चलचित्र साइनो श्रावण २४ गतेबाट प्रदर्शन हुदैं

सामाजिक कथावस्तुमा निर्मित

काठमाडौं । नेपाली चलचित्र साइनो श्रावण २४ गते बाट प्रदर्शन हुने भएको छ । चलचित्र निर्देशक रमेश थापाले चलचित्र प्रदर्शनको सम्पूण तयारी भएको जनाउँदै त्यस्तो बताएका हुन।

उक्त चलचित्रले सेन्सरबोर्डबाट पिजी सर्टिफिकेट समेत पाएको बताइएको छ । चलचित्रको निर्माता भुवन थापा चन्द हुन । चलचित्र मौलिक, सामाजिक कथावस्तुमा बनेको बताइएको छ ।

चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रमा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्री लगायतका कलाकारहरु रहेका छन ।