अलिकति तदर्थवादीको दृष्टिकोण हुनुपर्छ र आफुलाई एकदम अब्बल दर्जाको ठान्ने अरु सबैलाई चाहि दाश्रो नम्बरको नागरिक ठान्ने अहमतावादी र व्यक्तिवादी दृष्टिकोण माओवादीमा छ । प्रचण्डले राजनीतिमा खेलेको भुमिका, जनार्दन जीले उर्जा मन्त्रालयमा खेलेको भुमिका लगाएत सबै मन्त्रीहरुले यदि राम्रो भुमिका खेल्न सक्ने र हृदयबाट उनले गर्ने पर्यत्न गरि दिए भने यो पहिलो चरणको स्थानीय निर्वाचनमा जुन मत आयो त्यो गुणात्मक आउथ्यो भन्ने कुरा व्यवहारले पुष्टि गरेको छ । यसको मतलव मैले दोसारोपण गर्नपनि खाजेको होईन तर हामी माओवादीको नसिक्ने, अरुबाट नबुझ्ने, नसक्ने तर आफैले सबै जानेका छौँ, आफैँ बुझेका छौँ, आफैँ सक्षम छौँ, यो दुनियाँ बदल्न उठेका हौँ भन्ने खालको अहम,दम्भ र संक्रिणता र क्षेत्रियतावाद, जातीयवाद र व्यक्रिवाद चरित्रको कारण केही समस्या पैदा भएका छन । अब त्यसको अन्त्य गर्नैपर्छ ।

माओवादी नेताहरुको क्यारेक्टर जनताको क्यारेक्टरसँग मिल्दैन । त्यो अभिदाज क्याारेक्टरसँग मिल्छ, त्यहाँ हामीले आफुलाई रुपान्तरण गर्नुपर्छ । दोश्रो हामीले जनयुद्धमा जो प्रतिबद्धता जनाएर अगाडि बढेका थियौँ र त्यो प्रतिबद्धतालाई हामीले रात दिन सम्झिनु पर्दछ, हामी जो वर्गिय पक्षधर हाम्रो सर्बहारा, श्रमजीवि आदिवासी, जनजाती, दलित, महिला,मुश्लिम र पिछडिएको कर्णालीका पक्षधर हौँ भन्ने हाम्रो क्यारेक्टर पनि हाम्रो जनपक्षीय र श्रमजीवि पक्षीय क्यारेक्टर हुनुपर्छ । यहाँ समस्या के छ भने माओवादीको क्यारेक्टर अभिदाजवदीय क्यारेक्टर हुन चाहेको छ । माओवादीका नेताहरु अभिदाज वर्ग हुन चाहेका छन । उनको रुचि अभिदाज वर्ग हुने छ र उनीहरुको फ्लोर्सहरु, उनीहरुको भोटर्सहरु गरीब छन, सुकुम्बासी छन, दलित छन, महिला छन, कर्णाली, मधेश छ र माओवादी नेता र जनताको बिचमा एउटा वर्गिय र क्यारेक्टर डिफ्रेन्स छ, त्यो डिफ्रेन्सलाई एउटा रुपान्तरणबाट कम गर्ने र जनताको काम गर्नु पर्दछ । मुख्य कुरा जनताको काम गर्ने हो, जनताको निगरानीमा काम गर्ने हो, युवाको निम्ति होईन,व्यक्तिको निम्ति होईन, मात्र क्षेत्रको निम्ति हो,जातीको निम्ति हाईन, श्रमजीवी कलासलाई अगाडि बढाउँनको निम्ति काम गर्ने क्यारेक्टरको माओवादीले डेभलभ गर्नुपर्छ । त्यो क्यारेक्टर डेभलभ गर्न सकेन भने माओवादीको पार्टीको अर्थ छैन किन कि अरु मध्यमवर्गको अपर कलासको पार्टीहरुमा चाहि एमाले,कांग्रेस,राप्रपाहरु पुरानो बर्गका निम्ति राप्रपाहरु, मधेशको निम्ति मधेशवादी दलहरु छन । हाम्रो त श्रमजीवी वर्ग र उत्पीडित वर्ग, उत्पीडित क्षेत्र जुन हाम्रो क्लस्टर हो त्यो क्लस्टर भुल्ने खतरा र त्यो क्यारेक्टरमा भुल्ने खतरा जो माओवादीको बनेको छ । त्यसलाई चेन्ज गर्नुपर्छ । हामिले जनताको पक्षमा काम गर्ने चिन्तनको विकास गर्नैपर्छ । त्यसलाई हामीले फेरी रिभाईज गर्नुउर्छ भन्ने चाहि हाम्रो अवधारणा छ ।

सरकारका अगाडि यस्ता चुनौती

अब हाम्रा जनतालाई अलिकति सान्तिसुरक्षा चाहिएको छ । अब गृहमन्त्रालयलाई फ्रिली काम गर्न दिने कि नदिने रु हाम्रो पक्षबाट परराष्ट्र मन्त्रालय छ, परराष्ट्र मन्त्रालय कांग्रेसको च्यालेन्ज पनि हो । कांग्रेसको राजनीति रुपले अलिकति दक्ष, अलिकति पश्चिम ढल्किदै छ, अब हामी चाहन्छौँ उत्तर र दक्षिणलाई चाही सन्तुलनमा राख्नुपर्छ भन्ने हाम्रो नीति छ । अब यदि कांग्रेस दक्ष र पश्चिमतिर ढल्क्यो भने हाम्रो विदेश मन्त्रालायलाई , हामी पुलिस प्रशासनलाई हाम्रो नेतृत्व अनुसार गृहमन्त्रीले पनि अफिसरहरुको मात्र होइन, त्यहाँका सिपाहीहरुको अवस्थाको बारेमा उनिहरुलाई प्राथमिक्तामा राखेर हामीले काम सुरु गर्नुपर्छ । उनका समस्याहरु बुझेर हामी काम सुरु गर्छौ, हाम्रो प्राथमिक्तमा अफिसहरु पनि छन, हाम्रो प्राथमिकतामा सिपाही पनि छन र हाम्रो मन्त्रालय भैरहेको बेलामा हामीले एउटा सेफ भ्याली बनाउन चाहान्छौँ तीनवटा इलेक्सनलाई हामी यो पहिलो पटकको इलेक्सन भन्दा पनि प्रतिपक्षले जे आरोप लगाएका छन त्यो आरोप नलाउने गरेर हामीले शान्ती सुरक्षा कायम गर्न चाहान्छौ । अब यसमा नेपाली कांग्रेस अलि सत्तावादी चिन्तन, अलि अधिनायकवादी चिन्तन भएको कारणले गदा उनिहरुको यहाँ हस्तक्षेप हुनसक्छ, हाम्रा मन्त्रालयमा प्राइमिनिस्टरको तर्फबाट हस्तक्षेप हुन सक्छ, हाम्रा जनपक्षिय कामहरुमा हस्तक्षेप हुनसक्छ, कहि हाम्रो ढ्वाङ्ग नपुगेर हुनसक्छ र कैयौँ उनीहरको यो चाहि टर्चरको विषय हुनसक्छ, राजनीतिक टर्चर हुने हामी त्यति देख्दैनौँ तर मन्त्रालयले स्वतन्त्रता पूर्वक जसरी कमरेड प्रचण्डले स्वतन्त्र रुपमा काम गर्ने वातावरण दिनुभयो । कुनै प्रेसर नगरिकन उनीहरुको एउटा श्रृजनात्मक रुपले काम गर्न दिने अवसर प्राप्त भयो ।

सरकारमा सहभागि नेताहरुलाई सुझाव

हाम्रो पार्टीको हेडक्वार्टरकै बैठकमा यो भन्दा अगाडिका कमरेड प्रचण्डको नेतृत्वमा भएको हाम्रो पार्टीका तर्फबाट गएका अधिकांश मन्त्रीहरुप्रति पार्टीका कार्यकर्ताहरुको, पार्टीका शुभचिन्तकहरुका, शहिद परिवारको, बेपत्ता परिवारको, बहिर्गमनमा परेका लडाकुहरुको, जनमुक्ति सेनाका घाइते अपाङ्गहरुको चाहि ठूलो गुनासो छ । सबैले राम्रो काम गर्न सकेनन तिनिहरु पार्टीका मन्त्री हुन कि अथवा बाहिराबाट ल्याएका मन्त्रीहरु हुन भन्ने खालको पनि एउटा असन्तुष्टि ब्यक्त गरेका छन । यो पटकको मन्त्रीमा जाने साथिहरु, उपप्रधानमन्त्री कृष्णबहादुर महरादेखि लिएर सबै मन्त्रीहरुले हिजोका पाठ र जनताको असन्तुष्टिलार्ई केन्द्रमा राखेर पार्टीलाई, जनतालार्ई र राष्ट्रलाई भलो हुने काम गरुन भन्ने मेरो सुझाव छ । म सिंगो युवाहरुको फ्याक्सन ईन्चार्ज भएको हैसियतले युवाहरुलाई केन्द्रमा राखेर अहिलेका मन्त्रीमण्डलमा काम भएको छैन, तिनिहरुलाई केन्द्रमा राखिएको छैन, त्यो काममा सरकार केन्द्रीत हुनुपर्छ भन्ने सल्लाह पनि दिन चाहन्छु । यदि यो पटकका मन्त्रीमण्डलहरुले युवाहरुलाई केन्द्रमा, पार्टीहरुलाई केन्द्रमा राखेर काम गरेन्न भने, राम्रो काम गर्नु भएन भने पार्टीको तर्फबाट, मेरो आफ्नो तर्फबाट त्यसको म भण्डाफोर गर्छु, त्यो भण्डाफोर गर्ने राइट छ र हामीले सर्बहारा साँस्कृतिक क्रान्तिको सिद्धान्तलाई पच्याउदै अघि बढ्नुपर्छ ।

(लेखक थापा माओवादी केन्द्रका नेता तथा युवा फ्याक्सन इन्चार्ज समेत हुन । उनी विभिन्न लेखहरुमा समेत कलम चलाउने गर्छन ।)

LOADING...