‘क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको बैठक र पार्टी एकताको वहस’

‘चुनावलाई क्रान्तिकारी उपयोग गर्न सफल भएको निष्कर्ष’

हर्क बहादुर शाही

हामीले विगतमा चुनावलाई बहिस्कारको नीति लिएपनि पछिल्लो फेजमा स्थानीय तहमा जनताको ब्यापक सहभागिता हुने भएकाले हामी चुनावलाई सधैँ बहिस्कार पनि गर्दैनौँ, सधैँ उपयोगको नीति पनि लिएका छैनौँ । हाम्रो पार्टीले विगतमा पनि यो अनुभव गर्दै आएको छ । हामीले चुनावको लागि अलि अगाडि प्रचार गर्न सकेनौँ र धेरै ठीलो गरेर चुनावलाई उपयोग गर्ने अथवा स्थानीय तहको चुनावलाई क्रान्तिकारी उपयोग भनेर हामीले त्यहाँ भाग लियौँ, भाग लिएपछि सरकारको पक्षबाट चुनावी बाटो बनेन । हामीलाई चुनाव चिन्ह पनि दिएन । हामीले पहिला चुनाव बहिस्कार गरेको हुनाले फोटोसहितको मतदाता नामावली बनाउने पनि हामीलाई अवसर मिलेन । त्यसैले गर्दा पनि हाम्रा साथिहरु त्यस्तो अप्ठ्यारो गाह्रो हुँदा पनि जम्मा चार दिनको चुनाव चिन्ह रोजेर चुनावमा भाग लिए । हाम्रा साथिहरुले चुनाव हार्ने वा जसरी पनि चुनव जित्ने भनेर चुनावमा गएका थिएनन, हाम्रो नीति त्यो थिएन । क्रान्तिकारी उपयोग भनेको त्यो पैसा बाडेर्, राँगा काटेर, बोका काटेर, रक्सि खुवाएर चुनाव जित्ने हाम्रो नीति होइन । हाम्रो अहिले क्रान्तिको अवस्था त्यसो नभएको हुँदा हाम्रा पक्षका जो जनताहरु थिए, तीनलाई हामीले संगठित गर्न क्रान्तिलाई अझ संगठित गर्न, चुनावमा भाग लिएका हौँ । साथिहरुले त्यस्तो कठिनाइको बावजुद पनि चुनावमा भाग लिनु भयो र एउटा मनोबलका हिसाबले र नीतिगत हिसाबले निकै इमान्दार हुनुहुन्छ भनेर प्रामाणित गरिदिए । थोरै भोट आए पनि हाम्रा साथिहरु देशब्यापि रुपले जनताको सामु जाने अवसरको उपयोग गरे । त्यसैले हामिले यसलाई सकारात्क रुपमा लिएका छौँ, उपलब्धिका रुपमा लिएका छौँ ।

पार्टीको अहिलेको स्थानीय निर्वाचनलाई हामीले समग्र देश भरीको रिपोर्टिङ गर्ने साथिहरुले काम गर्नुभयो, त्यसमा लगभग देशैभरी अब कतिपय ठाउँमा साथिहरुले केहि कम्जोरी गरेको पनि देखियो, अब त्यस्ता साथिहरुलाई हामीले स्पस्टिकरण लिने भन्ने पनि कुरा छ । अर्को कुरा देशैभरीबाट जो मैले अघि पनि भनिसके, साथिहरुले आफुले चुनाव जित्ने ग्यारेण्टि नभएको बेला पनि पार्टीको नीतिलाई मानेर जो भाग लिनु भयो, यो साह्रै सकारात्मक र उहाँहरु पार्टीप्रति कटिबद्ध हुन्छ भन्ने हाम्रो पार्टीलाई एउटा विश्वास प्राप्त गराउनु भयो । त्यसमा हामीले आफ्नो कार्यक्रमबाट सफल भयौँ भन्न मुल्याङ्कन गर्यौँ । अब पछिल्लो फेजमा नेपाली समाजको स्वरुपको बारेमा हामीले सबै कुरा बिश्लेषण गयौँ । हाम्रो तीनवटा दस्तावेज आएका छन । पहिलो नेपाली समाजको स्वरुप, दाश्रो राजनीतिक दस्तावेज र अर्को तेश्रो चाहि विधानको बारेमा हामीले, त्यो तीनवटा कुरा ल्यायौँ । त्यसमा हामीले आउने असोजको अन्तिमतिर राष्ट्रिय भेला पनि गर्ने भनेका छौँ, राष्ट्रिय अधिवेशन गर्ने भनेका छौँ । पार्टीको त्यसमा ब्यापक रुपमा तलैसम्म बहस, छलफल गरेर जनतालाई भेला गराएर असोजमा राष्ट्रिय भेला गर्नेे नीति लिएका छौ । र अहिले अब हाम्रो १४ वटा प्रदेश हुने कुरामा पुगेका छौ । हामीले यो सरकार जहाँ जान्छ, शत्रुको जहाँ गढ हुन्छ त्यहाँ जानुपर्छ, हामी त्यहाँ केन्द्रित हुनुपर्छ,े त्यहाँबाटै आन्दोलनलाई उठाउनुपर्छ भन्ने उद्देश्य लिएर सातैवटा प्रदेशको संरचनामा पार्टीलाई ढालेका छौं । त्यसमा एउटा विदेश विभाग थपेर हामीले ८ वटा प्रदेशको संरचना बनाएका छौ । क्रान्ति भनेको त्यो सिको हुदैन, रुसको जस्तै चीनमा भएन, चीनको जस्तै अरु देशमा भएन नेपाली समाजलाई बुझेर, नेपाली समाजको मनोभावनालाई बुझेर, नेपाली समाजको आर्थिक, राजनीतिक, साँस्कृतिक कुरालाई बुझेर हामीले क्रान्तिलाई अब अगाडि बढाउने भन्ने नीति लिएका छौँ, हाम्रो नेपाली स्वरुपको जनबिद्राह गर्ने नीति लिएका छौँ । अहिले पार्टीले यहि कुरालाई केन्द्रमा रोखेको छ ।

पार्टीको बैठकमा एकताको विषयमा भएको छलफल र निर्णय

हामीले एकताको विषयमा पनि छलफल गर्यौँ । नेपालको कम्युनिष्ट आन्दोलन र अन्तर्राष्ट्रि कम्युनिष्ट आन्दोलनको वस्तुगत स्थिति तयार हुँदाहुँदै पनि अब आत्मागत स्थिति कम्जोर भएको कुरा हामीले पहिलादेखि नै गर्दै आएका छौँ, अहिले पनि त्यहि नै यथावत छ । अर्को सन्दर्भमा देशभित्र अब क्रान्तिकारीहरु एकिकरण र ध्रुबिकरण हुनुपर्छ भन्ने कुरालाई जोड दिएका छौँ र त्यस सन्दर्भमा अब कस्तोसँग एकता गर्ने भन्ने हाम्रो कुरा आएको छ । अहिले अब पछिल्लो फेजमा माओवादी जो केन्द्र छ, त्यो प्रतिक्रियावादी उन्मुख भएको हाम्रो पहिला जुन विश्लेषण थियो । अहिले चाहि प्रतिक्रियावादसँग साठगाँठ गरि सक्यो, प्रतिक्रियावादको पनि उ प्रमुख भैसकेको भन्ने दृष्टिले माओवादी केन्द,्र कांग्रेस, एमालेजस्तोसँग हाम्रो सम्बन्ध नरहने भयो, हाम्रो मित्र शक्ति रहेन । अरु शक्तिसँग जो संसदवादमा अब मन्त्री उपप्रधानमन्त्री भएका छैनन, जो अब सरकार बिरोधी छन, साम्राज्यवाद बिरोधी छन, विस्तारवाद विरोधी छन, तिनी शक्तिहरुसँग हामीले एकिकरण र ध्रुबिकरण गरेर जाने कुरामा राम्रो छलफल भएको छ । अब ठ्क्कै भन्नुपर्दाखेरी विप्लाव जिहरुसँग पनि छलफल गर्ने हामिले सोच बनाएका छौँ, त्यस्तै रोहितहरुसँग पनि । उनिहरुको अब कार्यदिशा त फरक छ, कार्यनीति फरक छ यसको विषयमा पनि छलफल गरेर, मिल्न सक्ने कुराहरुमा मिलाउने र अरुसँग पनि कार्यगत एकता गरेर जाने भन्ने हामीले अहिले नीति तय गरेका छौँ । जो संसदवादी छन, जो विचार धाराका हिसाबले माओवाद, लेलिनवाद, माक्सवाद मान्नेहरुसँग एकिकरण गर्ने हाम्रो कुरा छ । हामीले यो ७ वटा बुँदामा यसलाई परिभाषित गरिसकेका छौँ शर्तका हिसाबले ।

विधानमा थपिएका विषयहरु

विधानको कुरामा प्रदेशको संरचनाबद्ध रुपमा जाने भयो । प्रदेश समितिहरु बन्ने भए, अरु त अब कुलिन बर्गबाट आएका अथवा उच्च बर्गबाट आएकोलाई पार्टी सदस्यहरुलाई एक बर्षसम्म परिक्षणकालमा राख्ने, एउटा तल्लो बर्ग जो मजदुर, किसान, उत्पिडित बर्गबाट आएकोलाई ६ महिनामा को परिक्षणकाल पछि पार्टी सदस्यता दिने नीति बनायौं । अहिले पार्टीको खुल्ला मोर्चा देशभक्त गाण्तान्त्रिक मोर्चालाई ब्यापक बनाउने, अरु जबस मोर्चाहरुलाई पनि पार्टीका तीन जादुगर हतियालाई अझ मजबुत बनाएर जाने र युवा पुस्तालाई पनि मजबुत बनाउने भन्ने अहिले पार्छील्लो नीति अबलम्बन गरेका छौ ।

(शाही क्रान्तिकारी माओवादीका सचिवालय सदस्य तथा प्रदेस नम्बर ६ का संयोजक हुन । उनी माओवादी आन्दोलनका पुराना र बौद्धिक स्तरका नेताका रुपमा चिनिन्छन )