अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि भोलि ९ बजेंदेखी मतदान शुरु (भिडियोसहित)

नेताहरु चुनावि छलफलमा बेस्तः अधिक चर्चामा रहेकाको सूचि यस्तो छ

काठमाडौं । नेकपा माओवादी केन्द्र निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले नयाँ नेतृत्व चयनका लागि भोली बिहान ९ बजेदेखि साझ चार बजेसम्म मतदान गर्ने भएको छ ।

विविध कारणले यसअघिको निर्वाचन कार्य तालिका परिवर्तन गर्दै क्रान्तिकारीको निर्वाचन समितिले हिजो चौथो पटकको संशोधन कार्यतालिका प्रकाशन गर्दै त्यस्तो बताएको हो ।

अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि गठीत निर्वाचन समितिका संयोजक समेत रहेको संगठनका पूर्व अध्यक्ष रमेश मल्लले हरपल नेपालसँग कुराकानी गर्दै चौथो संशोधीत कार्यतालिका अनुसार भोली ९ बजे निर्वाचन हुने भएकाले सबै उम्मेदवार, मतदाताहरुलाई त्यही अनुसार तयारीमा बस्न आग्रह गरें ।

निर्वाचन समिति संयोजको मल्लले भने–‘विविध आन्तरिक कारणले यसअघिको निर्वाचन सम्बन्धी हामीले प्रकाशन गरेको कार्य तालिका संशोधन गरेका छौ । अब यहि तालिका अनुसार निर्वाचन तोकिएकै समयमा हुन्छ, यसमा फेरबदल हुदैन ।’

अखिल क्रान्तिकारीले शुरुमा ७ देखि ११ गतेसम्म महाधिवेशन सम्पन्न गरिसक्ने बताएको थियो । तर तीन पटक आफ्नो कार्य तालिका परिवर्तन गर्दै अहिले चौथो संशोधित तालिका अनुसार तोकिएको समयमै निर्वाचन गर्ने अडान लिएको हो ।

यस्तो छ संशोधित कार्यतालिकाः

१. मतदाता नामावलि प्रकाशन गर्ने २०७४–०५–११ बिहान १२ बजे
२. अन्तिम मतदाता नामावलि प्रकाशन गर्ने २०७४–०५–१२ दिउँसो दुई बजेसम्म
३. सबै पदका लागि उम्मेदवारको मनोनयन दर्ता २०७४–०५–१२ साझ पाँच बजेसम्म
४. उम्मेदवारको नामावलि प्रकाशन गर्ने २०७४–०५–१३ बिहान १२ बजे
५. उम्मेदवारको नाम फिर्ता लिने २०७४–०५–१३ दिउँसो १ बजेदेखि ३ बजेसम्म
६. उम्मेदवारको अन्तिम नामावलि पकाशन गर्ने २०७४–०५–१३ साझँ चार बजे
७. मतदान गर्ने २०७४–०५–१४ बिहान ९ बजेदेखि साझँ चार बजेसम्म

LOADING...

अखिल क्रान्तिकारीको काठमाडौंमा जारी २१ औं महाधिवेशनमा ‌पदाधिकारी चयनमा सहमति नजुटेपछि निर्वाचनको विधि प्रयोग गरिन लागेको क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले हरपल नेपालसँग बताएका छन।

निर्वाचनको लागि उम्मेदवारी दर्ता गरिसकेका क्रान्तिकारीका नेताहरु अहिले आन्तरिक ढंगले छलफल गरिरहेका छन ।

क्रान्तिकारीले लामो समयदेखि संगठनको विधान अनुसार लेबि नतिर्ने केही कार्यकर्ताहरुलाई भने निर्वाचनमा मतदाता हुनबाट रोकेको अध्यक्ष नरेन्द्र न्यौपानेले बताएका छन ।

अहिलेको निर्वाचनका लागि दुई हजार २२ जना मतदाता रहेको निर्वाचन समितिले जनाएको छ । ती मतदाताले ३३ पदाधिकारी र २३४ केन्द्रीय सदस्य चयन गर्नेछन ।

त्यस्तै अध्यक्ष नरेन्द्र न्यौपानेले असअघि प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र विधानलाई बन्द सत्रले पारित गरिसकेको छ र त्यसको कार्यान्वयनमा नयाँ नेतृत्व लाग्ने विश्वास गरिएको छ ।

उम्मेदवारहरुको लामो सूचि भएकाले यो निर्वाचनमा कस्ले कुन पदमा जितने वा हार्ने भन्ने कुराको आँकलन गर्न गार्हो देखिएको नेताहरले बताएका छन ।

LOADING...

जस्को अधिक चर्चा छ…

अखिल क्रान्तिकारीको अध्यक्षका लागि अनिल शर्मा र रञ्जित तामाङको चर्चा अलि बढि देखिएको छ । दबैको पक्षमा मतदाताहरुले आन्तरिक रुपमा भोट मागि रहेका छन ।

त्यसैगरी उपाध्यक्षमा प्रदेश नम्बर सातका युवा नेता तथा अहिलेको कार्य समितिका सचिव समेत रहेका भगतसिंह ठेकरे बोहराको चर्चा सर्वाधिक रहको देखिएको छ । विद्यार्थीहरुले उनको जित निश्चित जस्तै भएको आँकलन समेत गरेका छन । उनले हरपलसँगको कुराकानीमा शैक्षिक क्षेत्रको आमूल परिवर्तन गर्नका लागि प्रवक्ता समेत रहेका सुरेन्द्र बस्नेतको पनि चर्चा उत्तिकै देखिन्छ ।

त्यस्तै तिलकराज भण्डारीको पनि चर्चा कायमै रहेको छ । त्यसैगरी आफ्नो उम्मेदवारी रहेको बताएका छन । त्यस्तै उपाध्यक्षमा पदका लागि दिपेश पुन, इन्द्र भुषल लगायतको चर्चा पनि उत्तीकै रहेको छ ।

त्यस्तै महासचिवमा उत्तम अधिकारी, उपमाासचिवमा कविता ढुङ्गाना, गणेश मैनाली लगायतको चर्चा रहेको छ । त्यस्तै स्थानीय निकायको निर्वाचनमा बर्दियाको गुलरिया नगरपालिकामा मेयर पदका उम्मेदवार समेत रहेका गेहेन्द्र ढकाल पनि अहिले उपमहासचिव पदको उम्मेदवार रहेका छन ।

उनले हरपल सँग कुरा गर्दे विद्यार्थी आन्दोलनको नेतृत्व गर्नका लागि आफ्नो उममेदवारी रहेको बताएका छन । ढकालको प्रचार प्रसार आन्तरिक रुपमा ब्यापक भएको विद्यार्थी नेताहरुको भनाई रहेको छ ।

त्यस्तै सचिवमा सबै भन्दा धेरै नेताहरुको चर्चा चलेको देखिएको छ । सचिवका लागि नरेश रेग्मी, मदन अर्याल, सूर्य प्रकाश घर्ति मगर, बिष्णु महतको चर्चा रहेको छ । त्यस्तै प्रदेश नम्बर पाँचका नेता माधव डिसिको पनि निकै चर्चा विद्यार्थिहरुले गरीरहेको देखिन्छ ।

त्यस्तै सुदुरपश्चिमको अक्षामका स्थानीय युवा, जो काठमाडौंमा आएर लामो समयदेखि विद्यार्थि आन्दोलनको नेतृत्व गर्दै आएका छन, डिबि साउँद । उनको चर्चा खुला तर्फको सचिवको लागि अग्र स्थानमा रहेको देखिन्छ।

सचिव पदका उम्मेदवार साउँदले हरपलसँगको कुराकानीमा आम विद्यार्थीहरुलाई अबको शैक्षिक आन्दोलनमा उतार्न र शैक्षिक आन्दोलनको नेतृत्व गर्नका लािग आफुले उम्मेदवारी दिएको बताएका छन । उनको जित पनि सुनिश्चित जस्तै देखिएको धेरैको आँकलन रहेको छ ।

त्यस्तै कोषाध्यक्षमा नवराज ऐरको चर्चा छ भने अन्य पदहरुमा पनि विद्यार्थीहरुले सामाजिक सञ्जालमार्फत भोट माग्ने काम गरिरहेका छन । केहि बेरमा सम्मपूर्ण उम्मेदवारहरुको नामावलि प्रकाशन गर्ने जानकारी निर्वाचन समितिले हामीलाई दिएको छ ।

LOADING...