हेर्नुहोस्, गायक शम्मु राईले ‘मायाको गाँठो मनले फुकाइदेउ’ भनेपछि यस्तो भनिन् देशु सुहाङले….

इटहरी । नेपाली साँगीतीक दुनियाँमा बरिष्ठ गायक तथा संगीतकार शम्भु राईसँग अपरिचीत मानिस सायद कमै होलान । गायक राईका हृदय स्पर्शि गीतहरु धरैको मन मगजमा गुञ्जिरहेको विश्वास गर्न सकिन्छ ।

मायाँ प्रेम, बिछोड, एक्लोपना, देश, जनता र तमाम समस्याहरुका विविध पक्षको गहिराईमा पुगेर त्यसलाई आफ्नो गायन कला मार्फत उतार्न सिपालु छन गायक शम्भु राई । उनका अधिकाशं गीतहरु लोकप्रिय छन । उनको चर्चा सदाबहार चल्ने गरेको छ ।

गायक शम्भु राईले हालै धरानमा सम्पन्न एक कार्यक्रममा दिएको प्रस्तुतीले पनि उनको निरन्तर लोकप्रियताको अवस्थालाई पउजागर गर्यो ।

गायक राई जब सैनीक भवन धरानमा सम्पन्न उक्त कार्यक्रमको मञ्चमा पुगेर गायीका देशु सुहाङ नेम्वाङलाई साथ दिनको लागि बोलाए, दर्शकहरुले अत्याधिक स्वागत गरे ।

राईले आफ्नो गीत मार्फत ‘मायाको त्यो गाँठो मनले फुकाइदेउ…’ व्यक्त गरेपछि उनलाई साथ दिर्दै गायिका सुहाङले समेत त्यो बाचा पुरा गर्दै स्वरमा साथ दिइन । उनीहरुको संयुक्त प्रस्तुतीमा दर्शकहरुले निक्कै रमाउने मौका पाएँ ।

दर्शकहरुको निरन्तर साथ र हौसला प्रस्तुतीको अन्त्यसम्म उनले पाएँ । उक्त गीत राई र सुहाङको स्वरमा ‘रुमाल सुकाइदेउ’ नामको एल्बममा यसअघि नै बजारमा आएको हो । बाँकी उनीहरुको प्रस्तुती भिडियोमा हेर्नुहोस्….