हेर्नुहोस् यस्ता छन्, तीन करोड नेपालीले छोडेका साँडेंका कुरा

रगत चुस्ने जुका जस्ता जनता लुट्ने कुरा यस्ता

-रातारात स्विजरल्याण्ड बनाउँने कुरा कस्ता !
तीन करोड नेपालीले छोडेका ६०१ साँडेंका कुरा कस्ता !!

-गौतमबुद्ध, सगरमाथा अनि भृकुटीले देशभित्र,
हत्या, हिंसा, बलात्कार फुटी जाने चुरा कस्ता !!

-जनताको रगत चुस्दै महलमा बस्नेहरु !
आन्दोलनमा विदेश पस्दै कुरा गर्छन सुरा कस्ता !!

-केस फुले, दाँत झरे, आँखा देख्न छाडिसकें !
देश बनाउँछु भन्छन अझै दुधें बालक झैं भुरा कस्ता !!

-बाढिपहिरो डुवानसँगै धुलाम्य छन बाटा घाट !
सिन्कोसम्म भाँच्ने होइनन्, बोलीमा चै छुरा कस्ता !