हेर्नुहोस् भारतीय मिडियाले गर्यो यस्तो खुलासाः ग्रेटर नेपाल भारतको लागि ठूलो चुनौती

‘ग्रेटर नेपाल फिर्ता नगर्दासम्म भारत नेपालको मित्र राष्ट्र नहुने’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको पाँच दिने भारत भ्रमणसँगै ग्रेटर नेपाल भारतका लागि ठूलो चुनौती भएको खुलासा भएको छ ।

दुई देशबीचको सम्बन्ध सुधारको प्रयासमा प्रधानमन्त्रीहरुबीच छलफल गर्ने क्रार्यक्रम बनिरहेको बेला भारतकै मिडियाहरुले भारत ग्रेटर नेपालको मुद्दामा सहमत हुन नसक्ने भएको प्रति संकेत गरिराखेका छन ।

नेपालमा भारत सरकारको भ्रमण होस वा कुनै भेटघाट वा अनौपचारीक कार्यक्रम, ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा लगाएतका विभिन्न समूहहरुले पटक पकट नेपालमा उनीहरुको भ्रमणमा विरोध गर्ने गरेको देखिन्छ ।

गे्रटर नेपालका अभियन्ताहरुले भारतले वृहत नेपालको भूभाग फिर्ता नगरेसम्म मित्र राष्ट्र हुन नसक्ने र ग्रेटर नेपाल कायम गराएरै छाड्ने कसम नै खाएको बताउँदै आएका छन ।

यसरी नेपालमा ग्रेटर नेपालको आन्दोलन चर्किदै गएको र नेपाली जनताबीच भारत प्रभाव नकारात्मक रुपमा विकास भएको समिक्षा गर्दै लेखकले भारतीय सरकार ठूलै समस्यामा रहेको खुलासा गरेका छन ।

भारतबाट प्रकाशन हुने डिजिटल पत्रिका ‘स्वराज्यमाग डट कम’ ले गत मंगलबार साझँ ६ः३७ बजे उक्त समाचार/ लेख प्रकाशन गरेको थियोे ।

उक्त पत्रिकाको लागि जयदिप मजुम्दारले ‘नेपालमा बढिरहेको चीनिया प्रभावलाई भारतले तत्काल रोक्न आवश्यक छ’ शिर्षकमा त्यस्तो लेख प्रकाशन गरेपछि भारतको लागि ग्रेटर नेपाल ठूलो चुनौतीको विषय भएको रहस्य खुलेको हो ।

फाईल तस्बिर

उक्त पत्रिकामा भनिएको छ–‘ईन्डियाले नेपाल र भारतको सरकारी तहमा मात्र हैन जनता जनताबीच पनि दरिलो सम्बन्ध कायम गर्नुपर्दछ । राजनीतिज्ञहरु, सरकारी कर्मचारीहरु, सञ्चार जगतका हस्तिहरु, ब्यवसायिकहरु, सामाजिक क्षेत्रका अगुवा, थिङ्क ट्याङ्कहरु (विज्ञ) र एनजिओहरुसँग निकट सम्बन्ध राख्नु पर्दछ ।’

चीनियाँ उपप्रधानमन्त्री वाङ याङको नेपाल भ्रमण र नेपालको विकासमा चीनिया सहयोगले जनताबीच उसको लोकप्रियता बढेपछि त्यसको सश्लेषण सहित उक्त पत्रिकाले भनेको छ–‘भारतले नेपाललाई दिईरहेको सहयोग बढाउनु पर्दछ । भारतले चीन निकट मानिने नेपालका राजनीतिज्ञहरुको मन जित्नु पर्दछ । नेपाललाई सार्वभौम सत्ता सम्पन्न र समान मूलुक ठान्नु पर्दछ ।’

लेखको मध्य भागमा गे्रटर नेपाल कायम गराउने सम्बन्धमा चीनले अप्रत्यक्ष रुपमा गरिरहेको सहयोगलाई चुनौती ठानेर त्यसमा भारतलाई गम्भिर हुन आग्रह समेत गरिएको छ ।

लेखमा भनिएको छ–‘सन् १८१६ मा बेलायतसँग भएको सुगौली सन्धिमा गुमेको मेचिपूर्व र महाकाली पश्चिमको भूभाग फिर्ता गर्ने गे्रटर नेपालको लक्ष्यमा चीनले जुन ढङ्गले सहहयोग पुर्याईरहेको छ, त्यस विरुद्ध भारतले रणनीतिक कदम चाल्नु पर्दछ, किन भने यो गे्रेटर नेपाल भारतका निम्ति ठूलो चुनौती हो ।’

उक्त लेखको विषयमा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले हरपल नेपालसँगको कुरामा भारतले नेपालप्रति गरेको ब्यवहारको वास्तविकता त्यस लेखबाट खुलासा भएको बताए । भारतले नेपालको कहिल्यै पनि हित नचाहेको र विगतदेखि नै स्वार्थसिद्ध ब्यवहार गर्दै आएको उनको भनाई छ ।

अध्यक्ष नेपालले भने–‘हामी ग्रेटर नेपाल कायम गरेरै छाड्ने छौ, त्यसका लागि बरु ज्यान नै अर्पण गर्न पनि तयार छौ तर भारतीय विस्तारवादसँग कहिल्यै झुक्दैनौ । यो कुरा बुझेर नै भारतको लागि ग्रेटर नेपाल चुनौती भएको हुनुपर्छ ।’

उनले सुगोलि सन्धीको नाममा भारतले हडपेर राखेको नेपालको ६० हजार वर्ग किलोमिटर जमिन तुरुन्त फिर्ता गर्नुपर्ने बताए । ग्रेटर नेपाल फिर्ता नगर्दासम्म भारत नेपालको मित्र राष्ट्र हुन नसक्ने उनको भनाइ रहेको छ ।

India Needs To Urgently Counter China’s Growing Influence In Nepal

Jaideep Mazumdar