मनोरञ्जन लिन र रमाउँनका लागि याद गर्नुहोस्, जेठ १७ गते आउँदैछ ‘काउसो’

फिल्मले दर्शकको मन जित्ने निर्देशक घिमिरेको विश्वास

काठमाडौं । लामो समयको प्रतिक्षापछि मनोरञ्जनात्म कला शैलिमा तयार भएको नेपाली चलचित्र ‘काउसो’ दर्शकहरु माझ जेठ १७ गते आउने निश्चित भएको छ ।

यसअघि वैशाख २० गते सार्वजनिक गर्ने भनिएको उक्त चलचित्र केही हप्ता पछाडि सार्नु परेको भन्दै निर्देशक घिमिरेले जेष्ठ १७ गते निम्तो गर्दै त्यस्तो घोषणा गरेका हुन ।

महसञ्चारले निर्माण गरेको फिल्म दाल भात तरकारी काउसोको पूर्वघोषित मितिमा आएकाले काउसोले अघिल्लो प्रदर्शनको मितिमा हेरफेर गरेको बुझिएको छ ।

पछिल्लो घोषित मितिमा भने उक्त चलचित्र प्रदर्शनमा हेरेफेर नहुने समेत बताइएको छ । काउसोको निर्देशन मदन घिमिरेले गरेका हुन । निर्देशक स्वयंको कथावस्तुमा फिल्म बनेको छ ।

त्यसको पटकथा तथा संवाद भोजराज देवकोटाले लेखेका छन भने विकास चौधरीको संगीत, शंकर महर्जनको द्वन्द्व, विक्रम स्वाँरको नृत्य फिल्ममा रहेको छ ।

अर्नभ फिल्मस प्रोडक्सन प्रालिको प्रस्तुतिमा तयार पारिएको फिल्ममा सविन श्रेष्ठ, अर्जुन गुरुङ, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र अधिकारी, नविन आचार्यलगायतका कलाकारहरुले कलात्मक अभिनय गरेका छन ।

अर्नभ बस्नेत प्रस्तुतकर्ता रहेको फिल्म कमेडी जनरामा निर्माण भएको निर्देशक घिमिरेले बताएका छन् ।

सिताराम तिमल्सिना ज्याक र भगवान खत्री निर्माता तथा अन्चिला केसीको कार्यकारी निर्मातामा बनेको उक्त चलचित्रमा रामेश्वर हुमागाइँको छायांकन, नविन निरौलाको सम्पादन रहेको छ ।

उक्त फिल्मको उपत्यका भित्र वि.के फिल्मस् र उपत्यका बाहिर एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ । फिल्म जेष्ठ १७ गते भव्य रुपमा प्रदर्शन गर्ने तयारी निमार्ण समूहले गरेको छ ।

निर्देशकका अनुसार उक्त फिल्म कमेडी तथा हाँस्यव्याङ्य शैलीमा तयार पारिएको छ । फिल्मले दर्शकलाई भरपूर मनोरञ्जन दिने घिमिरको विश्वास रहेको छ । उनले सबैलाई १७ गतेको लागि निम्तो समेत दिएका छन ।