update: जिप दुर्घटनाबाट वाग्लुङ्गमा सवारी चालकसहित ४ को मृत्युः ६ घाइते

घाइतेलाई काठमाडौं पठाउने तयारीः तीनको अवस्था गम्भिर

वाग्लुङ्ग । वाग्लुङ्गको जलजलावाट खर्वाङतर्फ आउँदै गरेको यात्रु वाहक जिप दुर्घटना हुदाँ सवारी चालकसहित चार जनाको मृत्यु भएको छ भने ६ जना गम्भिर घाइते भएका छन। घाइतेहरुलाई उपचारका लागि काठमाडौं पठाउने तयारी गरिरहेको प्रहरीले बताएको छ ।

गाडिको ब्रेक फेल भएपछि नियन्त्रण बाहिर जादा उक्त जिप दुर्घना भएको प्रहरीले अनुमान गरेको छ । घटना भएको स्थान निकै भिरालो भएकालेसवारी साधनलाई भिरालोमा चढाउदा ओत लगाउन राखिएको ढुँगा नाघेर गाडि नियन्त्रण बाहिर गएको र रोडबाट करिब सात सय मिटर जतितल खसेको प्रहरीले हरपल नेपालसँगको कुराकानीमा बताएको छ ।

जिल्ला प्रहरी कार्यालय वाग्लुङ्गका अनुसार आज दिउँसो ध १ ज १८४ नम्वरको यात्रुवाहक पीकअप जीप बडीगाड गाउपालिका वडा नं ४ सँगै जोडिएको वादिप भन्ने स्थानमा सो दुर्घटना भएको हो । दुर्घटनाबाट घाईते भएका मध्ये तीनको अवस्था अत्यन्त गम्भिर रहेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परि मृत्यूहुनेहरुमा वडीगाड गाउँपालिका वडा नं ४ जलजलाका हुमेन काउचा, बडिगाड गाउँपालिका वडा नं ८ का मुक्त पाइजा, नर वहादुर शेर्वुजा र गाडिचालक वडिगाड ४ जलजलाका तुल वहादुर पुन रहेका छन् ।

दुर्घटनाबाट वडीगाड गाउँपालिका वडा नं ८ कै बालमति पाइजा, दिनेश पाईजा, र वडिगाड ५ सिमाकका भिम वहादुर श्रीस घाइते भएका छन् भने बडीगाड वडा नं ८ रणसिंहका भिम वहादुर शेर्वुजा, टेक वहादुर पाइजा र दिपशिखा पाइजाको अवस्था अत्यन्त गम्भिर रहेको बताइएको छ । उनीहरुलाई उपचारका लागि काठमाडौं लग्ने तयारी भैरहेको छ ।