मलेसियाका तीन स्थानमा ‘दिमालुङ कन्सर्ट–३’ को भव्य तयारीः कलाकारहरुको बेजोड प्रस्तुती हुने

कार्यक्रम जुन ५, ६ र ७ तारेखमाः फरक फरक स्थानमा

मलेसिया । हरिरायको अवसर पारेर सुन्दर मलेसियाका विभिन्न स्थानहरुमा ‘दिमालुङ कन्सर्ट-३’ नामक साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

मलेसियाका प्रमुख तीन शहरहरु जोहोरबारु, मलाक्का र बातुपहाड लगायतका स्थानहरुमा किराँत यायोक्खा क्षेत्रीय समिती जोहोर र जनसंघर्ष युवा मञ्चको संयुक्त आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो ।

दिमालुङ कन्सर्ट-३ ‘२०१९’ नाम दिइएको उक्त सांगीतिक कार्यक्रममा पाँच जना नेपालका चर्चित कलाकारहरुले दर्शकलाई साँगीतिक प्रस्तुती मार्फत मनोरञ्जन दिने भएका छन ।

आयोजकले कार्यक्रममा सहभागिताका मलेसियाका सम्बन्धीत क्षेत्रमा रहेका सम्पूर्ण नेपालीहरुमा अनुरोध गरेको छ । उक्त कार्यक्रमको अन्तिम तयारी भैरहेको समेत आयोजकले जनाएको छ ।

आयोजकले जुन, ५ तारिखमा जोहोर बारुको न्युयोर्क होटेलको हलमा, जुन ६ तारिखमा मलाक्काको Skj (C) pay teck हल ओसिएनमा र जुन ७ तारिखमा Sjk चाईनिज स्कुल हल बाटुपाहाटमा उक्त सांगीतिक कार्यक्रम हुने बताएको छ ।

उक्त कार्यक्रममा नेपाली लोकप्रिय कलाकारहरु राजेश पायल राई, चर्चित गायिका टीका प्रसाई, नेपाल आईडल सिजन एकका सेकेन्ड रनर अप गायक निशान भट्टराई, त्यसैगरी हाँस्य कलाकार फुलन्दे कि आमा (उमेश राई), मोडल आरुशी मगर लगायतको बेजोड प्रस्तुती रहने आयोजकको भनाई छ ।

उक्त कार्यक्रममा नेपालका चर्चित कालाकारका साथै प्रवासमा रहेका अन्य स्थानीय नेपाली कलाकारहरुको समेत प्रस्तुति रहने उक्त कार्यक्रमका संयोजक श्री राईले जनाएका छन ।

आयोजकले कार्यक्रम सम्बन्धी केही जानकारी लिनुपरेमा निश्चल राई 011 62054417, प्रदिप राई 013 3717240, ग्याबिन्द्र राई 010 9159818 लगायतलाई सम्पर्क गर्न सकिने समेत बताएको छ ।

उक्त कार्यक्रकको लागि दृष्टि मिडिया नेटवर्क प्रालि काठमाडौंबाट प्रकाशित अनलाईन सञ्चार माध्यम (www.harpalnepal.com), ग्लोबल खबर लगायतले मिडिया पार्टनरको रुपमा भूमिका खेलेका छन ।

त्यस्तै उक्त कार्यक्रमको प्रमुख प्रायोजकको रुपमा गोर्खाली रेस्टुरेन्टका प्रोपाईटर मोहोन राई र मलेसियाका प्रतिष्ठित कम्पनी (sponsor U mobile), सिटि एक्स्प्रेस मनि ट्रान्सफर आदि रहेको बुझिएको छ ।