इच्छुक साँस्कृतिक प्रतिष्ठानद्धारा विभिन्न विधामा चार स्रष्टाहरु सम्मानितः भिडियोसहित हेर्नुहोस्

निरन्तर देश र जनताको आजाज रचनामा उतार्ने स्रष्टाको प्रतिबद्धता

काठमाडौं । इच्छुक स्मृति तथा बलिदान दिवसको अवसरमा आयोजित एक भव्य कार्यक्रमबीच देश र जनताको पक्षमा साहित्य सिर्जना गर्ने विभिन्न चार जना स्रष्टाहरु सम्मानीत भएका छन ।

इच्छुक सांस्कृतिक प्रतिष्ठानले हिजो आफ्नै भवनमा आयोजना गरेको १७ इच्छुक स्मृति तथा बलिदान दिवस विशेष कार्यक्रमबीच विभिन्न विधाका स्रष्टाहरुलाई सम्मान गरिएको हो ।

आफ्नो स्थापनाको हरेक बर्ष इच्छुक स्मृति दिवसको दिन पारेर स्रष्टाहरलाई सम्मान गर्दै आएको प्रतिष्ठानले यस वर्ष पनि एक लाख राशीको इच्छुक स्मृति पुरस्कार दुई जनालाई र पच्चिस हजार राशीको इच्छुक प्रतिभा पुरस्कार (इच्छुक कला पुरस्कार र इच्छुक साहित्य पुरस्कार) दुई जनालाई वितरण गरेको छ ।

यस बर्षको इच्छुक स्मृति पुरस्कार चितवनका साहित्यकार ईश्वरी ओझा र काभ्रेपलाञ्चोकका साहित्यकार प्रभात सापकोटालाई संयुक्त रूपमा प्रदान गरेको छ ।

त्यसैगरी कलातर्फको इच्छुक प्रतिभा पुरस्कार मकवानपुरका गीतकार, सङ्गीतकार तथा गायक आरोह नेपालीलाई प्रदान गरिएको छ भने साहित्यतर्फको प्रतिभा पुरस्कार कास्की निवासी कवि कल्पना चिलुवाललाई प्रदान गरिएको छ ।

उक्त पुरस्कार इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष इश्वरचन्द्र ज्ञवाली र प्रतिष्ठानका संरक्षक समेत रहेका नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य ‘चैतन्य’ ले संयुक्त रुपमा वितरण गरेका थिए ।

सम्मानीत स्रष्टाहरुले सम्मानले आफुहरुलाई अझ सशक्त रुपमा देश र जनताको पक्षमा कलम चलाउने प्रेरणा मिलेको बताएका थिए ।

स्रष्टारुले आफ्ना सिर्जनाहरुमा समाजको यथार्थता उत्रार्दै समाजिक रुपमान्तरणमा भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा वरिष्ठ सौन्दर्य चिन्तक तथा दार्शनिक ‘चैतन्य’ प्रमखु आतिथ्यता गरेका थिए भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव मित्रलाल पंज्ञानीले गरेका थिए ।

उकत कार्यक्रममा निनु चापागाईं, प्राडा ताराकान्त पाण्डेय, आहुती, नरेन्द्रजंग पिटर, सहिद कृष्णसेन इच्छुककी धर्मपत्नी तथा छोरीको समेत आतिथ्यता रहेको थियो ।