चलचित्र विकास बोर्डलाई ज्ञापनपत्र: राष्ट्रिय चलचित्र निती कार्यान्वयन गर्न माग

आर्थिक मसान्तपछि बक्स अफिस लागू हुने

काठमाण्डौं । नवनियुक्त चलचित्र बिकास बोर्डको अध्यक्ष निकिता पौडेललाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिंदै चलचित्र निर्माता संघ नेपालले आज बिभिन्न मागसहित ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा चलचित्र क्षेत्रको विकासका लागि महत्वपूर्ण विषयहरू मागका रूपमा राखिएको संघका अध्यक्ष तथा चलचित्र निर्माता नवल खड्काले हरपल नेपालसँगको कुराकानीमा बताएका छन ।

संघले राष्ट्रिय चलचित्र निती कार्यान्वयन गर्नुपर्ने, बक्स अफिस अबिलम्ब लागू गर्नु पर्ने, निर्माताले स्वतन्त्र रुपमा व्यापार गर्न पाउने अधिकारमाथी अंकुश लाउने कुरा तुरुन्त बन्द गर्नुपर्ने लगायतका मागहरू अघि सारेको छ ।

ज्ञापनपत्र बुझ्दै नवनियुक्त बोर्डकी अध्यक्ष निकिता पौडेलले आगामी बैशाखसम्म इ–टिकट सम्पूर्ण हलमा लागू गरिसक्ने, आउने आर्थिक मसान्त पछि बक्स अफिस लागू हुने र चलचित्र दर्ता गर्दा कुनै पनि संघ संस्थाको अब उप्रान्त सिफरिस नचाहिने प्रतिबद्धता जनाइन ।

संघका अध्यक्ष खड्काको नेतृत्वमा लय सङग्रौला, उदय सुब्बा, किसान पोख्रोल, मनोज श्रेष्ठ, कृषा चौलागाईं, निरज ढकाल, निर्मल लामा, मदन कुमार इङनाम, शिवम अधिकारी, किरण थापा, गुणराज श्रेष्ठ सहितको टोली बिकास बोर्डमा ज्ञापन पत्र बुझाउन गएको थियो ।