भिडियोमा हेर्नुहोस्, जानुका राईका राष्ट्र प्रेमले भरिएका तीन कृतिहरुको यसरी भयो विमोचन

बेलायती रातो पासपोर्ट त्याग्ने घोषणा

LOADING...

काठमाडौं । बिगत १७ वर्षदखि बेलायतमा बस्दै आएकी गीतकार जानुका राईका तीन कृतिहरु हिजो राजधानीमा आयोजित एक कार्यक्रमबीच विमोचन भएका छन। राईका आमा (गीति संग्रह, समय गीती एल्वम र सन्दर्भ गीति एलवम) को एकै पटक हिजो विमोचन गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति समेत रहेका बरिष्ठ गीतकार तिलक बहादुर नेम्वाङ ‘बैरागी काईला’को प्रमुख आथित्यतामा सम्पन्न कृहिरुको लोकार्पण समारोह सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा गीतकार जानुका राईले विदेशको कमाई भन्दा राष्ट्रियता प्यारो भएको भन्दै बेलायतको रातो पास्पोर्ट परित्याग गर्ने घोषणा समेत गरेकी छन ।

कृति विमोचनको क्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने विभिन्न साहित्य सर्जक, कलाकार सहयोगिहरुलाई कदर पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रम आयोजक भिमू मेमोरियल ट्रष्टले निम्न वरिवारका दुई जना बालबालिकालाई जेहेन्दार छात्रबृत्ति प्रदान गरेको थियो ।

LOADING...

उक्त कार्यकक्रममा र्बैरागी माईलाले विदेशमा रहेका नेपालीको मनमा पनि राष्ट्रप्रतिको माया सदभाव रहेको कुरा जानुका राईको पछिल्लो गतिविधिल देखाएको बताए । उनले साहित्य र संगितले समाज सुधारको सिर्जना समेत गर्नुपर्नेमा जोड दिए ।

LOADING...

त्यसैगरी उक्त कार्यक्रममा बरिष्ठ संगीतकार सुरेश अधिकारीले सर्जकहरुका सिर्जनाहरुबाट राष्ट्रियता र समाज सेवाको भावना जोगाउन सकिने बताए । उनले गीतकार जानुका राईले राष्ट्रियताको पक्षमा देखाएको साहस र उनाका कृतिहरु उत्कृष्ट नमूनाका रुपमा चित्रण गरें ।

LOADING...

कार्यक्रममा चर्चित गायिका पार्बति राईले विमोचित कृतिहरुमा संलग्न भुलेको छैन जन्मेको घर बोलको गीतद्धारा मनोरञ्जन प्रदान गरेकी थिएन । राईले गाएको उक्त गीतमा स्वदेशप्रतिको प्रेमलाई उत्कृष्ट रुपमा प्रदर्शन गरिएको छ ।

त्यसैगरी पछिल्लो पुस्तामा उदायमान बिष्णु चेमजोङले सुमधुर आवाजमा कार्यक्रमका सहभागिहरुलाई मन्त्र मुग्ध बनाएकी थिईन ।  उनले गाएको माझि दाई बोलको गीत पनि विमोचित कृतिमा संग्रहित रहेको छ । उक्त कार्यक्रममा साहित्य सर्जक, कलाकार, सञ्चारकर्मि, पत्रकार र विभिन्न संघसंस्थाका प्रतिनीधि लगाएत पाँच दर्जन भन्दा बढिको उपस्थिति रहेको थियो ।

LOADING...