निखिलको कमिटमेन्ट ६० आवर्सको छायाँकन हुदैँः २० प्रतिशत काम सम्पन्न (सुटिङ् रिपोर्टसहित)

फिल्मको सुटिङ नेपाल, भारत, थाइल्याण्ड, सिंगापुर र अमेरिकामा पनि हुने

काठमाडौं । नेपाली चलचित्र जगतका एक्सन नायक निखिल उप्रेतीले लामो समयको अन्तरालमा आफ्नै निर्देशनमा ‘कमिटमेन्ट ६० आवर्स’ मूभिको छायांकन गरिरहेका छन । उप्रेतीले निर्देशन गरेको पहिलो चलचित्र भैरवको सफलतापछि करिब दुई बर्षको अन्तरालमा पुनः आफ्नै निर्देशनमा उक्त चलचित्र निर्माण गर्न लागेका हुन् ।

घाम पानी र रात दिन नभनी फिल्म निर्माण युनिट यतिबेला मेहनत साथ छायाँकंनको काममा जुटिरहेको छ । वालाजु स्थित औद्योगिक क्षेत्रमा (फिल्मको सुटिङ स्थलमा) शनिबार हरपल नेपाल टिम पुगेर केहि भिडियो सामाग्रीहरु लिएको छ । उनले बनाउन लागेको चलचित्र कमिटमेन्ट ६० आवर्सको सुटिङरग रिपोर्ट निर्माताको अनुमती अनुसार हामीले यहाँ प्रस्तुत गरेका छौ ।

निखिलले चलचित्र कमिटमेन्ट ६० आवर्समा शिवानी लुइटेललाई मुख्य नायिकाको भुमिकामा उभ्याएका छन । शिवानी नाताले निखिलको साली हुन । अर्थात निखिलकी दोश्री श्रीमती संचिता लुइटेलकी बहिनी । शिवानी पहिलो पटक यस चलचित्रबाट नायिकाको भुमिकामा दर्शक माझ आउँदैछिन । उनको अभिनयलाई दर्शकले कति मन पराउँछन त्यो भने हेर्न बाँकी नै छ ।

‘नेपालको एउटा व्यक्तिले कथाको एक पात्रलाई मुम्बईबाट रेस्क्यु गरेर नेपालमै फर्काउनका लागि सिस्टी आवर्सको कमिटमेन्ट गरेको हुन्छ । फिल्मको कथावस्तुले माग गरे अनुसार हिन्दी भाषा र भारतीय कलाकारहरु समेत राखिएको छ’–निखिलले हरपल नेपाललाई बताए ।

फिल्ममा भारतीय चर्चित कलाकारहरु रंजित सायदी सिद्धि, अनन्त जाँग, अलि जापंड, लांन्डे लगाएतको भुमिका रहेको बताए । फिल्मको सुटिङ नेपाल, भारत, थाइल्याण्ड, सिंगापुर र अमेरिकामा हुने उनले बताएका छन ।

चलचित्र एक्सन प्रधान रहेको उनले बताएका छन । उनले धेरैपछि नेपाली दर्शकले फरक शैलीको एक्सन मुभि हेर्न पाउने भन्दै फिल्मको २० प्रतिशत सुटिङको काम सकिएको समेत बताए । बाँकी सुटिङ स्पोर्टबाट खिचिएको भिडियो सामाग्रीमा हेर्नुहोस्, कस्तो बन्दैछ त निखिलको कमिटमेन्ट ६० आवर्स ?

LOADING...