गायन क्षेत्रमा उदाउँदै ‘प्रवेश’: लोकप्रिय बन्दै ‘चुलबुले मन’

म्युजिक भिडियो चाडै ल्याउने तयारी

सोलुखुम्बु । पूर्वेली नव गायक प्रवेश राईले चुलबुले तिम्रो मन बोलको गीतबाट आफ्नो साँगीतीक यात्राको शुरुवात गरेका छन । सोलुखुम्बुको नेचामा जन्मिएका नवगायक राइको चुलबुले चुलबुले तिम्रो मन यतिबेला युवा पुस्तामा लोकप्रिय बन्दै गएको छ ।

ईन्द्र बुडाथोकीको शब्द सिर्जना र बुद्ध सयमिको संगीत रहेको उक्त गीतमा गायक प्रवेश राई र गायिका संगीता रायमाझीले युगल आवाज दिएका छन ।

राई र रायमाझीको युगल स्वरमा बनेको उक्त गीतको म्युजिक भिडियोको निमार्ण समेत भैरहेको गायक राईले हरपल नेपाल डटकमसँग बताएका छन । निकै मेहनेत गरेर गीतको शब्द तथा भावलाई भिडियोमा उतार्ने काम भएको उनको भनाई रहेको छ ।

पछिल्लो समयमा नव गायक, गायिकाहरु उदाउँदै गर्दा उनको गीतले भने छोटो समयमै चर्चा बटुलेको देखिन्छ । उनको अडियो गीत विभिन्न सञ्चारमाध्यमहरु रेडियो, मोवाईलहरुबाट समेत प्रसारण भैरहेको पाइन्छ ।

नव गायक राईले आफुलाई उक्त गीतले गायन क्षेत्रमा नयाँ परिचय दिएको र श्रोताहरुको माया, सकारात्मक प्रेरेणा प्राप्त भएको भन्दै गायन क्षेत्रमा अझै जमेर लाग्ने बताएका छन । उनले चुलबुले चुलबुले बोलको पहिलो गीत सफलतातिर बढेको समेत दाबी गरे ।