सामाजिक पुँजी र आर्थिक विषयः ‘पर्स, पैसा र इमान्दारिताको चित्रण’

मानवीय नैतिकता र निचतावादी प्रवृति

भरत पोखरेल

अहिलेका मानिसहरूको सोच स्वार्थी, नैतिक पतन, अरुको वास्ता नगर्ने, र पाएसम्म अरुको लुट्ने प्रवृति रहेको भनिन्छ तर हालै ४० देशका ३५५ सहरहरूमा १७,३०३ मानिसहरूमा गरिएको एउटा अनुसन्धानले विश्वका मानिसहरू सोचेजस्तो खराब नरहेको पाइएको छ । सामाजिक पुँजी र आर्थिक विकासका लागि नागरिक इमान्दारिता देखिएको छ ।

अनुसन्धान कर्ताहरूले प्लास्टिकका पारदर्शी पर्स बनाए, त्यसमा स्थानीय भाषामा व्यवसायी परिचयपत्र, इमेल, केही पर्सहरूमा १३.४५ अमेरिकी डलर बराबरको स्थानीय मुद्रा, थप केही देशहरू अमेरिका, संयुक्त अधिराज्य र पोल्यान्डमा ९४.१५ अमेरिकी डलर बराबरको स्थानीय मुद्रा राखियो । धेरैजसो पर्समा साँचो पनि थपिएको थियो । हरेक देशका ठूला पाँचदेखि आठ सहरमा ४०० सर्वे भएका थिए । पर्सहरु बैंक, मल, म्युजियम, नाचघर, हुलाक, होटेल, प्रहरी कार्यालय, अदालतहरूमा राखिएका थिए ।

स्वीटजरल्यान्ड, नोर्वे, निदरल्यान्डस, डेनमार्क र स्वीडेनमा पर्स फिर्ताको दर बढी ६५ प्रतिशत थियो । पोल्यान्ड र चेक रिपब्लिक माथिकै हाराहारीमा थिए भने अष्टे«लिया, क्यानाडा र अमेरिका थोरै तल थिए । फिर्ता गर्नेमा धार्मिक आस्था भन्दा इमान्दारिता भनिएका स्वीडेन, डेनमार्क, नर्वेको ७५ प्रतिशत थियो भने पेरु, मोरक्को र बंगलादेशका मानिसहरूमा धार्मिक आस्था ८० प्रतिशतभन्दा माथि देखियो तर पर्स २५ प्रतिशतभन्दा कमले मात्र फिर्ता गरेका थिए ।

महिलाहरूको पर्स फितागर्ने प्रतिशत पुरुषभन्दा दुई प्रतिशत बढी देखियो अर्थात् महिलाहरू पुरुषभन्दा इमान्दार देखिए । पैसा भएका पर्स पैसा नभएका भन्दा बढी फिर्ता आएका थिए । पैसा नभएका ४६ प्रतिशत पर्स फिर्ता भएका थिए । १३.४५ डलर बराबर भएका ६१ प्रतिशत पर्स फिर्ता भएका थिए र ९४.१५ डलर बराबर भएका ७२ प्रतिशत पर्सहरू फिर्ता भएका थिए । यो अनुसन्धानले विश्वमा अझै पनि सामाजिक दायित्व, मानवीय नैतिकता मानिसहरूमा उच्च रहेको देखाएको छ ।

(लेखक पोखरेल त्रिविका कर्मचारी हुन । उनी सामाजिक सचेतना जगाउने विषयमा लेख, रचनाहरु लेख्ने गर्छन ।)