अज्ञात समूहको गोली प्रहारबाट बुटवलमा एकको मृत्यु

अझै खुल्न सकेन घटनाको कारण

काठमाडौं। बुटवल उपमहानगरपालिका १ मैनाबगरमा गएराति अज्ञात समूहले गोली चलाउँदा एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार हिजो राति करिब सवा नौं बजेंतिर गोली चलेको थियो ।

अज्ञात समूहले चलाएको गोली लागेर भारतीय मूलका ४० वर्षीय व्यवसायी फिरोज खानको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु भएका खान मैनाबगर स्थित अटो भिलेजमा कायृरत थिए ।

अज्ञात समूहको गोली प्रहारबाट घाइते खानलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । प्रहरीका अनुसार उनीमाथि गोली किन र कस्ले चलाएको भन्ने अझै खुल्न सकेको छैन ।