‘साहित्य डायरीः डाक्टर केसीका लागि दुई शब्द’

‘सत्याग्रहले सरकार गल्दैन’

सत्याग्रहले सरकार गल्दैन गोविन्द ।
मृग जोतेर बालि फल्दैन गोविन्द ।।

हजार केसीहरु मरेर के भो र यहाँ ?
बारुद नघोटि आगो बल्दैन गोविन्द ।।

मागेर अधिकार पाएको इतिहासै छैन ।
बन्दुक नबोकी सत्ता ढल्दैन गोविन्द ।।