बाँके र बर्दियाका बिभिन्न अस्पतालमा २३ जना बिरामी डेगुको संक्रमणमा

डेगुबाट बच्न सतर्कता अपनाउन अस्पतालको सुझाव

बाँके । बाँके र बर्दियाका बिभिन्न अस्पतालमा उपचार गराउदै आएको बिरामीहरु मध्ये २३ जना डेगु संक्रमणका बिरामी फेला परेका छ ।

देशभरमा डेंगुको संक्रमण देखि रहेका बेला बाँकेमा पनि डेंगुको संक्रमण देखिएको हो ।

भेरी अस्पतालका अनुसार हालसम्म ७ जना बिरामीमा डेंगुको संक्रमण देखिएको र यो क्रम बढ्दो अवस्थामा रहेको छ अस्पतालका अनुसार डेंगुका बिरामी मध्ये कैलालीका १, बर्दियाका २, बाँकेका ४ गरी ७ जनामा डेंगुको संक्रमण देखिएको छ ।

भेरी अस्पतालमा हालसम्म ७ जना डेंगुका बिरामी भर्ना भएर उपचार भैरहेको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रूपानन्द अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार अस्पतालमा उपचारको लागि आएको विरामी मध्ये धेरैजसो जिल्ला बाहिरका भएको बताउदै नेपालगन्जबाट अन्यत्र जिल्ला गएर आएकामा डेंगुको संक्रमण रहेको बताए ।

यसैगरी स्वास्थ्य कार्यालय बाँकेका किट जन्य रोग फोकल पर्शन दुर्गा गौतमका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ११ जना विरामीमा डेंगुको संक्रमण देखिएको छ ।

यी ११ जना मध्येमा बाँकेका ३, बर्दियाको १, कैलाली ३, रुकुम १, दाङ्ग १ सुर्खेतका २ गरी ११ जना रहेका छन् भने नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज (नर्सिङ्गहोम) मा ५ जना डेंगुु रोगका संक्रमित विरामीहरुको उपचार भई रहेको जनाए उनीहरुमा ३ जना सुर्खेत, १ कालिकोट र १ दाङ्गका रहेका छन् ।

नेपालगन्जमा जोखिम खालको डेंगु नदेखिए पनि सतर्कता अपनाउनु पर्ने भन्दै अस्पतालले पानी जम्ने भाँडा गमला, खाली ड्रम, खाली बट्टा, गाडीका काम नलाग्ने टायरमा पानी जम्न नदिने सुझाब दिएको छ यसैगरी पोथी लामखुट्टेको टोकाईबाट डेंगु लाग्ने भएकाले सावधानी अपनाउन आम जनमानसलाई अस्पतालले अनुरोध समेत गरेको छ ।

भेरी अस्पतालका बरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले अस्पतालमा फेला परेका डेंगुका बिरामीमा कडा संक्रमण नभएको जानकारी दिदै उपचारको लागि आएका अधिकांश विरामीहरु बुटवल, नारायणघाट, पोखरा जस्ता डेंगु फैलिएको ठाउ भ्रमण गरेर आएकाहरु रहेको बताए ।

बाँकेमा बाहिरी जिल्लाबाट उपचारमा आउनेमा डेंगु देखिए पनि यहींका बिरामीमा त्यस्तो कम पाइएको छ ।

भाइरल बिरामीको संख्या भने यहाँ बढेको छ ।’ डेंगुको डरका कारण भाइरल संक्रमण हुनेहरू पनि उपचारका लागि अस्पताल पुग्ने गरेको उनले बताए् ।

ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने, रुघाखोकी लाग्ने, ब्लडप्रेसर कम हुने डेंगुका लक्षण हुने गरेको डा.पाण्डेले बताए ।