भिडियोमा हेर्नुहोस्, बर्दियाको ९० प्रतिशत भूभाग जलमग्नः दुईको मृत्यु, तीन घाइते

पाँच हजार दुई सय बढिको उद्धारः यातायात अबरुद्ध

काठमाडौं । शुक्रबारदेखिको निरन्तर बर्षका कारण देशका अधिकाशं भूभागहरुमा डुबानको उच्च खतरामा परेका छन भने तीन दर्जन बढिको ज्यान गएको छ । बर्दियास्थित बबई नदिमा पानीको बहाव बढेंसँगै विशेष गरी नदिसँग सीमान जोडिएका ९० प्रतिशत क्षेत्रहरु डुबानमा परेका छन भने बाढीका कारण दुई जनाको मृत्यु भएको छ ।

बर्दियाको ठाकुरबाबा नगरपालिकाको अधिकाशं वाडहरु डुबानमा परेका छन । पूर्व पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) भन्दा पनि माथि पानीको वहाव आएको र मानिसहरु हताहत भएको त्यहाँबाट हाम्रा सहकर्मि आयुष न्यौपानेले बताएका छन ।

हाम्रा सहकर्मिका अनुसार बर्दिया राष्टिय निकुन्जबाट बग्ने तल्बेलुवा खोला डुम्रेनि गाउँ हुदैँ भुरिगाऊं बजार र निकुञ्ज आसपासका गाउँहरु रानिपुर, सिहंवाहीनी, कर्मला, आम्बासा, बलाति, अम्रेनी, पेरहनी, बनखेत लगाएत सत्घरुवामा पसेपछि प्राय सबैभित्र पानी पसेको र खाद्य सामाग्रीका साथै अन्य महत्वपूर्ण सामाग्री समेत नोक्सान भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भरतबहादुर बोहराले हरपल नेपालसँगको कुराकानीको क्रममा दाङ र सल्यानमा पानी पर्दा बबई नदिको बहाव बढ्ने र त्यससँग जोडिएको राष्ट्रिय निकुञ्जका नाला र अन्य सहायक नदिहरुमा पानी भरिने भएकाले भुरिगाउँ, रानिपुर लगाएतको क्षेत्र डुबानमा पर्ने गरेको बताएका छन । उनले प्रहरीले उद्धारका लागि प्रहरीले रातदिन काम गरिरहेको बताए ।

एसपि बोहराले बर्दियामा उच्च सतर्कता अपनाइएकाले धेरै स्थानहरु जलमग्न भएपनि ठूलो संख्यामा मानविय क्षेति हुन नपाएको दाबी गरेका छन । उनले अहिलेसम्म तीन जनालाई जोखिमपूर्ण अवस्थाबाट उद्धार गरिएको र ती घाइतेहरुको उपचार गरिएको बताए । त्यस्तै बर्दियाका ५० भन्दा बढि घरहरु डुबानका कारण खतरामा रहेको र पाँच हजार दुई सय भन्दा बढिको उद्धार गरेर सुरक्षीत स्थानमा राखिएको उनले हामीसँग बताएका छन ।

ठाकुरबाबा नगरपालिकाको वाड नम्बर २ अन्तर्गत पर्ने रानिपुर, कर्मला र सत्घरुवा क्षेत्र सबैभन्दा बढि बाढीबाट प्रभावित बन्न पुगेको स्थानीय राजनीतिज्ञ तथा समाजसेवी दुर्गा अधिकारीले हरपल नेपालसँग बताइन ।

अधिकारीका अनुसार रातभरीको बर्षका कारण पानी बग्ने उचित निकास नहुदा त्यहाँ डुबानको समस्या बर्षैदेखिकै हो । प्रहरी, स्थानीय युवा र विभिन्न संघ संस्थाहरुले अहिले डुबानमा परेका परिवारको उद्धार कार्य गरेर विद्यालय, उच्च सडकको पेटी र सुरक्षीत मानिएका सामुदायीक भवनमा राख्ने काम भएको छ ।

ठाकुरबाबा नगरपाकिलाको वाड नम्बर एक अन्तर्गत पर्ने मुख्य बजार क्षेत्र भुरिगाउँमा समेत जाकतै पानीको ताल जस्तो बनेको र पसल, घरमा पानी पसेको इलाका प्रहरी कार्यालय भुरिगाउँका सइ तुलबहादुर सेन ठकुरीले हरपल नेपालसँगको टेलिफोन कुराकानीमा बताएका छन ।

प्रहरीका अनुसार अहिले बर्षा रोकिएको भएपनि पानीको बहाव भने कम भएको छैन । अहिले भखरै रानीपुरका तीस घरपरिवारलाई प्रहरीको उद्धार टोलीले डोरिबाट सडकमा पुर्याएको खबर छ भने अझै उच्च जोखिममा रहेका मानिसहरुको उद्धार गर्ने काम जारी रहेको बताइएको छ ।

रानीपुरमा सडकदेखि उत्तरपट्टीका अधिकाशं घरहरु भत्कीने अवस्थामा रहेकाले प्रहरीले त्यहाँ नबस्न आग्रह गरेको छ भने रानीपुर चोकमा रहेको बिन्तीराम चौधरी, दुर्गा अधिकारी, जयराम थारु, भिमबहादुर श्रेष्ठ, लगाएको घर पानीका कारण जोखिममा रहेको बताइएको छ ।

प्रहरीले पानीको बहाव नघटुन्जेलसम्म सुरक्षीत स्थानमा बस्न र डुबानमा परेका घरमा नजान आग्रह समेत गरेको छ र खतराको अवस्था आएमा प्रह्रीलाई खबर गर्न अपिल गरेको छ ।

त्यस्तै ठाकुरबाँबा नगरपालिकाका मेयर घनराज श्रेष्ठले अझै बाढिको खतरा कायमै रहेकाले सुरक्षीत स्थानमा बस्न स्थानीयवासीलाई आग्रह गरेका छन ।

मेयर श्रेष्ठले हरपल नेपालसँग कुराकानी गर्दै भने–‘यहाँको बाढि पिडितको समस्या बर्षेनी दोहोरिरहन्छ, यसको दिर्घकालिन समाधानको लागि पहल गर्नुपर्छ । हामीले बबईको तटबन्धनलाई अझै बढाएर उचाईमा लगाउनुपर्नेमा जोड दिएका छौ । यहाँको समस्या समाधानको लागि बृहद आयोजना नै चाहिन्छ, योजना अनुसार काम गरेमा समाधान गर्न सकिन्छ भन्ने लाग्छ, त्यो विषयमा हामी गम्भिर छौ ।’

 

दुईको मृत्युः सडक जलमग्न, यातायात अबरुद्ध

हिजो राति दुई बजें निरन्तरको पानीका कारण ठाकुरबाबा नगरपालिकाको वडा नम्बर दई अन्तर्गत पर्ने सत्घरुवा गाउँका दुई घरहरु बगेका छन ।

त्यस्तै त्यही नजिकै रहेका ठग्गु थारुको घर पनि आज बिहान सात बजेतिर बगाएको छ भने घरमा रहेका ७० बर्षिया साहुनी थारुको च्यापिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।

बर्दियाको बारबर्दिया नगरपालिका १० स्थित गन्दर्भ टोलका २९ वर्षिय राजेन्द्र थारुको पनि पनि हिजो बाढीका कारण मृत्यु भएको थियो । अहिलेसम्म बर्दियामा बाढीका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

बबईको तटबन्धन समेत पानीको बहावका कारण भत्कीएको र सडक नै जलमग्न भएको छ । बबईको जलमापन केन्द्रका अनुसार नदिमा बढीमा ६ मिलिमिटर मात्रै हुनुपर्नेमा बढेर पानीको सतह ९.३३ मिलीमिटर पुगेको छ ।

जिल्ला सदरमुकाम गुलरियाको ६० प्रतिशत भूभाग समेत डुबानमा परेको बताइएको छ भने सडकको ठाउँठाउ भत्तिएको र सडकभन्दा माथि पानी भरिएकाले नेपालगन्ज–गुलरिया सडकखण्ड अहिले बन्द भएको छ ।

LOADING...