संवैधानीक प्रावधान अनुसार प्रदेशसभाको बैठक बस्न सकेनः बैठकका लागि ११ दिन मात्र बाँकी

तीनवटा प्रदेश प्रमुखले मात्र बैठक बोलाए, चारको अन्यौलतामा

काठमाडौं । निर्वाचनको नतिजा सार्वजनिक भएको २० दिनभित्र प्रदेश बैठक बस्न पर्ने प्रावधान रहेकोमा हालसम्म जम्मा तीन वटा प्रदेशका प्रमुखहरूले मात्र प्रदेश सभाको पहिलो बैठक बोलाएका छन्।

कतिपयले राष्ट्रिय सभाको निर्वाचन वरपर बैठक राख्नु अघि राजनीतिक परामर्श गरिरहेको बताएका छन्। पहिलो बैठकपश्चात प्रदेश सभामुख र उपसभामुखको निर्वाचन र प्रदेश सरकार बनाउने बाटो खुल्ने संवैधानिक प्रावधान रहेको छ।

संवैधानिक प्रावधान अनुसार पहिलो बैठक बस्न अब ११ दिनमात्र बाँकी रहेको छ। तर हालसम्म प्रदेश नम्बर दुई, तीन र चारले बैठकबारे सूचना जारी गरेका छन्।

प्रदेश दुईले माघ २१ गते, प्रदेश नम्बर तीनले १८ गते र प्रदेश नम्बर चारले २२ गते बैठक बोलाएका छन्। बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभापुखको निर्वाचन १५ दिन भित्र गरिसक्नु पर्ने प्रावधान समेत रहेको बतायएको छ ।

प्रदेश नम्बर चारका प्रमुख बाबुराम कुँवरले भने, प्रदेश सभामा प्रतिनिधित्व गर्ने सभासदहरूको त्यो पहिलो संवैधानिक र कानूनी बैठक हो। त्यसपछि संसदको काम शुरु हुन्छ र त्यस बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभापुखको निर्वाचन १५ दिन भित्र गरिसक्नु पर्छ।

यस्तै प्रदेश नम्बर पाँचका प्रमुख उमाकान्त झा भने उनको प्रदेशको पहिलो बैठकको मिति तोक्न राजनीतिक परामर्शमा लागेको बताउँछन्।

उनले भने, त्यो बैठकदेखि संसदको काम चालु हुन्छ, कार्यतालिका सुचारु हुन्छ। त्यसको १५ दिन भित्र सभामूख, उपसभामूखको निर्वाचन पनि हुन्छ।

अन्य केही प्रदेशका प्रमुख भने कर्मचारीको अभाव भएकोले बैठकको मिति तोक्न अप्ठेरो परेको बताउँछन्। यसरी पहिले बैठक बस्ने प्रदेशमा पहिले सरकार बन्न सक्ने देखिन्छ।

प्रदेश प्रमुख नियुक्त गर्न आनाकानी गरिरहेको सरकारले माघ ३ गते सातवटै प्रदेशका प्रमुख नियुक्त गरेको थियो। त्यसको भोलिपल्ट निर्वाचन आयोगले प्रदेशसभा चुनावको समानुपातिक तर्फको नतिजा सार्वजनिक गरेको थियो। बीबीसीबाट