प्रहरीद्धारा काठमाडौंबाट पेस्तोल सहित ४ जना पक्राउः अनुसन्धान जारी

म्यागजिन र ६ राउण्ड गोली समेत बरामद

काठममाडौं । प्रहरीले आज काठममाडौं महानगरपालिका ९ शम्भुमार्गस्थित एभरेष्ट होलीडे ईन होटलबाट एक थान पेस्तोल सहित चार जनालाइृ पक्राउ गरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई उक्त होटलको ४०४ नम्बर रूमबाट पेस्तोल सहित पक्राउ गरेको प्रहरीले बताएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उनीहरुको साथबाट प्रहरीले एक थान पेस्तोल, एक थान म्यागजिन र ६ राउण्ड समेत बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं बालुवाटार बस्ने उदयपुर कटारीका भिम सुर्खेती, लाजिम्पाट बस्ने सिन्धुलीका भिम बहादुर माझी, काठमाडौं बल्खु बस्ने सिन्धुलीका प्रदिप माझी र सितापाईला बस्ने लोकेन्द्र बहादुर आले रहेको बुझिएको छ ।