पत्याउनुहुन्छ ? राजनीति नगरेर पढेको भए एमाले अध्यक्ष ओलीलाई पाँच कक्षा पाश गर्न पनि मुस्कील रहेछ (भिडियोसहित हेर्नुहोस्)

क्षमताको पहिचान गरेर अघि बढ्दा सफल हुनेमा जोड

LOADING...

काठमाडौं । नेपाली राजनीतिमा ठूलो पार्टीका सफल र लोकप्रिय मानिने नेता केपी शर्मा ओलीले आफु राजनीतिमा पाश भएपनि सँगीत विद्यालयमा पढ्नु परेको भए जीन्दगीभर जति पढें पनि पाँच कक्षा पाश गर्न मुस्कील हुने कुरा बताएका छन ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीले राजधानीमा हिजो अखिलद्धारा आयोजित ‘स्थानीय सरकार र सार्वजनिक शिक्षा’ विषयक गोष्ठी कार्यक्रममा बोल्दै त्यस्तो बताएका हुन् ।

LOADING...

नेता ओलीले राजनीति र सँगीत फरक-फरक विधा भएको र आफ्नो रुचि र क्षमता सँगीतमा नभएकाले त्यो क्षेत्रमा गएको भए आफु सफल हुन नसक्ने, अहिलेको सफल नेता बन्नबाट समेत बञ्चित बन्नु पर्ने बताए । उनले भने–‘ मानिसलाई उ भित्रको रुचि र क्षमताको पहिचान गररे त्यही क्षेत्रमा विकास गर्ने अवसर दिनुपर्छ ।’

ओलीले अन्तरनिहित क्षमता हरेक ब्यक्तिमा फरक फरक हुने भन्दै त्यसको पहिचान गर्ने कुराले उसलाई सफलता तिर डोर्याउने तर्क गरे । उनले एक प्रसंगमा उदाहरण दिदै भने–‘म मात्र होइन, नारायण गोपाललाई फुटबल खेलाएको भए, पारस खड्कालाई गायनमा लगाएको भए उनीहरु पनि सफल हुन सक्ने थिएनन, उनिहरुले आफ्नो क्षमताको पहिचान गरेर त्यहि क्षेत्रमा लागेको हुनाले सफल भएका हुन।’

ओलीले नेपालमा गुरुकुल शिक्षाको अवस्थादेखिनै विज्ञान र प्रविधिको परिकल्पना गरिएको र युगौ पहिलेदेखि हाम्रा पुर्खाहरुमा विज्ञान, प्रविधिको विकास गर्न सक्ने क्षमता भएपनि त्यसको पहिचान र विकास गर्न नसक्दाखेरी पछि परेको दाबी समेत गरें ।

LOADING...