निर्वाचनको औपचारिक मत परिणाम नआउँदै मोदीलाई ओलीको बधाई

मिलेर काम गर्न तत्पर रहेको उल्लेख

काठमाडौं । भारतीय लोकसभा निर्वाचनको मतगणनाको प्रकृया औपचारिक रुपमा नसकिदै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय जनता पार्टीका अध्यक्ष समेत रहेका भारतीय समकक्षी नरेन्द्र मोदीलाई बधाई ज्ञापन गरेका छन ।

प्रधानमन्त्री ओलीले आज एक ट्विट गर्दै मोदीलाई बधाई दिएका हुन । उनले आज ५ः१३ बजे त्यस्तो ट्विट लेखेका छन । उनले ट्विट मार्फत मोदीलाई लोकसभा चुनावमा विजयी भन्दै बधाई दिनुका साथै नेपालसँगको सम्बन्धका विषयमा समेत उल्लेख गरेका छन ।

उनले मोदीको विजयीसँगै नेपाल भारतबीचका आपसी हितका पक्षमा मिलेर काम गर्न तत्पर रहेको समेत उल्लेख गरेका छन ।

भारतीय निर्वाचनको मत परणाम औपचारिक रुपमा सार्वजनीक नहुँदै मोदीको पार्टीलाई ब्यापक समर्थन रहेको भन्दै धेरैले शुभकामना तथा बधाई दिएका छन। उनले लेखेको ट्विट यस्तो छ ….