हेर्नुहोस्, गजलकार आचार्यको दृष्टिमा को कसरी उफ्रिन्छ ?

‘कोहि पैसा कमाउने दाउमा त कोहि घाउमा उफ्रिन्छ’

अरुकै शिरमा उफ्रिन्छ, पाउमा उफ्रिन्छ
हरकोही पैसा कमाउने दाउमा उफ्रिन्छ ।

खाडीमा थियो उ घरमा श्रीमती हिडिछ्न
अब जिन्दगीभरि पिरको तलाउमा उफ्रिन्छ ।

जस्को हैसियत बजारमा कहिलै माथि उठेन
उहि बाजा बजाउदै, महँगो भाउमा उफ्रिन्छ ।

सजिलै मान्छे चिनिन्छ, अप्ठ्यारो समयमा
मित्रले हात समाउछ, दुस्मन घाउमा उफ्रिन्छ ।