एक महिलाले जन्माइन्, चम्ल्याहा बच्चाः सुन्दा अचम्म तर सत्य घटना

एकको अवस्था नाजुक, तीन सामान्य

काठमाडौ । सुन्दा अचम्म लाग्ने खालको एक घटना काठमाडौं मेडिकल कलेजको प्रसुती कक्षमा भएको छ ।

गर्भवती व्याथा लागेपछि अस्पताल पुर्याइएकी एक महिलाले आज एकै पटक चार वटा शिशुको जन्म दिएको खबरले धेरैलाई अचम्मित पारेको हो ।

केएमसी अस्पतालमा पुगेकी २७ वर्षीया खगित्रा शाहीले एकैपटक चारजना शिशुहरूलाई जन्म दिएर सबैलाई अनम्मित पारीन । अस्पताल श्रोतका अनुसार शाहीले तीनजना छोरा र एक जना छोरी सहित चम्ल्याहा बच्चा जन्माएकी हुन ।

अस्पताल श्रोतका अनुसार शाहीले आठ महिनाको गर्भपछि शल्यक्रियामार्फत् चार जना शिशुको जन्म दिएकी हुन । चार जना शिशु मध्ये एकको अवस्था असामान्य रहेको समेत बताइएको छ ।

आमा र अन्य तीन जना शिशुहरु भने अहिलेसम्म ठिक अवस्थामा रहेको बुझिएको छ । अस्पतालले यस्तो घटनाहरु बिरलै हुने गरेको भन्दै शल्यक्रिया मार्फत बच्चाहरु जन्माउन सफल भएको बताएको छ ।