राजधानीमा आज साहित्य गुञ्जन: कर्णालीवासीहरु भाषा, सँस्कृतिको जगेर्नामा जुट्दै

दशैंको शुभकामना आदानप्रदान गरिने

काठमाडौं । हिन्दु परम्परा अनुसार दर्शै, तिहार जस्ता पर्वहरु नजिकिदै गर्दा विभिन्न उद्देश्यले काठमाडौंमा केन्द्रीत भएका कर्णालीवासीहरुबीच आत्मियता बढाउने उद्देश्यले आज साहित्य वाचन एवं शुभकामना आदानप्रदानको कार्यक्रम आयोजना गरिएको छ ।

सम्वाद डवलीमा सम्पन्न हुने साहित्य गुञ्जन नामक उक्त कार्यक्रम कर्णाली कला साहित्य प्रतिष्ठानको आयोजना हुन लागेको हो । कार्यक्रम दिउँस १२ बजेबाट सुरुहुने बताइएको छ ।

प्रतिष्ठानका अध्यक्ष समेत रहेका पत्रकार सूर्य रोकाया ‘निमोही संकल्प’ ले हरपल नेपालसँगको कुराकानीमा नेपाली सभ्यता, भाषा, साहित्य र संस्कृतिको उद्गम भलोका रुपमा कर्णली क्षेत्र भएकाले त्यसको विकास र संरक्षमा ब्यापक सहभागिता बढाउन त्यस्तो कार्यक्रमको आयोजना गरिएको बताए ।

उनका अनुसार उक्त कार्यक्रममा कर्णालीका लेखक, पत्रकार, बुद्धिजिवी, नेता, कलाकार तथा साहित्यकार सबैलाई आमन्त्रण गरिएको छ । प्रतिष्ठानले यस अघि बृहद अन्तरक्रिया तथा रचना बाचन कार्यक्रमको पनि आयोजना गरेको थियो ।