अन्तर्राष्ट्रिय शक्ति संघर्षको चपेटामा श्रमिकवर्ग

अमेरिका साम्राज्यवादको नाइके

वर्तमान भूमण्डलीकृत विश्वमा साम्राज्यवादको मूल नाइके अमेरिकी साम्राज्यवाद आर्थिक, वित्तीय र औद्योगिक संकटको चरणमा छ । अमेरिकी युद्ध आधारित अर्थतन्त्र (War Economy) ले विश्वव्यापी संकटको सामना गरिरहेको छ । विश्वमा ठूलाठूला परिवर्तनहरु संकटको वीचबाट सम्बभ भएको छ, जस्तो जर्मन र फ्रान्सको युद्धबाट पैदा भएको संकटले पेरिस कम्युनको जन्म भयो, त्यस्तै पहिलो विश्वयुद्धको संकटमा रुसमा र दोश्रो विश्वयुद्धको संकटले चीनमा क्रान्ति सम्पन्न भयो । यी क्रान्तिले परिवर्तित विश्वको शैद्धान्तिक, राजनीतिक, आर्थिक, सामजिक, शैक्षिक, सामरीक र व्यवहारीक रुपमा विश्वलाई दुई ध्रुर्वमा बिभाजित गरायो । सन् १९४९ मा यूरोपमा सोभियत समाजवादको प्रभाव रोक्ने उदेश्यले अमेरिका र उ समर्थित पश्चिमा पूँजीवादी राष्ट्रहरुले नेटोको स्थापना गरेका थिए । त्यसको प्रतिकृया स्वरुप सन् १९५५ मा सोभियतसंघको नेतृत्वमा पूर्वी यूरोपेली कम्युनिष्टहरुले बार्सा प्याक्टको स्थापना गरे । नेटो र बार्सा–प्याक्टको स्थापनाले विधिवत रुपमा विश्वलाई दुई ध्रुवमा बिभाजन गर्नुको साथै शीतयुद्धको प्रारम्भ ग¥यो । वर्तमान एकधु्रवीय विश्व व्यवस्थामा प्रजातन्त्र र मानव अधिकारको आवरणमा यसलाई राष्ट्रिय स्वार्थपूर्ती गर्ने औजारको रुपमा प्रयोग गरिदै आएको छ । पश्चिमा पूँजीवादीको प्रजातन्त्र र मानव अधिकारको सक्कली तस्वीर इराक, अफगानिस्थान, लिविया, सिरिया, क्रिमिया, प्यालाष्टाईन, टर्की लगायतमा देख्न सकिन्छ । यी राष्ट्रमा भएको जनधनको क्षेति र राष्ट्रहरु विभाजनको संघारमा पुग्नुले साम्राज्यवादको प्रजातन्त्र, लोकतन्त्र र मानव अधिकारको खिल्ली उडेको छ । क्रिमिया र उक्रेनको विषयलाई लिएर अमेरिका र रुसबीच भएको पछिल्लो अन्तरविरोधले पून शितयुद्धको सम्भावाना बढेर गएकोछ ।

युक्रेनबाट क्रिमियालाई रसियामा गाभेपछि अमेरिका र उ समर्थित पश्चिमा पूँजीवादी देशहरुले रसिया बिरुद्ध कडा प्रतिबन्ध लगाएको छ । सन् २०१५ को जी – ८ को सम्मेलनले रसियालाई निलम्बन गर्नुको साथै रसियाली अधिकारीलाई अमेरिका र यूरोप प्रवेशमा रोक लगाएको थियो । त्यसबेला आर्थिक नाकाबन्धीले रसियाको मात्र होईन यूरोपीयन देशहरुको अर्थतन्त्रमा समेत नकरात्मक असर प¥यो । पश्चिमा पूँजीवादी राष्ट्रहरुले क्रिमिया र रसियामाथी विशेष महत्व राख्नु भनेको त्यहाँको सामरिक र भू–राजनैतिक महत्वको नै थियो । तत्कलीन समयमा सोभियत संघले क्रिमियामा नौ सैनिक अखडा स्थापना गरेको थियो । क्रिमिया तीनवटै महादेश यूरोप, अफ्रिका र एशिया जोड्ने रणनैतिक महत्वको सामरिक स्थान भएकोले अमेरिका र पश्चिमा पूँजीवादी राष्ट्रहरुको सैन्य संस्था नेटोको विशेष चासो रहने गरेकोछ । आर्थिक आकारको दृष्टिले रसियाको अर्थतन्त्र सानो भएपनि प्रचुर मात्रमा ग्यास, तेल र प्राकृतिक श्रोत साधनको कारण उसको अर्थत्रन्तमा खासै ठूलो असर गरेन । रसिया शैन्य दृष्टिले अमेरिका भन्दा कमजोर देखिए पनि अणविक हतियार र अन्तर–महाद्विपीय क्षेप्यास्त्रको संख्या नेटोको भन्दा बढि मौद्ज्याद छ । रसियाको अन्तर–महाद्विपीय क्षेप्यस्त्र प्रणालीलाई अमेरिकी प्रतिरोधी प्रणालीले समेत भेदन गर्न सक्दैन । घातक हतियारको दृष्टिले हेर्दा नेटो र रसियाबीचमा सन्तुलन देखिन्छ । रसियाको बिशाल भौगोलिक आकारको कारण उसले यूरोप, एशिया, उत्तर अमेरिका र सत्रूराष्ट्र बिरुद्ध शैन्य अखडा स्थापना गर्न सक्छ, तर अमेरिकालाई अन्य देशको सहयोग बिना असम्वभ छ । अमेरिकाले पृथ्वीको आर्विटमा स्थापना गरेको इन्रनेश्नल स्पेश स्टेशन स्याटलाईट प्राविधिमा आधारित छ, जस्को सहायताले सत्रूहरुको अवस्था, युद्धमैदान, हतियारहरु र आफ्नो देश बिरुद्ध भैरहेको शैन्य गतिबिधिको चेतवनी मात्र दिन सक्छ । शीतकालमा अमेरिका र रसियाले मात्र यस्तो प्राबिधिकको बिकास गरेकोमा हाल, चीन, उत्तरकोरिया, सिरीया समेतले नयाँ प्रतिरक्षात्मक प्रणालीको विकास गरिसकेका छन ।

रुस, चीन, उत्तर कोरिया र सिरियाले जर्मास, लेजर र साइवर हतियारको बिकासले अमेरिकाको स्याटलाईट अप्रेशनलाई असफल पार्न सक्छ । बिक्सको स्थापनाले नेटोलाई झनै ठूलो चुनौती थपि दिएको छ । बिक्सले ओगटेको क्षेत्रफल, जनसंख्या, वैज्ञानिक तथा प्राविधिक क्षमता, विश्वव्यापी प्रभाव र समर्थनको कारण अमेरिका र उ समर्थित पश्चिमा पूँजीवादी राष्ट्रलाई थप चुनौति श्रृजना गरेको छ । समकालीन विश्वमा अन्तर साम्राज्यवादी अन्तरविरोध उत्कर्षतिर अगाडि बढ्दैछ । जसको कारण ९० को दशकदेखि एकछत्र साम्राज्य कायम गरेको अमेरिकी नेतृत्व विरुद्ध युरोपियन यूनियन, अफ्रिकन यूनियन आसियान र सार्क लगायत विभिन्न क्षेत्रीय संगठनहरुमा विभाजित मत देख्न सकिन्छ । रुस, उत्तर कोरिया, चीन, सिरीया, क्यूवा, भेनेज्युएला लगायत ल्याटिन अमेरिकन, क्यारिबियन, यूरोपेली, एशियाली मुलुकहरु समेत अमेरिकी साम्राज्यवादको एक ध्रुबीय विश्व र अमेरिकी एकाधिकर नीतिलाई चुनौति दिई रहेका छन् । जसको कारण विश्व बहुध्रुबीय संघर्षतिर केन्द्रित भएको छ । एकातिर अमेरिकाले औद्योगिक, वित्तिय, र अथिक संकटमोचनको लागि विश्व बैक, अन्तर्राष्ट्रिय मुन्द्राकोष र एशियाली विकास बैक लगाएतका संस्थाहरु परिचलित गर्दै एकाधिकार पूँजीलाई विस्तार गर्दैछ भने अकौतिर उदीयमान चीनले एशियाली र्पूवाधार लगानी बैक र ब्रिक्सको स्थापनाले अमेरिकी प्रभुत्वलाई समाप्त गर्दैछ ।

दोश्रो विश्व युद्धपछि अमेरिकाले युरोपमा शुरु गरेको ‘मार्शल प्लान‘लाई पछि पार्दै चीनले ब्रिक्स र एशियाली पूर्वाधार लगानी बैक मार्फत विश्वको आर्थिक, शैन्य र राजनैतिक रंगमञ्चमा पहिले स्थान आगटेको छ । अमेरिकाले विश्मा एकछत्र शैन्य नियन्त्रण कायम राख्न नेटो (North Atlantic Treaty Organization–NATO), सेन्टो (Central Treaty Organization–SENTO) र सिटो (South–East Asian Treaty Organization–SEATO) जस्ता संगठनहरु क्रियाशिललाई बनाएको छ । अमेरिकी साम्राज्यवादले कतिपय मुस्लिम कट्टरतालाई आधार बनाएर मुस्लिम समुदायको स्वाधीनता र राजनैतिक अधिकारमाथि समेत चुनौति दिइरहेको छ । आइएस आइएस लडाकुले उठाएका मुद्धामा यूरोपियन महिलाहरुको आर्कर्षण र स्वस्र्फूत सहभागिताले यूरोपियन र अमेरिकी शासन व्यवस्थालाई थप चुनौती श्रृजना गरेको छ । अमेरिकी नीति (Imperialism Doctrine) एकपछि अर्को गर्दै असफल हुदै गएको छ । लिविया, इराक, सिरिया, अफगानिस्थान, प्यालेस्टाइन, टर्की लगाएत अन्य अफ्रिकी मुलुकमा भएको संघर्षले यसलाई पुष्टि गरेको छ । साम्राज्यवादीले विश्व भरिका क्रान्ति र परिवर्तन रोक्न बिभिन्न दमन र हस्तक्षेपको नीति अवलम्न गर्दै आएको छ । जस्को कारण पेरुमा सफलताको अन्तिम बिन्दुमा पुगेको क्रान्तिलाई साम्रज्यवादी हस्तक्षेले निशाना बनायो भने निकारागुवामा सफल भैसकेको क्रान्तिलालाई कोन्ट्रा बिद्रोही जन्माएर प्रतिक्रान्तिमा परिणत गराईयो । अमेरिकी साम्रज्यवादको प्रमुख विेशेषता भनेको युद्ध हो, युद्ध बिना अमेरिकी अर्थतन्त्र र राजनीतिले स्थायित्व र गती लिन सक्दैन ।

सेप्टेम्बर ११ को टुइन टावर माथिको आक्रमणको वहानामा अमेरिकी साम्राज्यवादले विश्वव्यापी आतंक श्रृजना गर्दै ट्रेडयूनियन गतिविधिलाई समेत संकुचित पार्ने कोशिस ग¥यो । सन् २००० मा अमेरिकाबाट शुरु धितो बजारमा आएको संकट र सन् २००७ बाट शुरु भएको रियल स्टे«ड व्यवसाय डुवान पछि आएको आर्थिक संकट र मन्दिको कारण विश्वमा ठूलो संख्यामा श्रम कटौति गर्दै ट्रेड यूनियन गतिविधिलाई कमजोर बनाउने प्रयास भयो । विश्व बैंक, (World Bank) अन्तर्राष्ट्रिय मुद्राकोष, (International Money Fund) एशियाली बिकास बैक, (Asian Development Bank) विश्व व्यापार संगठन, (World Trade Organization) बहुर्राष्ट्रिय निगम/कम्पनी (Multinational Company) मार्फत भूमण्डलीकरण, निजीकरण, आर्थिक उदारीकरण जस्ता साम्रज्यवादको एकाधिकार पूँजीवादी नीति अवलम्बन गरेको छ । यिनै उल्लेखित कारण श्रमिकहरुको संख्यामा व्यापक कटौती भई नियमित रोजगारीको अन्त्य गरी करार, ज्यालादारी र ठेकेदारी प्रथा (Out Sourcing), आदिमार्फत श्रमिकहरुलाई अनौपचारीकरण गर्दै ट्रेड यूनियन आन्दोलनलाई अप्रत्यक्ष रुपमा प्रतिबन्ध लगाई रहेको छ । श्रम लचकताको नाममा हायर एण्ड फाएर तथा नो वर्क नो पे जस्ता श्रमिक मारा नीतिभित्र ट्रेड यूनियनलाई सीमित गर्ने साम्राजयवादी नीतिलाई विश्वव्यापी बनाउदै लगेकोे छ । साम्रज्यावादले विभिन्न देशमा बहुर्राष्ट्रिय निगम/कम्पनी र एन.जि.ओ.को सञ्जाल विस्तार गरी साना कमजोर अविकशित र विकाशोन्मुख राष्ट्रलाई पूँजीनिवेश बनाउदै आएको छ । साम्राज्यवादीले सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नुको साटो उल्टै विभिन्न बहानामा श्रमिकहरुलाई हरियो घाँस देखाउदै आफ्नो पासोमा पर्ने रणनीति अपनाएको छ । साम्रज्यवादको भूमण्डिलीय नीतिको कारण रोजगारीको स्थायित्व र सामाजिक सुरक्षामा समेत कटौती गरी मजदूरहरुका समग्र अधिकार खोसिदै छ, यो साम्राज्यवादको विकृत, भद्दा र नयाँ खाले शोषणको तरीका हो ।

साम्राज्यवादीले आफ्नो उदेश्य, नीति र योजनाहरु कार्यन्वयन गर्न अन्तर्राष्ट्रिय ट्रेड यूनियन महासंघ (International Trade Union Confederation-ITUC) मार्फत ठूलो धनराशी खर्च गर्दै आइरहेकोछ । साम्राज्यवादले आफ्नो डिजाइनमा विश्व भरिका ट्रेड यूनियनलाई NGO करण गर्ने र श्रमिक वर्गका वर्गीय मुद्दा छोडेर झिना–मसिना सुधारमा अल्मल्याउने गर्दछ । सन् २०१४ को अन्ततिर इटालीले श्रमसुधार विल सदनमा पेश गरेपछि मजदूरहरुले रोम, मिलान, बारी, नेप्लीज, बोलोग्ना, भेनस, टुरिन लगायत मुख्य–मुख्य शहरमा एकै दिन २०औं लाखको प्रर्दशन र स्पेन, पोर्चुगल, जर्मन, फ्रान्स, मेक्सिको, बङ्गलादेश, भारत, जापान, ग्रीस लगायतमा श्रमिकहरुले गरेको प्रदर्शनले पूँजीवादको विश्वव्यापी संकटमा रहेको पुष्टि गर्दछ । सन् २०१४ को डिसेम्वरमा भारतको एवरेडी कम्पनीका मजदूरमाथी भएको बर्बर दमन र प्रतिरोधले भरतीय शासकको चरित्र उदाङ्गो पारेको छ । संसारभर श्रमिकमाथी भएको दमन, हस्तक्षेप र अत्यचारको विरुद्ध विद्रोहको तूफानी आउन सक्ने सम्बाभना बढेको छ । सूचना, संचार तथा विज्ञान, प्रविधिमा आएको अभूतपूर्व विकासले सिंगो विश्वलाई एउटा सानो इकाईमा परिणत गरेको छ । प्रविधिमा आएको परिवर्तनसँगै साम्राज्यवादले शोषणका नयाँ–नयाँ आयामहरु विकास गर्दै गएको छ । नयाँ प्राविधिको विकासले ल्याएको अन्तरविरोलाई चिर्नको लागि सर्वहारावर्गले आप्mनो नीति, कार्यक्रम, संगठनिक संरचना र संघर्षका विधिमा पनि विकास गर्नु आवश्यक छ ।

विश्वमा राजनैतिक र आर्थिक विषेशतामा आएको परिवर्तनको कारण मजदूर वर्गीय आन्दोलन विश्वव्यापी रुपमा कमजोर जस्तो देखिएको छ । ट्रेड यूनियन आन्दोलन कमजोर देखिनुको मुख्य कारण भनेको भूमण्डलीकरण र प्राविधिमा आएको विकासको कारण पूँजीपति वर्गले अबलम्वन गरेका शोषणको नयाँ स्वरुप नै हो । साम्रज्यवादी र पूँजीवादीहले अपनाएको शोषणको नयाँ आयमलाई चिर्न श्रमिक वर्गले आन्दोलनको स्वरुप र कार्यनीतिलाई नयाँ चरणमा विकास गर्नु आवश्यक छ । विज्ञानको क्षेत्रले प्राविधिको बिकासले विश्वको श्रमवजार खुम्चिदै गएको छ, जस्को कारण विश्वव्यापी श्राम कटौती र वेरोजगारी समस्या पनि नयाँ चुनौती बनेको छ ।

(लेखक तिमल्सिना माओवादी केन्द्रका सचिव हुन । उनी सामाजिक व्यवस्था रुपान्तरण, सामाजिक विभेद र मजदूर हक, अधिकारको विषयमा कलम चलाउने गर्दछन् ।)