दरबार हत्याकाण्डाको सनसनीपूर्ण रहस्य खुल्योः भिडियोमा हेर्नुहोस्, भारतीय डिजाईनमा बाबुरामको संलग्नता

मदन भण्डारी र विरेन्द्रको वंशनाशमा एउटै शक्ति केन्द्रको हातः विस्तृतमा हेनुहोस्

(सिन्धुलीको डाडिगुरासे गा.वि.स वडा नं. ७ मा जन्मिएका ३१ बर्षिय युवा हुन्, युवराज पौडेंल ‘सफल’ । समाजिक रुपान्तरण र राजनीतिमा सक्रिय छन उनी । राजनीतिको विभिन्न विषयमा ब्याख्या विश्लेषण समेत गर्दछन । २०५४ सालमा अमिक शेरचनले नेतृत्व गरेको जनमोर्चा पार्टी निकटको विद्यार्थि संगठनबाट राजनीतिमा प्रवेश गरेका युवराज २०५७ मा पुग्दा माओवादीले संञ्चालन गरेको जनपुद्धमा समेतमा सामावेश भएको बताउँछन । माओवादी आन्दोलन भित्रको कथा, ब्याथा र आन्दोलन भित्र आफुले देखेको अवस्थाको विषयमा आफुले अध्ययन गरेको उनी बताउँछन । २०६४ मा माओवादी शान्ति प्रकृयामा आयो, पार्टीसँग आफ्नो मतमा विभाजन भएको आफ्नो एजेण्डाहरु फरक भएको भन्दै उनले माओवादी पार्टीसँग सम्बन्ध बिच्छेद गरेर आफ्नै नेतृत्वमा नेपाल गणतान्त्रिक जनता पार्टीको गठन गरे, जुन २०६९ सालमा निर्वाचन आयोगमा दर्ता समेत भयो । मोहन बैद्य किरणले नेतेत्व गरेको तत्कालीन माओवादीसँग मिलेर ३३ दलिय मोर्चाले दोश्रो चरणको संविधान सभा निर्वाचनको बहिष्कार गर्दा उनको पार्टी पनि त्यसमा सामेल थियो । बहिष्कार आन्दोलनको क्रममा उनी पक्राउ समेत परें । उनले अहिले नेपाल रक्षा दल नामक एक राजनीतिक समूहको नेतृत्व गरिरहेका छन । उनले ठूला राजनीतिक दलका नेतृत्वहरु बाहिरि शक्ति केन्द्रबाट परिचालित भएको गम्भिर आरोप लगाएका छन । अहिलेसम्म रहस्यमय रहेको दरबार हत्या काण्डको ग्राइन्ड डिजाइनको विषयमा समेत उनले आफ्नो पेचिलो तर्क प्रस्तुत गरेका छन । प्रस्तुत छ उहाँसगको हरपल संवादः–)

LOADING...
  • जनमोर्चादेखि राजनीति सिक्दै माओवादी आन्दोलनमा लाग्नु भयो र अहिले नेपाल रक्ष दलको नेतृत्व गरिरहनु भएको छ, त्यो के हो त्यो रक्षा दल ?

– धन्यबाद । सर्बप्रथम तपाईको अनलाइनमा बोल्ने मौका दिनुभयो त्यसको लागि म यहाँहरुलाई धेरै धन्यबाद दिन चाहान्छु । अहिले पछिल्लो समयमा नेपाली राजनीतिमा बिभिन्न राजनीतिक पार्टीहरु छन, ति राजनीतिक पार्टीहरुले आ–आफ्नै विचार, सिद्धान्त र कार्यनीतिलाई अगाडि बढाएका छन । कता, कता राष्ट्रिय चिन्तनका विषयहरु ओझेलमा परेका छन । नेपालको राष्ट्रिय झण्डा यतिखेर झुकिरहेको छ, राष्ट्रिय चिन्तनका विषयहरुलाई उठाउन सकिरहेका छैनौँ । त्यसैले पार्टीगत स्वार्थ भन्दामाथि उठेर राष्ट्रिय राजनीतिमा राष्ट्रियता, राष्ट्रिय स्वाधिनता लगाएतका विषयहरुलाई उठाउँदै नेपालको झण्डालाई उठाउने र नेपाल र नेपालीलाई समृद्ध बनाउने, नेपालको गुमेका भुÞ–भागहरु फिर्ता गर्ने देखि लिएर विशाल नेपाल कायम गर्ने । यी विविध विषयहरुलाई उठाउन र समग्रमा नेपालको राष्ट्र, राष्ट्रियताको रक्षा गर्नको लागि नेपाल रक्षा दलको स्थापना गरेका हौँ । यो देश बनाउँने अभियान हो, वैकल्पिक राष्ट्र निमार्णको शक्ति हो ।

  • रक्षा दलको रणनीति, कार्यनीतिको विषयमा कुरा गरौं, अनि तपाईहरुलाई धर्म र राजसंस्थाको ट्याग पनि लाग्ने गरेको छ नि ?

-विशेष गरी ‘नेपाल र नेपालीको बल, नेपाल रक्षा दल’ भन्ने नारालाई हामीले अघि सारेका छौँ । त्यसैले पहिला नेपाली जनताहरु मिलेर नेपालको रक्षा गर्नुपर्दछ । त्यसमा नेपाल रक्षा भनेपछि, यहाँका धर्म, साँस्कृति, रहन सहन, भेषभुषा, यहाँका परम्परा, आर्थिक समृद्धि र विकास लागाएतको विषयहरु पर्दछन । नेपालको रक्षा गर्ने कार्यनीतिलाई अगडि सार्छौ र विशेषतः नेपालतन्त्र र नेपालवादलाई उजागर गरेर यसैमार्फत समृद्ध नेपाल बनाउनपर्छ भन्ने हाम्रो धारणा रहेको छ । यसमा कस्ले के ट्याग लगाउछ त्यो अरुको कुरा हो ।

  • सफल जि, केही समय पहिले तपाईले नेकपा माओवादी केन्द्रेको पाार्टीका नेतृत्वलाई संकेत गरेर गोलि हान्नुपर्ने भन्ने बोल्नु भएको थियो, त्यो समाचार विभिन्न सञ्चारमाध्यममा आएका थिए, हिजो कार्यकर्ताको लेबलमा बसेर काम गरेको मान्छे तपाईले त्यस्तो किन भन्नु भयो ? उहाँहरुप्रति तपाईको असन्तुष्टि के ?

-त्यतिखेर खासमा मैले रिपोर्टर्स क्लबको एउटा विशेष कार्यक्रममा जुन राजनीतिक पार्टीहरु एमाले, कांगे्रस र माओवादी केन्द्रले जुन अत्यचार गरे, जुन राजनीतिक सिन्डिकेट कायम गरे, त्यो सिन्डिकेट गरेको बिरुद्धमा मैले मन्तब्य दिँदा, म अलिकति आक्रोशित पनि भएको थिए र मैले गोलि हान्छु भन्दा पनि तिमिहरु सुध्रेनौँ भने नेपाली जनताहरुले नै गोलि हान्न सक्छन भनेर मैले भनेको थिए । मैले खासमा मिडियाले चाहि मैले नै हान्छु भने जस्तो गर्यो तर समग्रमा मैले उनीहरुलाई सच्याउन भनेर जनताले छोड्दैनन् भन्ने भावले खबरदारी गर्न खोजेको मात्रै हो । माओवादी पहिलो संविधान सभाको निर्वाचनमा माओवादी पहिलो स्थानमा रहेका थियो, दाश्रोमा आउँदाखेरी तेश्रो शक्ति बन्यो अझै यदि राप्रपाले हिन्दु राष्ट्र र राजतन्त्रका एजेण्डालाई नछोडेको भएदेखि राप्रपा चाहि तेश्रो नम्बरमा र माओवादी चौथो नम्बरमा आउथ्यो, त्यसैले गर्दा जनताकाबीचमा लोकप्रिय भएको छ, राम्रो काम गरिरहेको छ भन्ने कुरा समग्रमा त्यो झुठ हो । नेपाली राजनीतिमा नेकपा एमाले, नेपली कांग्रेस र माओवादी केन्द्र जस्ता राजनीतिक पार्टीहरुले जनताहरुलाई छलछाम गरेका छन, उनीहरुलाई विदेशी षड्यन्त्रमा पश्चिमाहरुले करोडौ डलरहरु दिएका छन । त्यो डलरको प्रलोभनमा परेर उनीहरु पनि पछि लागेका छन, यो कार्य नेपाल र नेपाली जनताको लागि दुर्भाग्य हो । त्यसैले गर्दाखेरी सबै राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिहरुले आफ्ना श्रोत, साधन दोहन गरेर ठूला पार्टीहरु मै हुँ भनेपनि, अब ढिलो चाँडो नेपाली जनताले सबै  बुझ्दैछन ।

  • ३१ बर्षको युवा ठिटो राजनीतिमा सक्रिय अझै आफ्नै नेतृत्वमा पार्टी चलाउँदै, भन्नुस त कति गारो हुदोरहेछ ? तर पनि तपाईको पार्टी संगठन फैलाएको देखिन्न, किन ?

-अब नेतृत्व गरेको छु, सफल भएको छैन भन्ने कुरा होइन । एउटा व्यक्तिले पहल गरेर रष्ट्रिय राजनीति पार्टी दर्ता गर्नु यो चानचुने कुरा होइन । त्यसैले गर्दाखेरी हाम्रो राजनीति सफल भएको छ, हाम्रा विचारहरु, हाम्रा सिद्धान्तहरु बिस्तारै हामीहरुले फैलाउदै गैराखेका छौँ, किन भने ठूला पार्टीहरुलाई अन्तर्राष्ट्रिय स्तरबाट समर्थन छ, अरबौँ रुपैयाँ डलरहरु आउँछ उनीहरु यो देशको श्रोत साधनलाई दोहन गरेर आफ्ना राजनीतिक स्वार्थहरुमा लागेका छन । त्यो भएर उनीहरु माथि उठेका छन, तर हामीले कुनै विदेशी सपोर्ट लिएका छैनौँ । हामी लिदा पनि लिदैनौँ र हामी आफ्नै बलमा कार्य गरिरहेका छौँ । त्यसैले पनि हामीलाई चुनौती विल्कुल छ । तर ढिलै भए पनि आफ्नो विचार जित गराउने छौँ, आफ्नो नेतृत्व स्थापित गराउने छौँ । आत्तिएर हुन्न, धैर्यतापूर्वक हामी अगाडि बढछौँ । त्यसो गर्याै भने हामी पक्कै जित्न सफल हुने छौँ ।

  • तपाईले माओवादी आन्दोलन भित्रको बिभाजनको कारणबारे अनौपचारिक कुरामा बोल्दै हुनुहुन्थ्यो, के थाहा छ तपाईलाई ?

-खासमा तत्कालिन नेकपा माओवादीको जुन पृष्ठभुमिमा गठन भएको थियो, त्यो पृष्ठभुमिलाई हेर्नु भयो भने तत्कालिन माओवादीको गठन भारतमा गरिएको देखिन्छ । भारतमा कसरी गरियो भन्दाखेरी पश्चिमा र भारतीय संस्थापन पक्ष रअको डिजाइनमा त्यो माओवादी गठन भएको थियो । माओवादी भित्रमा पनि स्पष्ट रुपमा दुई वटा धार देखा पर्नुले त्यसको केही प्रभाण दिन्छ, एउटा धारको नेतृत्व डा.बाबुराम भट्टराईले गर्नुहुन्थ्यो, उहाँको लाइन भनेको शान्ति र संविधान थियो । अर्को धारको नेतृत्व मोहन बैद्य किरणले गर्नु हुन्थ्यो, उहाँले क्रान्तिमा जोड दिनुहुन्थ्यो । प्रचण्डले जहिले पनि बाबुराम र बैद्यलाई उपयोग गरेर आफ्नो राजनीति गर्नु भयो । एकातिरबाट डाक्टरको औषधि ल्याउने, अर्को तिर बैद्यबाट बुद्धिको औषधि ल्याउने र त्यसलाई घोलेर उहाँले त्यहिबाट राजनीति गर्नुहुन्थ्यो । तत्कालिन माओवादीका अध्यक्ष प्रचण्डमा कुनै पनि त्यस्तो भिजन थिएन, कनै विचार थिएन, कुनै सिद्धान्त पनि थिएन, उहाँ अरुले बनाएको विचार सिद्धान्तलाई मिलाएर आफु अगाडि बढ्नु भयो त्यो सबैलाई थाहा छ । तसर्थ त्यहि कारणले गर्दाखेरी माओवादीभित्र बिभाजन आयो, जस्तो चुनवाङ बैठकमा डा. बाबुराम भट्टराईले शान्ति र संविधानको प्रस्ताव राख्नु भयो, त्यही चुनवाङ बैठकको बेलामा मोहन बैद्य र सिपि गजुरेललाई पक्राउ गरिएको थियो । त्यहाँ विप्लव जि एक्लै हुनु हुन्थ्यो, उहाँले सक्दो प्रचण्डको बिरुद्धमा आवाज उठाउनु भयो । तत्कालिन माओवादी भित्र प्रचण्डको बिरुद्धमा उफ्रन सक्ने हैसियत त्यो एउटा विप्लव जि सँग मात्रै थियो, त्यहि कारण विप्लव जि ले चाहेर पनि चुनवाङ बैठकमा केहि गर्न सक्नु भएन, उहाँलाई त्यो अवस्था नै दिएन । त्यसैले गर्दाखेरी माओवादी बिभाजन भएको हो । शान्ति र संविधानको कार्यदिशा एकातिर, एकातिर शसस्त्र जन बिद्रोहको कार्यदिशा, यहि कार्यदिशा नमिलेको र पश्चिमा संस्थापन पक्ष ‘रअ’ द्धारा परिचालित हुदाखेरी माओवादी आन्दोलन असफल भएको हो, बिभाजन भएको हो । मैले भन्ने गरेको छु, माओवादी आन्दोलन एउटा कुनै प्रोजेक्ट थियो । अस्थायी आएको प्रोजेक्ट थियो । त्यो १०, १५ बर्षको प्रोजेक्ट थियो त्यो प्रोजेक्ट अनुसार अगाडि बढेको हुँदाखेरी , प्रोजेक्टै सकिसकेपछि त माओवादी आन्दोलनमा रहन्छ भन्ने कुनै कुरै भएन । जबसम्म उसलाई पश्चिमाबाट डलर आइरहेको थियो । भारतीय संस्थापन पक्षले कम्तिमा ८,९ बर्ष माओवादीलाई पालेको थियो, पार्टी स्थापना त्यहि ठाउँमा भएको हो । हरिदावादमा बैठक भएको, सिक्किममा, पटनामा बैठक गरेको भनेर माओवादी नेता कार्यकर्ता साथिहरुले स्विकारेको हो । यसको कोर्स नै खत्तम भैसकेपछि त माओवादीको आन्दोलन तितर बितर हुने नै भयो नि ।

LOADING...
  • सफल जि, युरोपियन युनियन र रअ बाट माओवादी नेतृत्वहरु परिचालित भए त भन्नु भएन । प्रष्ट भन्नुस त, प्रचण्ड जि, विप्लव जि, बाबुराम जि, बैद्य जि, को चाहि को बाट परिचालित छन ? को कस्का एजेन्ट हुन ? त्यसको आधार के छ तपाईसँग,आरोप मात्रै हो तपाईको?

-मसँग यसको एथेष्ट प्रमाण छ, किन भने नेपाल अङ्ग्रज युद्धको बेलामा तपाईले हेर्नु भयो, यो खैरेहरु भनेका बडा डेनजर हुन्छन त्यतिखेर दक्षिणतिर तपाईको खैरेहरुको शासन थियो ब्रिटिसको उपनिवेश थियो, भारतले उनीहरुप्रति लक्षित गरी तिनिहरुलाई छिर्नै दिनु हुन्न भन्न हुन्थ्यो । त्यहि क्रममा सिन्धुली गढिको मोर्चामा जुन आक्रमण भयो । त्यो आक्रमणमा करिब १८०० भन्दा बढि अङ्ग्रेज फौजहरु मारिएका थिए । त्यो फौज मारि सकेपछि ब्रिटिस त्यतिखेरदेखि नै नेपालसँग रिसाएको थियो एउटा । अर्को भनेको त्यतिखेर कम्जोर राज्यहरुलाई बाइसे, त्याँइसे राज्यहरुले आक्रमण गरेर नेपाललाई कसरी कब्जा गर्ने र नेपाललाई कब्जा गरिसकेपछि चाइनासँग चाहि सम्बन्ध कसरी विसतार गर्ने र चाइनालाई चाहि कसरी कब्जा गर्ने भन्ने उनीहरुको रणनीति थियो । त्यो कार्यक्रम पृथ्वीनारायण शाहले असफल तुल्याई सकेपछि अनि बल्ल उनीहरुको दुश्मनि नेपालप्रति बढ्यो र उनीहरु त्यहि बदला लिन चाहन्थ्ये । फलस्वरुप उनीहरुले २००७ सालमा संविधान सभाको कुरा उठाए । संविधान सभाको कुरा उठ्दाखेरी तत्कालिन राजा महेन्द्रले, त्यतिखेर त्रिभुवनहरुले त्यो असफल बनाएपछि फेरी एमालेको जन्म गराइयो । एमालेबाट पनि त्यो सफल भएन र मदन भण्डारीको जो हत्या भैसकेपछि फेरी माओवादीको प्रचण्डलाई अघि सारेर रअ र पश्चिमाहरुकै एजेण्डा अनुसारै उनीहरुलाई उभ्याइयो । त्यतिखेर जनयुद्ध भयो । जनयुद्धमा पनि धर्मनिरपेक्षताको विषयमा पश्चिमाबाट आएको एउटा एजेण्डा हो, यो एउटा प्रमाण हो । त्यो बेलामा हिन्दुहरुलाई मार्ने, मन्दिरहरु भत्काउने काम गर्यो, कनै क्रिश्चियन, कुनै चर्चमा आक्रमण गरेको तपाईले सुन्नु भयो, त्यो त सुन्नु भएन नि । त्यसैले गर्दाखेरी मैले गरेको दावी मेरो तर्क यससँग चाहि मेल खान्छ । अर्को कुरा त्यतिखेर उनीहरुले ब्रिटिसको योजनामा संघियताका कुरा उठाए किन भने हिजो उनीहरुले बाइसे, चौबिसे राज्यलाई नै उथल पुथल बनाउन खोजेका थिए । बाइसे, चौबिसे कम्जो हुँदाखेरी नेपाललाई सिध्याउन सकिन्छ भन्ने धारणा थियो । त्यहि अन्तर्गत बाबुराम प्रचण्डहरुलाई परिचालन गरे यो एउटा ठूलो प्रमाण हो । अर्को कुरा अब विशेष गरी प्रचण्डलाई चाहि पश्चिमाहरुले उपयोग गरे र बाबुरामले भारतीय संस्थापन पक्ष रअको नजिक रहेर काम गरे । उनी आफै संविधान सभामा बसे, आफै सभापति भए विवाद समाधान समितिको, आफै संविधान बनाएपछि निस्केर हिड्नुको तात्पर्य के हो ? यसले गर्दाखेरी पनि माओवादी भित्र दुई वटा धार थियो भन्ने प्रष्ट देखिन्छ । त्यहि धारले गर्दाखेरी तपाईको चाहि अब पश्चिमाहरुको एजेण्डालाई पुरा गर्न प्रचण्ड अहिले पनि त्यो मिसनमा लागि रहेका छन । भोलि प्रचण्डले तानाशाहि भएर आफुलाई उलट पुलट गर्न सक्छ भन्ने डरले गर्दाखेरी, प्रचण्डलाई रोक्नका लागि बाबुरामको नयाँ शक्तिमा प्रवेश सुनियोजित रुपमा गरिएको थियो ।

  • तपाईको असन्तुष्टि बाबुराम र प्रचण्डसँग बढि देखियो अरु पनि पार्टी नि यहाँ ? माओवादीको नेतृत्वले एउटा व्यस्थापनको परिबर्त भएको छ, राज संस्थाको अन्त्य भएको छ , गणतन्त्रको स्थापना भएको छ । राजनीतिक रुपमा ठूलो परिबर्तन भएको छ, त्यो सत्य होइन ? असन्तुष्टि मात्रै किन तपाईको ?

-कांग्रेस, एमाले, राप्रपा भनेका नेपाली जनताहरुले उनीहरुलाई केहि पनि गर्दैनन् भनेर बुझिसकेका दलहरु हुन, तसर्थ म त्यतातिर गइन । माओवादी त्यस्तो शक्ति हो, जो शक्तिले संसारलाई कायापलट गर्छ, नेपाललाई समृद्ध बनाउछ भन्ने जनताको विश्वास थियो । त्यो विश्वासमाथि घात गर्ने काम नेताहरुबाट भयो । अन्तिममा विदेशी एजेण्डामा पुग्ने काम भयो । तपाई आफै भन्नुस नेपालमा माओवादीको डकुमेन्ट पल्टाएर हेर्दाखेरी कहाँ निर गणतन्त्रको कुरा उल्लेख थियो, कहाँ निर धर्मनिरपेक्षताको कुरा उल्लेख थियो ? माओवादीले तत्काल संविधान सभा, गोलमेल सम्मेलन र अन्तरिम सरकार । यि तीनवटा कुराको माग थियो नि । यि हुँदै नभएका कुराहरु कहाँबाट आए एक्कासी ? त्यसैले गर्दाखेरी जनताले बढि अपेक्षा गरेको बीसौँ हजारको बलिदान गरेर आउने, त्यत्रा मान्छेहरुलाई मारेर आएको पार्टी , त्यत्रो बलिदानबाट आएको शक्तिले देशलाई विदेशी शक्तिका एजेण्डा बोकेर हिड्ने छुट छैन भन्ने मेरो कुरा हो । त्यही असन्तुष्टि छ उहाँहरु प्रति ।

  • हैन, माओवादी आन्दोलनको माग नै गणतन्त्र, संघियता, धर्मनिरपेक्षता हो नि । त्यो त सबैले बुझेको कुरा हो, तपाई किन स्विकार गर्नुहुन्छ ? किन ?

माओवादी पार्टी तपाईलाई के लाग्छ ? माओवादी पार्टी निकै पछाडि मात्र गणतन्त्रवादी भएको हो । किन भने राजा बीरेन्द्रको पालामा पनि माओवादी नेतृत्वको उच्च तहबाटै कुराकानी भएको थियो । त्यतिखेर हामी राजतन्त्र मान्छौँ, हामीलाई प्रधानमन्त्री दिनुस र हामी दुई पक्ष एकदम सहमति गरेर अगाडि जाऔँ र कम्तिमा ५, १० बर्षदेखि २०, २५ बर्षसम्म हामी कम्प्रमाइज गरेर शासन चलाउँ, भनेर राजा बीरेन्द्रसँग छलफल भएको थियो । त्यहि कारण तपाईको त्यतिखेर माओवादी आन्दोलन चर्केको थिएन । यो कुरा जब सात दलले थाहा पाए, जब यो कुरा पश्चिमाहरुले थाहा पाए, जब भारतीय संस्थापन पक्ष रअले थाहा पायो । त्यसपछि रातारात यो कुरा असफल बनाइयो र विशेष गरी भारतीय संस्थापन पक्ष रअसँग निकट रहेका र पश्चिमाहरुको खेमामा चल्ने, त्यो डिजाइनमा चल्ने पात्रले चाहि अब प्रचण्ड अगाडि भढ्यो भने खत्तम नै पारिहाल्छ । त्यसबाट आफु ओझेलमा पर्छु भन्ने डरले त्यो सम्झौतालाई भाँडे, भाँडिसकेपछि लगत्तै दरबार हत्या काण्ड भयो, दरबार हत्या काण्ड भैसकेपछि तत्कालिन ज्ञानेन्द्रले पनि कुराकानी गरे, धिरेन्द्रसँग पनि माओवादीले कुरा गरेको भनेरे बिभिन्न लेखहरुमा आइरहेको छ । त्यसैले गर्दाखेरी यो कुरा असफल भयो । त्यसपछि मात्रै बल्ल माओवादी गणतन्त्रवादी भएको हो । हाइन भने माओवादी राजतन्त्र मानेर आफु प्रधानमन्त्री भएर जान चाहन्थ्यो, त्यतिखेर त्यो खुलासा पनि भएको थियो ।

LOADING...
  • तपाईले दरबार हत्या काण्डको पनि कुरा गर्नु भयो, यसको रहस्य के होला, कस्को हात होला ?

-मैले अघि पनि सन्दर्भ जोडे । नेपालमा विशेष गरी शाह वंशसँग तत्कालिन ब्रिटिसहरुलाई, अझ समग्रमा भन्दाखेरी पश्चिमाहरुलाई ठूलो आपत्ति थियो । हिजो उनीहरुको १८०० मान्छेहरु मारिएका थिए । त्यस्को बदलामा कम्तिमा १८,००० मान्छे नेपालमा मार्नुपर्छ भन्ने उनीहरुको योजना थियो । त्यहि अन्तर्गत माओवादी र चाइना त्यसपछि दरबार मिल्छ र अब चाहि यहाँ नेपालको विकास गर्छ भन्ने डर भैसकेपछि पश्चिमाहरुको डिजाइनमा केही भारतीय संस्थापन पक्षहरु समेतले त्यसको योजना बनाए । म उनीहरुलाई मात्रै दोष दिन चाहन्न, यहाँ हाम्रो घरेलु शक्ति जो छन । त्यतिखेरका हाम्रा राजनीतिक पार्टीहरु, सेनाका नेतृत्वहरु, त्यतिखेरका गुप्तचरहरु यि सबैको मिलेमत्तोमा दरबार हत्या काण्ड भएको थियो । यसको रहस्य यहि हो । तर आजसम्म छानविन हुन नसक्नु, नचाहानु यो चाहि दुर्भाग्को विषय हो । अहिलेसम्म दरबार हत्या काण्डको विषयमा धेरैले बोल्नु भएको छैन, कि डराएर बोल्नु भएन या थाहा नभएर बोल्नु भएन त्यो म जान्दिन । तर खासमा कुरा के हो भने जुन शक्ति नेपालमा एउटा अग्रगामि रुपमा अगाडि बढ्न लाग्यो, तत्कालिन दरबारले तपाईको चीनसँग हतियारको सम्झौता गर्यो, बीरेनद्रको नेतृत्वमा नेपाललाई शान्ति क्षेत्र कायम गर्न राजा बीरेन्द्रले जुन पहल गर्नु भएको थियो र चीनसँग हातेमालो गरेर जान्छ भन्ने र प्रचण्डसँग मिलेर अगाडि जान्छ भनिसके पछाडि त्यसलाई बिफल पार्नको लागि तत्कालिन माओवादी भित्रका पक्ष, अर्को नेपालमा परिबर्तन नचाहाने तत्व, विशेष गरी पश्चिममाहरुको डिजाइन एडभल्भ गरियो । यसमा पात्रहरु भन्नुपर्दाखेरी तत्कालिन सेनाको नेतृत्व जो थियो उहाँको नाम मैले बिर्सिए अहिले, एकजना राणा हुनुहन्थ्यो । त्यसैगरी प्रचण्ड अगाडि बढ्छन दरबारसँग सम्झौता गर्छन भन्ने डरले डा.बाबुराम भट्टराईको पनि यसमा संलग्नता हुन सक्छ । मैले छ नै त भन्न सक्दिन, त्यो छानविन गर्ने विषय हो । अर्को कुरा दरबार हत्या काण्डका जति पनि साँचिहरु थिए तिनिहरुलाई मंगलसेनमा लगेर हत्या गरिएको छ । किन भने त्यहाँ साँचि जो थिए तिनिहरुलाई लिएर मंगलसेन पुर्याइयो, अछामको मंगलसेनमा पुगिसकेपछि त्यहाँनिर माओवादीले आक्रमण गर्यो, हेर्नुहोस प्रथम पटक ए.के ४७ भन्ने हतियार त्यहाँ फेला परेको छ । तयो हतियार कहाँबाट आयो ? त्यसले गर्दाखेरी पनि घटनाको साटघाट त्यतातिर जोडिन्छ । अर्को कुरा मदन भण्डारीको सवालमा पनि मदन भण्डारीको हत्यामा जो गाडि चालक थियो त्यो चालकलाई माओवादीले मारेको भन्ने कुरा मिडयामा सुनेकै कुरा हो र त्यो सार्बजनिक भयो । त्यसैले गर्दाखेरी विषय गम्भिर देखिन्छन ।

  • तपाईले यो मदन भण्डारीको घटनामा माओवादीको संलग्नता थियो भनेर कसरी पुष्टि गर्नुहुन्छ, यो त ठूलो आरोप भएन ? के प्रभाण तपाईसँग ?

-मदन भण्डारीले तत्कालिन राजा बीरेन्द्रसँग शुरुमा श्रीपेच फालेर आउनुस भनेर चुनौती दिए, त्यसपछि वास्तविक रुपमा बीरेन्द्र र मदन भण्डारीको सुमधुर सम्बन्ध भयो र उनले राजतन्त्र जाँदैमा सबै कुरा सकिदैन । त्यसैले गर्दाखेरी सामन्ती प्रथा नहटेसम्म केहि पनि हुन्न, राजा र जनता मिलेर जानुपर्छ, पार्टीहरु पनि मिलेर जानुपर्छ भन्नेकुरा चलाई सकेपछि मदन भण्डारीको हत्या भयो । मदन भण्डारीको हत्या त्यहि शक्तिले गर्यो जस्ले विरेन्द्रको वंशनाश गर्यो । त्यहि शक्तिले लगभग आठ बर्षको अन्तरपछि भण्डारीको हत्या काण्ड भएको छ । त्यस कारणले गर्दाखरी जसले यो हत्या काण्ड गर्यो अथवा जसले मदन भण्डारी मार्यो ती दुईवटैमा एउटै शक्तिको भुमिका छ । त्यसमा नेकपा एमालेका तत्कालिन नेताहरु के.पि शर्मा ओलीे, माधव कुमार नेपाल हुनुहुन्थ्यो, उहाँहरुको पनि त्यसमा आन्तिरिक रुपमा त्यसमा संलग्नता हुन सक्छ । कुनै धम्किको प्रभावमा परेर उहाँले बोल्न सक्नु भएन होला । होइन भने आफ्नो पार्टीको अध्यक्ष मारिदाखेरी अहिलेसम्म छानबिन समिति बनाउ नभन्नु, हत्यारा पत्ता लगाउँ नभन्नु, यो के हो त ? यो नेपाली जनताले बोल्दिनु पर्ने, कुनै अर्को पार्टीको नेताले बोल्दिनु पर्ने । यसले गर्दाखेरी जुन शक्ति छ, तपाईको दरबार हत्या काण्ड र मदन भण्डारीको हत्यामा एउटै शक्तिको प्रयोग भएको छ । यसमा उच्च स्तरमा यसको छानविन गर्यो भने पक्कै पनि सत्य तथ्य के हो भन्ने कुरा पत्ता लाग्छ ।

  • तपाई जस्तो सानो उमेरको मान्छे, राजानीतिमा पनि बामेसर्दै गरेको मान्छेले ठूला ठूला नेताको विषयमा यसरी बोल्दा अप्ठ्यो लाग्दैन तपाईलाई ? यलाई सस्तो लोकप्रियताको पछिलाग्ने मानिस पनि भनलान नि ?

-होइन आफु चर्चामा आउनको लागि हो भने यो भन्दा बाहेक अरु काम पनि छन नि । उटपट्याङ कामहरु पनि छन नि । तर हाम्रो काम भनेको आफ्ने दायित्व पुरा गर्ने, आफ्नो जिम्मेवारी पुरा गर्ने र नेपाली जनताहरुलाई के भैरहेको छ भनेर जानकारी दिने हो । उहाँहरुले जस्तो काम गर्नु भयो, जस्तो कर्म गर्नु भयो त्यसको फल प्राप्त गर्नुहुन्छ र त्यहि अनुसारको विश्लेषण गर्ने हो । भोलि मैले नराम्रा काम गरे भने अर्को राजनीतिक विश्लेषक, उनीहरुको पार्टीको लिडरले मेरो आलोचना गर्छ भने म त्यो आलोचना स्विकार गर्न तयार छु । यदि मैले गल्ति गरे भने कहाँ गएर झुण्डिनुपर्छ म तयार छु । त्यसैले गर्दाखेरी यथार्थ जे हो त्यहि कुरा प्रष्ट पार्न खोजको हो । यो चर्चामा आउनको लागि कुनै उटपट्याङ्ग गर्नको लागि अवस्य होइन । राजनीतिमा भर्खर कखरा सिक्दै गरेको मान्छे हुँ म, त्यसो भएको हुँदा खेरी म आम जनतालाई सत्य तथ्य के हो भन्ने विषयमा जानकारी गराउनु पर्दछ र आफ्नो धारणा पनि राख्नु पर्ने हुन्छ भन्ने सोच, धारणा राख्द छु ।

(आदर्णिय दर्शकहरु/पाठकहरु हामीले यो विशेष अन्तर्वार्ताका क्रममा युबराज सफल जिसँग धेरै विषयमा कुराकानी गर्यौ । उहाँले पहिलो कुरा माओवादी भित्रको बिभाजनको कारण यु्रोपियन युनियन र भारतीय रअ हात रहेको तर्क गरेका छन । अर्को कुरा दरबार हत्या काण्ड भारतीय डिजाइनमा भएको र भारतबाट परिचालित नेपाली पात्रहरु, र त्यो भुमिकामा डा.बाबुराम भट्टराईको पनि संलग्नता भएको प्रति संकेत गरेका छन । आफ्नो अमूल्य समयको लागि उहाँलाई धन्यबाद दिन चाहन्छौ ।)

LOADING...