सामाजिक सञ्जालमा प्रचण्डलाई पूर्व जनमुक्तीसेनाको चेतावनीपूर्ण पत्रः हेर्नुहोस्

सत्ताँको चस्मा खोलेर हेर्न सुझाव

सम्माननीय पूर्वप्रधानमन्त्री तथा
नेकपाका अध्यक्ष पुस्पकल दाहाल प्रचण्ड ज्यू !

आम नेपाली आमाका छोराछोररीलाई परिबर्तनको ठूलो सपना देखाएर १० बर्षे जनयुद्धमा कापि–कलम बोक्ने कलीला हातहरुमा जबर्जस्ती अन्तरास्ट्रिय कानुन बिपरित बन्दुक बोकाएर लड्नु सिकाउनुभयो । ति बालकहरुको के दोष थियो ? लड्नु लगाउनुभयो लड्यौं, सेना समायोजन र शान्ती प्रकृयाको नाममा अस्थाइ माओवादी सिविरमा कथित बिदेशी (युएन) लाई बोलाएर प्रमाणीकरण गर्न लगाउनुभयो ।

     प्रचण्ड ज्यू, आफ्नो मुलुकको समस्या समाधान गर्ने दायित्व त्यहि राज्यको होइन र ? किन बिदेशीलाई गुहार्नुभयो, जाबो सेना समायोजनको प्रकृयालाइ टुङ्गाउन ? २०५२ सालको जनयुद्ध थालनी गर्दा, ति बिदेशीहरुकै ईसारामा उहाँहरुकै आदेशमा गर्नु भएको त होइन ? यदि उनीहरुकै परिचालनमा आदेशमा भएको जनयुद्ध थियो भने किन ४००९ जना बालबालीकालाई योग्य देख्नुभयो र लडाउनुभयो ? शान्ती प्रकृयामा आइसकेपछि तपाईलाई प्रधानमन्त्रीको कुर्सीसम्म नपुराउन्जेलसम्म योग्य देख्नुभयो भने, तपाइलार्इ कुर्सीसम्म पुराइ सकेपछी कसरी अयोग्य देख्नु भयो ? यति मात्रै होइन १७ हजार सहिद भएका छन् भने १२ हजार अङ्गभङ्ग भएका छन् । हजारौको संख्यामा बेपत्ता भएका छन्, खोइ त समस्याको समाधान गर्नु भएको ?

      १७ हजार सहिदको रगत र पसिनामाथी होली खेल्दै १२ हजारौलाई घाइते बनाउनुभयो । हजारौलाइ बेपत्ता पार्नुभयो, खोइ सहिद परिवारको सपनालाई पुरा गरेको ? खोई घाइते अपांग भएका योद्धाहरुलाई सहि ढंगले उपचार गरि समाजमा ब्यवस्थापन गर्नुभएको ? खोइ हजारौ बेपत्ताहरुको छानबिन गरि सत्यतथ्य विवरण सार्बजनिक गर्नु सक्नु भएको ? अब तपाई जस्ता गद्दार नेतासंग हामीले के अपेक्षा गर्ने ? तपाईहरुबाट हाम्रो गुमेको अधिकार सजिलै नपाउने भैसकेपछि कानुनी बाटोलाई प्रयोग गरेर हामी आफ्नो अधिकारको लागी लडिरहदा आज आएर तपाईको नजरमा हामीलाई शान्ती विरोधी, परिवर्तन विरोधी देख्नु भयो । तपाईको आँखा कमजोर भएको रहेछ, राम्रोसँग चेकअप गरेर चस्मा लगाउनु होला ।

      प्रचण्ड ज्यू, तपाईको सिघ्र स्वस्थ्य लाभको कामना पनि गर्दछु। यो मुलुकको एउटा जिम्मेवार पदमा बसिरहदा मन लाग्दी बोल्दै बस्ने कि अधुरो शान्ती प्रकृया पुरा गर्ने कामतिर अगाडी बढ्ने ? यो विषय नेपालबाटै हल नगरे तपाईलाई ३ महिना भित्र अन्तरास्ट्रिय अदालत हेक लगेरै छोड्छौ । कुनैपनि हालतमा हामीमाथी भएको अन्यायको बिरुद्धमा कानुनी लडाइ लडेर हाम्रो अधिकार सुनिश्चित गरेरै छाड्छौ । कसैले रोकेर रोक्न सक्दैन, प्रचण्ड ज्यू, तपाई भ्रममा नपर्नुस् हामी कसैको परिचालनमा अगाडी बढेका छैनौ । हामी आफ्नै गुमेको अधिकार खोजी रहेका छौ, हामिहरुलाई अधिकारबाट बन्चित गराउनु भएको छ। भने त्यही अधिकार सुनिश्चित गर्नुको निम्ती लडिरहेका छौ। अझै पनि केहि बिग्रिएको भत्किएको छैन, यो समस्या समाधान गर्न ४ वटा महत्त्वपूर्ण सुझाब दिनु चाहान्छु ।

१) यो समस्या समाधान नेपालबाटै गर्ने हो भने तपार्ह रु गम्भिर र जिम्मेवार बन्नुस।
२) कुनै छलछाम सड्यन्त्र नगरी जायज माग सम्बोधन गर्न वार्ताको तयारी गरी समाधान गर्ने बाटो तय गर्नुहोस।
३) हामी आफ्नो गुमेको अधिकार मागेर शान्तिपुर्ण ढंगले कानुनी लडाइ लडिरहदा तपाईले हामीमाथी लगाएको आरोप प्रतिआरोप सबै झुट हो । यो झुटको खेती गर्न बन्द गर्नुहोस।
४) हामिलाई यहि मुलुकबाट न्याय पाउनेगरी ग्यारेन्टी गरिदिनुस् । हामी वार्तामा बस्न तयार छौ।

(यो चिठ्ठी लेख्ने थापा बहिर्गमित जनमुक्ती सेना नेपाल केन्द्रीय संघर्ष समितीका उपाध्यक्ष हुन । उनले सामाजिक सञ्जाल फेसबुकमा उक्त् पत्र लेखेका हुन ।)