चितवनमा निर्माण हुन लागेको गौतमवुद्व अन्तराष्ट्रिय रंगशाला विवादवारे….

‘निर्माण कार्य जनताको पहरकदमी र स्वामित्वसँग जोड्नुपर्छ’

अशोक शर्मा

धुर्मुस सुन्तोली फाउन्डेसनद्वारा चितवनको रामपुरमा निर्माण हुन लागेको गौतमवुद्व अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रियाको प्रारम्भमै स्थानियवासी जनसमुदायसंगको विवादमा मात्र परेन जनप्रतिरोधको निसानामा समेत पर्यो। यो स्थितिमा एकातिर जनताको वसोवासलाई रंगशाला बनाउने नाममा आघात नपुर्याउने गरी रंगशालालाई स्थानीय जनताको साथ समर्थन र सहयोगमा सम्पन्न गर्नु आवस्यक छ। त्यसका लागि एक, विकास निर्माणको प्रमुख दाइत्ववाट राज्य भाग्नु हुदैन। जनताको कर र पसिनामाथि ब्रम्हलुट मच्चाएर कथित विकास निर्माणको नाममा राष्ट्रका कलाकारहरुलाई चन्दा उठाउन उर्दी जारी गरी विवादित बनाउने यो भ्रष्ट र नालायक सरकारको जति निन्दा गरे पनि कमै हुन्छ। किन कि दुईवटा वाईटवडि जहाज किन्दा साडे चार अर्व भ्रष्टचार गर्ने नालायक सरकारले जावो तीन अर्व रकम रंगशाला निर्माणमा लगानी गर्न वा बजेट छुट्याउन नसकेर चन्दाको धन्दा चलाउन आवस्यक र जरूरी दुबै थिएन।

दुई, जनताका आधारभुत कुराप्रति राज्य जिम्मेवार भई उनीहरुका समस्या समाधान गरी निर्माण कार्य अगाडि बडाउनु पर्नेमा राज्यको उदासिनता र गैरजिम्मेवारी कार्यमाथि पर्दा हालेर अन्ततः रंगशाला निर्माणको जस आफूले लिने योजनामा स्वयम महानगरपालिका लागेर धुर्मुस सुन्तोली फाउन्डेसनलाई विवादित वनाएर आफू पानीमाथिको ओभानु बन्ने महानगर र राज्यपक्षको कृत्य दुःखद र भर्सनायोग्य मात्र होईन विकासविरोधी समेत देखिन्छ। यसमाथि पर्दा हाल्न सर्वसाधारण जनतालाई धर्पकड गर्ने मुद्दा चलाउने र जेल हाल्ने जस्त जनतालाई ञञचाहिदाको भाडो नचाइदाको ठाडोू बनाएर गरीने राज्य आतंक र षड्यन्त्रकारी कार्यले यो समस्याको किमार्थ समाधान निस्कन नसक्ने तथ्यप्रष्ट छ।

तीन, जनता सार्भभौमसत्ता सम्पन्न हुने भएको हुदा विकास जनताभन्दा सर्वोपरी हुन सक्दैन तसर्थ जनताका जायज मागलाई संवोधन गर्न सकिने पर्याप्त आधार हुदाहुदै एकातिर जनताको वसोवासलाई दखल पुर्याउने गरी वनाएको कुनै पनि नियतलाई जनताले मान्न वा स्यीकार गर्न तयार छैनन भने अर्कातर्फ दलालहरुसंगको मिलेमतोमा वालुवाटार, ललितानिवास सुल्लामन्च लागायतका सार्वजनिक जग्गा आफ्ना कार्यकर्ता र नेतालाई दिलाउन लाजै नमानी तयार हुने वर्तमान दलाल सत्ता र सरकारलाई जनताको वसोवास र स्थाइत्वमाथि आखा लाउने र हस्तक्षेप गर्ने कुनै नैतिकता र अधिकार रहदैन । तसर्थ यदि रंगशाला वनाउने नै हो भने रंगशालालाई आवस्यक जग्गा राज्यले उपलब्ध गरी स्थानिय जनताका न्यायपूर्ण मागलाई सम्वोधन गर्नु पर्छ र जनतासंग सहकार्यको विस्वासयोग्य वातावरण वनाउन जरुरी छ।

त्यसका लागि पक्राउ परेका जनतालाई विनासर्त रिहा गरी वार्ता छलफलद्वारा समस्याको समाधान निकाली स्थानिय जनताको पहरकदमी, स्वामित्व र उतरदाइत्व संग रंगशाला निर्माणको कार्यलाई जोड्नुपर्छ। नत्र जनताको वृहत्तर हित र जनसरोकारसँग नजोडि केहि मुठ्ठीभर लोभीपापी मान्छेको योजना र स्वार्थसंग मात्र जोड्ने कुराले र व्यापक जनसमर्थन र जनसहभागीता विना फेरी पनि रंगशाला निर्माण कार्य सुचारुरुपले अगाडि बड्न नसक्ने निश्चित छ। यसकारण यो तथ्यप्रति सचेत भएर अगाडि बड्नु न्यायोचित युक्तिसंगत र आवस्यक छ भन्ने वास्तविकताप्रति सचेत भएर अगाडि बढ्नु नै यतिवेलाको प्रमुख आवश्यकता हो।

(लेखक शर्मा, नेकपा क्रान्तिकारी माओवादी चितवनका नेता हुन । उनी समाजसँग जोडिएका विभिन्न पक्षको बारेमा कलम चलाउने गर्दछन ।)