क्रान्तिकारी पत्रकार महासंघ बर्दियाको अध्यक्षमा न्यौपाने

१९ सदस्यीय जिल्ला समिति निर्वाचित

र्दिया । नेकपा क्रान्तिकारी माओवादी निकटको क्रान्तिकारी पत्रकार महासंघ बर्दियाको अध्यक्षमा आयुष न्यौपाने निर्वाचित भएका छन ।

महासंघको गुलरियामा सम्पन्न पहिलो जिल्ला सम्मेलनबाट अध्यक्षमा न्यौपाने, सचिवमा तुस्मा अधिकारी, कोषाध्यक्षमा दुर्गा बजगाई लगायत ११ जना सदस्यहरू निर्वाचित भएका छन ।

महासंघका अध्यक्ष नेउपानेद्धारा जारी गरिएको विज्ञप्तिमा ७ सदस्यीय सचिवालय सहित पाँच सदस्य पछि थप्नेगरी १९ सदस्यीय जिल्ला समिति निर्वाचित भएको जनाइएको छ ।

अध्यक्ष न्यौपानेद्धारा जारी विज्ञप्तिमा श्रमजिवि पत्रकारको पक्षमा संघर्ष गर्ने जनाइएको छ ।

संगठनले मनराज कठायत, अर्जुन चौधरी, अनु अधिकारी र राजविक्रम चौधरीलाई सचिवालय र इन्द्रा घोडासैनी, दिपा न्यौपाने, पवित्रा चौधरी, सिता चौधरी, हेमराज गिरी, दिपिका रिजाल र भगवति पाण्डेंलाई सदस्यमा निर्वाचित गरेको क्रान्तिकारी पत्रकार महासंघका नेता लोकराज जैसीले बताए ।

कार्यक्रममा पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र धिताल, प्रेश युनियनका अध्यक्ष विनय राजभण्डारी, प्रेश क्लब अफ नेपालका अध्यक्ष यम घिमिरे, नागरिक समाज सञ्जालका अध्यक्ष बालकृष्ण ओली, पर्यटन पत्रकार संघका अध्यक्ष दिपक शर्मा, प्रेश चौतारीका सचिव यज्ञ प्रसाद सापकोटा, बबई एफएमकी पत्रकार गोमा बिष्ट लगायतले श्रमजिवि पत्रकारको अधिकारको लागि गरिने सघर्षमा एक्यबद्धता जनाएका छन ।

आयुष न्यौपानेको सभापतित्वमा भएको उक्त कार्यक्रममा क्रान्तिकारी माओवादीको सेक्रेटरी दुर्गा अधिकारी र क्रान्तिकारी पत्रकार महासंघका नेता लोकराज जैसीको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा पार्टीका नेता, कार्यकर्ताको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रमबीच नेकपा एमाले पार्टी छाडेर पत्रकार मनराज कठायतले क्रान्तिकारी माओवादीमा प्रवेश गरे ।

कठायतलाई पार्टीमा स्वागत गर्दै सेक्रेटरी अधिकारीले वर्गीय मुक्तिको आन्दोलनको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी गरिन ।

कार्यक्रममा ५० जना भन्दा बढिको उपस्थिति रहेको थियो ।