म्युजिक भिडियोबाट उदाएका सुबेचनको चलचित्रमा अभिनय गर्ने रहर

तिम्रो मायाको सफलतापछि एकाएक चर्चामा

काठमाडौं । अभिनयको विषयमा अमेरिकामा औपचारीक अध्ययन गरिरहेका नव उदायमान कलाकार सुबेचन श्रेष्ठ अब म्युजिक भिडियोमा मात्र सिमित नहुने भएका छन । अमेरिकाको लामो बसाइपछि नेपाल फर्के लगत्तै ‘तिम्रो मायामा’ मा अभिनय गरेका सुबेचन अहिले युवा पुस्तामाझ लोकप्रियताको शिखरमा रहेका छन ।

त्यसो त उनले अभिनय गरेका सबै भिडियोहरु युवापुस्ता माझ लोकप्रिय रहेका छन । पछिल्लो चरणमा अर्जुन पोख्रेलको संगीत र कमल खत्रीको स्वरमा रहेको तिम्रा मायामा बोलको गीतको म्युजिक भिडियोमा सुबेचनलाई चर्चित मोडेल आँचल शर्माले साथ दिएकी छन । म्युजिक भिडियोको निर्देशन जीवन चौलागाईले गरेका हुन ।

युट्वमार्फत गत अप्रिल २६ गते सार्वजनिक गरिएको उक्त भिडियो दुई लाख ६६ हजार सात सय ८२ जनाले हेरेका छन भने धेरैले भिडियोको अभिनय कला मन परेको भन्दै प्रतिकृया समेत दिएका छन । विशेष गरी लोक पल शैलिमा रहेको उक्त गीतमा गरिएको अभिनयबाट लोप्रियता कमाउन सफल भएका नव प्रतिभाको अहिले अन्य म्युजिक भिडियोमा समेत डिमान्ड बढेको उनले बताएका छन ।

LOADING...

उनले हरपल नेपालसँग भने–‘अमेरिकामा बसेर म्युजिक अभिनयको कोर्स गरेको हुँ, पहिलो भिडियो नै धेरैले मन पराइदिनुभयो, तिम्रो मायाले धेरैको मन जित्न सफलता पायो, अहिले पनि भिडियोमा र केही फिल्मको लागि अफर आएको छ । अब फिल्म लाइनमा जाने रहर पलाएको छ ।’

उनले आफु केही दिनमै नेपाल आउँदै गरेको भन्दै पहिले नै कन्ट्रयाक भएका दुई, तीन वटा म्युजिक भिडियोहरुको अभिनयमा बेस्त हुने बताएका छन । उनले पछिल्लो समयमा नेपाली चलचित्रमा समेत अभिनयका लागि प्रस्ताब आएपनि आफुले अझै डिसिजन नगरेको तर राम्रो भुमिका पाएमा चलचित्र खेल्ने चाहना रहेको बताएका छन ।

तिम्रो मायाको सफलतापछि एकाएक चर्चामा आएका उनको नयाँ म्युजिक भिडियोहरु कस्ता बन्ने हुन र त्यसलार्य दर्शकहरुले कति मन पराउँछन त्यो भने हेर्न बाँकी नै छ । त्यस्तै भिडियोबाट आएका कलाकार श्रेष्ठले खेल्ने चलचित्र र त्यसमा उनको भुमिका र अभिनय कस्तो होला ? त्यो थाहा पाउन पनि दर्शकहरुले केही समय कुनै पर्ने हुन्छ, उनी नेपाल आए लगत्तै त्यस विषयमा खुलासा गर्ने बताएका छन ।

LOADING...