आज जनवरी एक, पर्यटकको ओइरोः अंग्रेजी नयाँ वर्ष मनाउने युवा जमात बढ्दो

कतै नाचगान त कतै खानपिनमा मस्त पर्यटक

काठमाडौं । आज अंग्रजी पात्रो अनुसार जनवारी एक तारिखः अथार्त सन् २०१७ लाई बिदाई गर्दै २०१८ मा प्रवेशको पहिलो दिन । नेपालमा विक्रम सम्बदको प्राचिन इतिहास भएपनि पछिल्लो समयमा अधिकाशं स्थानमा अंग्रजी तिथि मितिको प्रयोग समेत बढेकाले नेपालका विभिन्न क्षेत्रहरुमा विदेशी एवं स्वदेशी प्रर्यटकहरु जम्मा भएर रमाइलो गरी आजको दिन विताउने गर्दछन ।

अंग्रेजी नयाँ बर्षको नेपालमा पर्यटकिय महत्वका हिसाबले सकारात्मक प्रभाव पारेपनि बढ्दो पश्चिमा संस्कृतिको नक्कलले राष्ट्रिय संस्कृति र इतिहासलाई भने पछाडि पार्दै गएको विज्ञहरुको भनाइ रहेको छ ।

हाम्रो देशको प्राकृतिक सौन्दर्यतासँगै मितेरी लएर नयाँ बर्ष मनाउने उद्देश्यले बर्षेनी सर्यौको संख्यामा आउने विदेशी पर्यटकहरुका कारण आन्तरिक ब्यापारमा बृद्धी हुने गरेको छ । यसबाट राष्ट्रलाई समेत टेवा पुगेको देखिन्छ ।

विश्वका विभिन्न देशबाट अंग्रेजी पात्रो अनुसारको अन्तिम महिना (डिसेम्बर) देखिनै पर्यटकहरु नेपाल पुग्ने गरेको प्रर्यटक गाइडरको रुपमा कार्यरत गोर्खाका सिवम पौडेल बताउछन । विदेशी पर्यटकहरुको नेपालमा मुख्य रोजाई भनेको प्राकृति तथा साँस्कृतिक सम्पदा नै हुन ।

आज अंग्रेजी पात्रो अनुसार नयाँ बर्षको पहिलो दिन हो । आजको दिन विदेशी तथा स्वदेशी पर्यटकहरुले देशका विभिन्न क्षेत्रमा रहेको पर्यटकीय क्षेत्रहरु भरिभराउ भएका छन । विदेशी पर्यटकको मुख्य रोखाईमा पोखरा, चितवनको सौराह, देवघाट, जनकपुर, सिन्धुली, काभ्रे, काठमाडौं, इलाम, गोर्खा, तनहुँ, मुस्ताङ, बर्दिया राष्ट्रिय निकुञ्ज, कैलालीको घोडाघोडी ताल, सुर्खेत, दैलेख लगायत रहेको पर्यटनसँग सम्बन्धीत कामका जानकारहरु बताउँछन ।

नयाँ बर्षको उल्लासमा काठमाडौंको ठमेल, पोखराको लेक साइड लगायतका स्थानमा हिजो साझँ विभिन्न सांगितिक कार्यक्रमहरु समेत भएको बताइएको छ । त्यसैगरी आज पनि देशका विभिन्न स्थानमा नाचगान सहितका विविध कार्यक्रहरुको आयोजना गरि रमाइलो गर्ने गरिन्छ ।

पर्यकटक बढेंः सुविधामा समस्या, भरिए होटेलहरु

नयाँ बर्षको लागि बाहिरबाट आएका पर्यटकका साथै स्वदेशी पर्यटकहरु समेत आज फुर्सदको समय मिलाएर आफ्न्त, साथीभाईहरुसँग घुमफिरको लागि जाने गर्दछन ।

पर्यटकहरुको मुख्य गन्तब्य भएका स्थानहरुमा अहिले होटेलमा कोठा भरी भराउ भएको र थप सुविधा दिन नसक्ने अवस्था आएको छ । पोखराका विभिन्न होटेलहरु पनि भरिभराउ भएका छन । त्यस्तै चितवनको सौराह क्षेत्रमा थप पर्यटकको लागि कोठाको अभाव हुने अवस्था रहेको बताइएको छ ।

सौराहमा रहेका ११० होटलहरु आन्तरिक तथा बाहिर्य पर्यटकले भरिएको क्षेत्रिय होटल संघ चितवन, सौराहाका महासचिव राममणि खनालले बताएका छन । उनका अनुसार त्यहाँ करिव करिव १५.२० प्रतिशत बाह्य पर्यटक रहेका छन् ।

खनालले भने–‘सबै होटेलहं आन्तरिक पर्यटकले होटल भरिभराउ भएका छन, आइतबार साँझ आएका कतिपय पर्यटकहरुलाई कोठा पाउनसमेत समस्या परेको व्यवसायीहरुले बताएका छन्।’

नेपाल आउने बाह्य पर्यटकमा यस पटक सबैभन्दा बढि भारतबाट आएको उनी बताउँछन । अन्य तेस्रो मुलुकका पर्यटक पनि आएको उनले बताएका छन ।

उनले गएराती १२ बजेसम्म सौराहामा विभिन्न सांगितिक कार्यक्रमको रमाईलो गरिएको बताए । त्यहाँ गायक,गायिकाहरु रामचन्द्र काफ्ले, जूनु रिजाल, डिवी लोप्चनले गीत गाएर मनोरञ्जन गराएका थिए। गएराती सौराहाको राप्ती किनारमा रहेको पव रेष्टुरेन्ट पर्यटकले खचाखच थियो भने यहाँका ठुला होटल आफैंले पनि सांगितिक कार्यक्रम आयोजना गरेर पर्यटकलाई मनोरञ्जन प्रदान गरेका थिए।