हेर्नुहोस्, मध्य तथा सुदुरपश्चिमको संस्कृति झल्कने, युवा गायक रुपक परियारको प्रस्तुती

अछाम । कला, साहित्य र संगीतको क्षेत्रले सबैको मन तानेको हुन्छ । त्यसमा पनि मध्य तथा सुदुरपश्चिम क्षेत्रको विविध संकृति झल्कने नृत्य, गीत संगीतहरुको आफ्नै खालको महत्व रहेको छ ।

धेरै प्रचारमा नआएपनि त्यहाँको कला र संकृतिको विकासका लागि पछिल्लो चरणमा स्थानीय संघ, संगठन र निकायहरु जुट्दै समेत गएका छन । सुदुरपश्चिमको अछाम जिल्ला आसपासमा प्रचलित रहेको देउडा, हुड्के, होरी, पुतला जस्ता विभिन्न भाकाहरुलाई जोडेर युवा गायक रुपक परियारले नयाँ गीत बजारमा ल्याउने तयारी गरेका छन ।

गायक परियार नयाँ पुस्ताको माग अनुसार अछामी संस्कृतीलाई फरक ढंगले संगीतमा ढाल्नुपर्ने बताउछन ।

उनले बजारमा केही समयपछि ल्याउने तयारी गरेको हाम्रो संस्कृति बोलको उक्त गीत गायर सुनाएका छन । बाँकी गीतबाट